English

‘आरआरआर’ सँग जुध्ने डरले ‘हेल्लो जिन्दगी’ को डेट सर्यो



आउँदो ११ चैतबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘हेल्लो जिन्दगी’ पोस्टपोन्ड भएको छ । फिल्म युनिटले एक पोस्टर सार्वजनिक गर्दै फिल्म १८ चैतमा प्रदर्शनमा आउने जनाएको छ ।

‘हेल्लो जिन्दगी’ को पूर्वघोषित डेटमा भारतीय निर्देशक एसएस राजामौली निर्देशित ‘आरआरआर’ प्रदर्शनमा आउँदै छ । यद्यपि, फिल्म सर्नुमा यसको प्राविधिक काम तथा प्रचारप्रसारलाई चाहिएको समय बताइएको छ ।

कोरोना भाइरसको महामारी अगाडि नै फिल्म प्रदर्शनमा ल्याउने तयारी गरिए पनि महामारीका कारण फिल्म केही समय होल्डमा थियो । ‘मर्डर मिस्ट्री’ सँगै बदला र मित्रताको कथा देखाइएको फिल्ममा सेन्ट्रल क्यारेक्टरमा विक्रम जोशी छन् । बिक्कीको उपनामले समेत परिचित विक्रमले अभिनयमा ह्याप्पी डेजमार्फत डेब्यु गरेका थिए ।

त्रिकोणात्मक प्रेमकथा रहेको फिल्ममा विक्रमसँगै दीपिका प्रसाईं र प्रियंका कार्कीको पनि अभिनय रहेको छ । नेपाल र बेलायतको रमणीय दृश्यमा छायांकन गरिएको फिल्मलाई एभरेष्ट सूर्य बोहराले निर्देशन गरेका छन् ।

फिल्ममा विल्सनविक्रम राई, विक्रान्त बस्नेत, सविता गुरुङ, ध्रुव दत्तलगायतका कलाकारको अभिनय छ । हिराल जोशी र विक्रम जोशी निर्मातामा रहेको फिल्ममा सृजना जोशी महर्जन कार्यकारी निर्माता छिन् ।

निर्देशक बोहरा र विक्रम जोशीको कथा रहेको फिल्ममा निर्देशक बोहरा र अभिमन्यु निरवीको पटकथा संवाद छ । फिल्ममा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत, प्रमोद खरेल, प्रताप दास, प्रविशा अधिकारी, एड्रिन प्रधान र रजनी रिमालको पार्श्व गायन छ । यसमा पुरुषोत्तम प्रधानको छायांकन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र मित्र डी गुरुङको सम्पादन छ ।

यो पनि…
राजनीतिक दललाई पिरोलेका यी गीतहरू
किन चर्चामा छ ‘दि कश्मिर फाइल्स’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested