English

थाइल्याण्डसँग भिड्दै नेपाल, टिममा को-को छन् ?



एएफसी एसिया कप-२०२३ को तेस्रो चरण तयारीका लागि फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज बिहीबार नेपालथाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । थाइल्याण्डको चोनबुरीमा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।

नेपाल र थाइल्याण्ड दुबै एएफसी एसिया कप-२०२३ को तेस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन् । सोही प्रतियोगितालाई मध्येनजर गर्दै मैत्रीपूर्ण खेल खेलिन लागेको हो । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले थाइल्याण्डविरुद्धको खेलले एसियन कपको तेस्रो चरणमा निकै मद्दत पुग्ने बताएका छन् ।

‘यहाँको खेलबाट हामीलाई एसियन कप छनोटको तयारीमा निकै मद्दत पुग्नेछ । नेपाली टोलीको प्रशिक्षण सम्हालेयता थाइल्याण्ड आएको पहिलो पटक हो । र, म यहाँको यात्राबाट सन्तुष्ट छु । र, नेपाली टोलीले प्रशिक्षणबाट पनि खुसी छु,’ अब्दुल्लाहले खेल अघि भनेका छन् ।

नेपाल तेस्रो चरणको लागि समूह ए मा छ । जहाँ जोर्डन, आयोजक टिम कुवेत र इन्डोनेसिया छन् । थाइल्याण्ड भने समूह सी मा छ । जहाँ उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका एकै समूहमा छन् । फिफा वरियता र तुलनात्मक रूपमा समेत बलियो देखिएको थाइल्याण्डविरुद्ध नेपाल किरणकुमार लिम्बूको कप्तानीमा मैदान उत्रनेछ ।

हाल थाइल्याण्ड फिफा वरियताको ११२औं स्थानमा छ भने नेपाल १६७औं स्थानमा छ । मुख्य प्रशिक्षक अलमुताइरीले सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्रका खेलाडीलाई बाहिर राख्दै टिम बनाएका हुन् । मछिन्द्रले २२ चैतमा श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टारसँग दशरथ रंगशालामा खेल्ने तालिका रहेसँगै उसका आधा दर्जनभन्दा बढि खेलाडी थाईल्यान्ड भ्रमण बाहिर रहेका हुन् ।

स्ट्राईकर विमल घर्ति मगर, मनिष डांगी, सुजल श्रेष्ठ, सुनिल बल, विशाल राई (बी), देवेन्द्र तामाङ, गोलरक्षक विशाल श्रेष्ठ, अभिषेक रिजाल, रेजिन धिमाल लगायत खेलाडी मछिन्द्रसँग अनुबन्ध छन् । उनिहरूको अनुपस्थितिमा अब्दुल्लाहले युवा खेलाडी प्रशान्त अवस्थी, सुदिप गुरुङ, आकाश बुढा मगर, नविन गुरुङ र गोलरक्षक टिकेन्द्र थापालाई मौका दिएका हुन् । ।

नेपाली टिममा कप्तान किरण र रोहित चन्द भने क्रमशः माल्दिभ्स र इन्डोनेसियाबाट टिमसँग जोडिसकेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाहले थाईल्यान्ड प्रस्थान गर्नु अघि युवा टिमबाट सकारात्मक नतिजाको आशा गरेको र सोही अनुसार रणनीति बनाएर खेल्ने बताएका छन् ।

यससँगै अब्दुल्लाहले नेपाली टोलीका लागि १५औं खेल खेलाउँदै छन् । थाइल्याण्ड पछि नेपालले थाई शीर्ष डिभिजनको चोनबुरी एफसीसँग १३ गते खेल्नेछ ।

नेपाली टिममा किरण कुमार लिम्बू (कप्तान) टिकेन्द्र सिंह, दीप कार्की, रोहित चन्द, अनन्त तामाङ, नविन गुरुङ, दिनेश राजबंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सुमन अर्याल, सुदिप गुरुङ, सुरज जिउ ठकुरी, आयुष घलान, एरिक विष्ट, नितिन थापा, सन्तोष तामाङ, आकाश बुढा मगर, सुमन लामा, तेज तामाङ, सुमन लामा, सुभाष गुरुङ, आशिष लामा, प्रशान्त अवस्थी, अन्जन विष्ट र दर्शन गुरुङ छन् ।

यो पनि…
प्रधानमन्त्री कप महिला भलिबलमा सात टिम भिड्ने

त्रिकोणात्मक श्रृंखला : खराब ब्याटिङको निरन्तरता
दोस्रो पटक विश्वकप खेल्नेमा विश्वस्त नेपाली क्रिकेट टिम
एकदिवसीय र टी-ट्वान्टीका लागि टिममा को–को परे ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

Latest










Popular
Suggested