English

यसरी सजिलै सफा गर्न सकिन्छ भान्सा



भान्साको सरसफाइ गर्न त्यति सजिलो छैन । यो समस्याको समाधान गर्न हामी केही सजिलो घरेलु उपाय बताइरहेका छौँ ।

– तातो पानीमा सोडा र साबुनको घोल मिसाएर सिङ्कहरूलाई सफा गर्नुहोस् ।
– चिल्लो र फोहोर सफा गर्न मनतातो पानीमा बेकिङ सोडा हालेर १० मिनेटसम्म यत्तिकै राख्नुहोस् ।
– मनतातो पानीमा थोरै सेतो भिनेगर मिसाएर हल्लाई भान्साको भुइँमा घोट्नुहोस् दाग हटाउनका लागि यो उत्तम उपाय हो ।
– पानीमा मिसाइएको स्याम्पुमा कपडा भिजाएर भान्साको चिम्नी, फ्यान र स्विच बोर्डलाई सफा गर्नुहोस् ।
भान्साको क्याबिनेट, भाँडा राख्ने् ठाउँ र बाथरूमको नलका दागहरू सफा गर्न नुन मिश्रित घोल छर्किनुहोस् । त्यसपछि, यसलाई सुतीको कपडाले रगडी पानीले सफा गर्नुहोस् ।
– चिम्नीमा जमेको चिल्लो पदार्थलाई हटाउन इमलीको पानी प्रयोग गर्नुहोस् ।
– भान्सा र बाथरुमको टाइलमा चिल्लो र साबुनको दाग हटाउन तातो पानीमा २ कप सेतो भिनेगर मिसाएर सफा गर्न सक्नुहुन्छ । घोललाई ब्रसले टायलहरूमा लगाई आधा घण्टासम्म छोड्नुहोस् । त्यसपछि, टाइलहरू पानीले धुनुहोस् ।
– सिसाका भाँडामा रहेका दाग हटाउन नुन मिसाएको पानीले सफा गर्नुहोस् ।
– कुनै पनि धातुमा लागेको खिया सफा गर्नको लागि आलुमा नुन मिसाई रगड्नुहोस्, तर यसो गर्नुअघि धातुमा आलुको कुनै दाग छ कि छैन भनेर धातुमा सानो परीक्षण गर्नुहोस् ।
– भान्साको टायलमा रहेको चिल्लोपन हटाउन कपडामा टुथपेस्ट लगाएर सफा गर्नुहोस् ।

यो पनि…
यी कुराले बनाउँछ घरलाई फोहोर
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक
बाथरूमकाे सरसफाइले देखाउँछ घरको सुन्दरता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested