English

रुघाखोकीले हैरान हुनुभएको छ ? प्रयोग गर्नुहोस् घरेलु उपाय



मौसममा आएको परिवर्तनका कारण मानिसमा रुघाखोकीको समस्या सामान्य बन्दै गएको छ । रुघाखोकीको समस्या छ भने तुलसीको सेवनले रुघाखोकीको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

तुलसीमा एन्टीइन्फ्लेमेटरी गुण हुन्छ, तुलसीमा एन्टीभाइरल गुण पनि हुन्छ । यसका अलावा तुलसीमा क्याल्सियम, भिटामिन‘ए’, ‘सी’, आइरन, पोटासियम राम्रो मात्रामा पाइन्छ ।

सङ्क्रमणबाट बच्न यसलाई प्रयोग गर्नुहोस् । ज्वरो, रुघाखोकीको समस्या पनि तुलसीले हटाउँछ । रुघाखोकीको समस्याबाट छुटकारा पाउन दैनिक बिहान ४ देखि पाँचवटा पात चपाउनुपर्छ ।

तुलसीको चिया

तुलसीको चिया बनाउनको लागि चियाको पात र तुलसीलाई पानीमा उमालेर त्यस मिश्रणलाई छानेर कपमा हालेर बिहान बेलुका चिया पिउनुहोस् ।

तुलसीमा एन्टीफङ्गल, एन्टिसेप्टिक गुण पनि हुन्छ । तुलसीमा भिटामिन‘ए’, भिटामिन‘डी’, आइरन र फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ जसले गर्दा खोकीको समस्या छिट्टै निको हुन्छ ।

तुलसी र अदुवाको सेवन

तुलसीको चिया बनाउनको लागि चियाको पात र तुलसीलाई पानीमा उमालेर त्यस मिश्रणलाई छानेर कपमा हालेर बिहान बेलुका चिया पिउनुहोस् । तुलसीमा एन्टीफङ्गल, एन्टिसेप्टिक गुण पनि हुन्छ । तुलसीमा भिटामिन‘ए’, भिटामिन‘डी’, आइरन र फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ जसले गर्दा खोकीको समस्या छिट्टै निको हुन्छ ।

तुलसीपानी

-रुघाखोकीको समस्याबाट छुटकारा पाउन तुलसीको पानी पिउनुपर्छ । यसका लागि तुलसीलाई मनतातो पानीमा उमालेर छानेर सेवन गर्नुहोस् ।
-जिरालाई तुलसीको पानीमा मिसाएर पनि पिउन सक्नुहुन्छ, जिरामा भिटामिन सी हुन्छ जसले एन्टिबायोटिकको रूपमा काम गर्छ र खोकी निको पार्छ । तुलसीको पानी ताजा र तातो पिउनुहोस्, तब मात्र फाइदा हुन्छ ।

तुलसी र महको सेवन

रुघाको उपचारका लागि तुलसी र महको सेवन गर्न सकिन्छ । महलाई श्वासप्रश्वास नलीको सङ्क्रमण निको पार्न फाइदाजनक मानिन्छ । रुघाखोकीको समस्या हटाउन घ्यूको प्रयोग पनि गर्न सकिन्छ ।

घ्यू र तुलसीको मिश्रणको सेवनले रुघाखोकीको समस्या पनि हट्छ । बजारमा पाइने महमा चिनीको मात्रा बढी हुने भएकाले ताजा मह परीक्षण गरी सेवन गर्नुहोस् ।

यो पनि…
आफूलाई ऊर्जावान राख्न बिहानको यी बानी बदल्नुहोस्

बिहान चक्कर लागेमा के गर्ने ?
‘ऋतुहरूमा म वसन्त हुँ’
आफ्नो ज्ञानमा विश्वास राख्नुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,