English

‘आरआरआर’ सँग जुध्ने डरले ‘हेल्लो जिन्दगी’ को डेट सर्यो



आउँदो ११ चैतबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘हेल्लो जिन्दगी’ पोस्टपोन्ड भएको छ । फिल्म युनिटले एक पोस्टर सार्वजनिक गर्दै फिल्म १८ चैतमा प्रदर्शनमा आउने जनाएको छ ।

‘हेल्लो जिन्दगी’ को पूर्वघोषित डेटमा भारतीय निर्देशक एसएस राजामौली निर्देशित ‘आरआरआर’ प्रदर्शनमा आउँदै छ । यद्यपि, फिल्म सर्नुमा यसको प्राविधिक काम तथा प्रचारप्रसारलाई चाहिएको समय बताइएको छ ।

कोरोना भाइरसको महामारी अगाडि नै फिल्म प्रदर्शनमा ल्याउने तयारी गरिए पनि महामारीका कारण फिल्म केही समय होल्डमा थियो । ‘मर्डर मिस्ट्री’ सँगै बदला र मित्रताको कथा देखाइएको फिल्ममा सेन्ट्रल क्यारेक्टरमा विक्रम जोशी छन् । बिक्कीको उपनामले समेत परिचित विक्रमले अभिनयमा ह्याप्पी डेजमार्फत डेब्यु गरेका थिए ।

त्रिकोणात्मक प्रेमकथा रहेको फिल्ममा विक्रमसँगै दीपिका प्रसाईं र प्रियंका कार्कीको पनि अभिनय रहेको छ । नेपाल र बेलायतको रमणीय दृश्यमा छायांकन गरिएको फिल्मलाई एभरेष्ट सूर्य बोहराले निर्देशन गरेका छन् ।

फिल्ममा विल्सनविक्रम राई, विक्रान्त बस्नेत, सविता गुरुङ, ध्रुव दत्तलगायतका कलाकारको अभिनय छ । हिराल जोशी र विक्रम जोशी निर्मातामा रहेको फिल्ममा सृजना जोशी महर्जन कार्यकारी निर्माता छिन् ।

निर्देशक बोहरा र विक्रम जोशीको कथा रहेको फिल्ममा निर्देशक बोहरा र अभिमन्यु निरवीको पटकथा संवाद छ । फिल्ममा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत, प्रमोद खरेल, प्रताप दास, प्रविशा अधिकारी, एड्रिन प्रधान र रजनी रिमालको पार्श्व गायन छ । यसमा पुरुषोत्तम प्रधानको छायांकन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र मित्र डी गुरुङको सम्पादन छ ।

यो पनि…
राजनीतिक दललाई पिरोलेका यी गीतहरू
किन चर्चामा छ ‘दि कश्मिर फाइल्स’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

Latest










Popular
Suggested