English

प्रधानमन्त्री कप महिला भलिबलमा सात टिम भिड्ने



प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको आठौं संस्करणको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । सर्वाधिक पुरस्कार राशिको मोफसलको सो प्रतियोगितामा नेपाल–भारतका विभिन्न सात टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

बुधबार नेपालगन्ज रंगशालास्थित सचिवालयमा आयोजित पत्रकार भेटघाटमा पिएमकपका संस्थापक अध्यक्ष टीएस ठकुरीले प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिए । उनले यसपटकको प्रतियोगिता कोभिड–१९ को संक्रमणका कारणले निर्धारित समयभन्दा केही ढिलो सुरु हुन लागेको बताए ।

नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रधानमन्त्री कप चैत १० देखि १४ गतेसम्म नेपालगन्ज रंगशालास्थित कभर्डहलमा हुने भएको हो । प्रधानमन्त्री कप भलिबल प्रतियोगितालाई नेपालगन्जको चिनारीको रूपमा विकास गर्ने हाम्रो प्रयास भएको सो प्रतियोगिताको मुलआयोजक समिति संयोजक लुम्बिनी प्रदेश सदस्य कृष्णा केसी नमुनाले जानकारी दिइन् ।

उनले दक्षिण एसियाकै नम्बर एक क्लब च्याम्पियनसीपका रूपमा प्रधानमन्त्री कप महिला भलिबललाई स्थापित गराउने लक्ष्य रहेको दाबी गरिन् । प्रतियोगितामा आयोजकसहित नेपालका शीर्ष चार र भारतका दुई टिमको सहभागिता रहने छ ।

लिगमा नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तीसगढ स्पोर्ट्स एकेडेमी (महाराष्ट्र) र हरियाणा स्पोर्ट्स क्लब रहेका छन् ।

नेपाली भलिबलको सर्वाधिक धनराशिको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख उपविजेताले २ लाख पचास हजार तेस्रोले १ लाख र चौंथो हुने टोलीले ५० हजार नगद सहित पदक र प्रमाण पत्र प्राप्त गर्नेछन् । सोही अवसरमा प्रतियोगिताको लागि टिसर्टको लोकार्पण समेत गरिएको छ ।

यो पनि….
त्रिकोणात्मक श्रृंखला : खराब ब्याटिङको निरन्तरता

दोस्रो पटक विश्वकप खेल्नेमा विश्वस्त नेपाली क्रिकेट टिम
एकदिवसीय र टी-ट्वान्टीका लागि टिममा को–को परे ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested