English

वसन्तलाई ऋतुको राजा भन्नुको अर्थ



चैत १ गतेबाट वसन्त ऋतु सुरु हुन्छ । ज्योतिष तथा धार्मिक ग्रन्थका विज्ञहरूका अनुसार वैदिक कालमा यो ऋतुलाई नयाँ वर्षको सुरुवात मानिन्थ्यो । वसन्त ऋतुलाई सबैभन्दा विशेष बताउँदै श्रीकृष्णले ‘म ऋतुहरूको वसन्त हुँ,’ भनेको श्रीमद्भागवत महापुराणमा उल्लेख छ ।

राशि परिवर्तनसँगै ऋतुहरु परिवर्तन हुन्छ । ज्योतिषशास्त्रको सबैभन्दा महत्त्वपूर्ण ग्रन्थ सूर्यसिद्धान्तले सूर्य मीन र मेष राशिमा हुँदा वसन्त ऋतु सुरु हुने उल्लेख गरेको छ ।

श्रीमद्भागवतमा वसन्त
वसन्त ऋतुलाई ऋतुको राजा भनिन्छ किनभने यस मौसममा अन्य मौसमको तुलनामा पृथ्वीको उर्वरा शक्ति अर्थात् उत्पादन क्षमता बढ्छ । यही कारणले गीतामा भगवान् कृष्णले आफूलाई ऋतुको वसन्त भनेका छन् । उनी सबै देवताहरूमा परम शक्ति हुन् । त्यसैगरी वसन्त ऋतु पनि सबै ऋतुहरूमा श्रेष्ठ हो ।

उत्साह र सकारात्मक मौसम
वसन्तलाई ऋतुको राजा भन्नुको पछाडि धेरै कारण छन् । यस ऋतुको प्रारम्भमा सूर्य आफ्नो अनुकूल र उच्च राशिअर्थात मीन र मेष राशिमा रहन्छ । जसले आत्मविश्वास बढाउँछ । यस समयमा मौसम न धेरै चिसो हुन्छ न धेरै तातो । यस समयमा मौसम रमाइलो हुन्छ । जसले उत्साह र सकारात्मकता बढाउँछ ।

यस मौसममा नयाँ बाली आएपछि हर्षोल्लासका साथ चाडपर्व मनाइन्छ । यो मौसममा मानिस र जनावरको प्रजनन् शक्ति बढ्छ । त्यसैले यसलाई सृष्टिको ऋतु पनि भनिन्छ । वैदिक कालको पहिलो ऋतु वसन्त थियो भन्ने मान्यता छ ।

उपवासको परम्परा
जब मौसम परिवर्तन हुन्छ तब मानसिक र शारीरिक परिवर्तनहरू हुन्छन् । जसका कारण शरीरमा त्रिदोष बढ्छ अर्थात् वात, पित्त र कफको असन्तुलनले रोगको सम्भावना बढाउँछ । यसबाट बच्न व्रत बस्ने चलन छ । त्यसैले वसन्त ऋतुमा ठूला व्रत र पर्वहरूमा व्रत बस्ने गरिन्छ । जसले गर्दा शरीरमा हर्मोन र अन्य चीजहरूको सन्तुलन रहन्छ । यसले गर्दा रोगसँग लड्ने शक्ति र उमेर बढ्छ ।
यो पनि…
आफ्नो ज्ञानमा विश्वास राख्नुहोस्
शिवको तपस्या तोड्न कामदेवले के गरे ?



...
Eliza

References: Lollybet Casino Mindesteinzahlung http://url-blog.xtgem.com

...
Javier

References: Lollybet Registrierung pt.thefreedictionary.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested