English

विश्व अर्थतन्त्रको उतार–चढावले सुन बजारमा असर



आज (आइतबार) छापावाला सुन प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । रुस–युक्रेन द्वन्द्वका कारणले अन्तर्राष्ट्रिय अर्थतन्त्रमा हलचल आएपछि सुनको मूल्य उकालो लागेको हो ।

यही फागुन २५ मा छापावाल सुन तोलाको १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजाबी सुनको तोलाको १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

माणिक रत्न शाक्य
अध्यक्ष, नेपाल सुनचाँदी व्यवसायी महासंघ

अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य बढेकै कारणले सुनको मूल्यमा पनि वृद्धि भएको हो । नेपालमा दैनिक २० केजी सुन आयात गर्न मिल्ने सरकारले मान्यता दिएको छ , तर अहिले १० केजी मात्रै सुन आयात भइरहेको छ ।

यसरी सुनको भाउ बढ्नुमा रुस–युक्रेन द्वन्द्व प्रमुख कारण रहेको र यसले मुद्राको विनिमय दरमा प्रभाव पार्दा सुनको मूल्यमा उतारचढाव भएको महासंघका अध्यक्ष माणिक रत्न शाक्य बताउँछन् । ‘अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य बढेकै कारणले सुनको मूल्यमा पनि वृद्धि भएको हो,’ उनले भने ।

सुनको मूल्यमा घटबढ भइरहन्छ । तर, दिनैपिच्छे हजारभन्दा बढी रुपैयाँको फरकमा थपघट हुनुमा ठोस कारण नरहेको महासंघका पूर्वअध्यक्ष एवं महासंघ अन्तर्गतका मूल्य निर्धारण समिति संयोजक तेजरत्न शाक्यले बताए । ‘बढिरहेको सुनको मूल्य एक्कासि ह्वात्तै घट्नुको मुख्य कारण मुनाफा सञ्चित गर्नका लागि हो । जसलाई ‘टेकिङ प्रोफिट’ भनिन्छ, शाक्य सुनाउदै थिए,‘रुसलाई अन्य राष्ट्रले प्रतिबन्ध लगाएकाले उसले तेल उत्पादन नगर्ने चेतावनी दिएको छ । यसै कारण अन्तर्राष्ट्रिय बजारमा तेलमा लगानी गर्दा रकम सुरक्षित नहुने भएकाले सुनमा लगानी बढेको हुँदा मूल्य पनि बढ्न गएको हो ।’

अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य वृद्धि हुँदा सुनको मूल्यमा पनि वृद्धि हुन्छ, किनकि डलरबाट नै सुन खरिद बिक्री हुन्छ र डलर बढेमा सुनको मूल्य अवश्य बढ्छ ।

नारायण प्रसाद पोखरेल
प्रवक्ता, नेपाल राष्ट्र बैंक

यसैगरी, नेपाली रुपियाँ भारतीय रुपियाँसँग निश्चित रहेको बताउँदै नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पोखरेलले भने, ‘भारतीय रुपियाँ एक्सचेन्ज रेटमा नेपाली रुपियाँको मुद्रा विनिमय दर निर्धारण हुन्छ, भारतको मुद्रा बढी भएमा नेपाली पनि बढ्छ, घटेमा घट्छ’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य वृद्धि हुँदा सुनको मूल्यमा पनि वृद्धि हुन्छ, किनकि डलरबाट नै सुन खरिद बिक्री हुन्छ र डलर बढेमा सुनको मूल्य अवश्य बढ्छ ।’

डा. चन्द्रमणि अधिकारी
वरिष्ठ अर्थविज्ञ

हाल लगानीकर्ता आफ्नो सम्पत्ति सुरक्षाका लागि सुनमा लगानी गरिरहेका छन् र सुनको माग विश्व बजारमा बढ्दो छ, जसका कारण सुनको मूल्य पनि बढेको हो ।

लगानीकर्ता पुँजी सुरक्षाका लागि सेयर कारोबार, मुद्रा विनिमय, इन्धन र सुनमा बढी मात्रामा लगानी गर्दछन् । द्वन्द्वका कारणले विश्व अर्थतन्त्रमा तरलता बढेकाले सम्पत्ति सञ्चयको उत्तम उपाय सुनमा लगानी गर्नु रहेको वरिष्ठ अर्थविज्ञ डा. चन्द्रमणि अधिकारी बताउँछन् । ‘विश्व अर्थतन्त्रमा उतार–चढाव हुँदा लगानीकर्ताले भरपर्दो लगानी गर्ने ठाउँ खोजी गर्छन्,’ अधिकारीको तर्क थियो, ‘हाल लगानीकर्ता आफ्नो सम्पत्ति सुरक्षाका लागि सुनमा लगानी गरिरहेका छन् र सुनको माग विश्व बजारमा बढ्दो छ, जसका कारण सुनको मूल्य पनि बढेको हो ।’

द्वन्द्वकै कारण अन्तर्राष्ट्रिय बजारमा मुद्रा विनिमयदर बढेकाले सुनको मूल्य बढेको अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डी प्रसाद निरौलाको पनि भनाइ छ ।

युक्रेन द्वन्द्वका कारणले सुनको मूल्यमा वृद्धि भएको छ, साथै अहिले लगनको सिजन पनि होइन त्यसैले व्यापार भएको छैन, सुनको मूल्य लाखमाथि पुगेको यो तेस्रोपटक हो ।

नन्दा पाण्डे
सुन व्यवसायी

सुनको मूल्यमा वृद्धि हुँदा व्यापारीलाई फाइदा हुनुपर्ने तर त्यसो भएको देखिँदैन । बजारमा सुनको मूल्य ह्वात्तै बढेर व्यवसाय नै ठप्पजस्तै भएको सुन व्यवसायी नन्दा पाण्डे बताउँछिन् ।युक्रेन द्वन्द्वका कारणले सुनको मूल्यमा वृद्धि भएको छ, साथै अहिले लगनको सिजन पनि होइन, त्यसैले व्यापार भएको छैन,’ उनले सुनाइन्, ‘सुनको मूल्य लाखमाथि पुगेको यो तेस्रोपटक हो ।’

दैनिक आयात र खपत

सुनको भाउ छोइनसक्नु भए पनि आयात र खपत ठप्प नै भएको भने छैन । दुबई र हङकङबाट नेपालमा सुन र चाँदी आयात हुने महासंघका अध्यक्ष शाक्य बताउँछन् । ‘नेपालमा दैनिक २० केजी सुन आयात गर्न मिल्ने सरकारले मान्यता दिएको छ,’ अध्यक्ष शाक्यले भने, ‘तर अहिले १० केजी मात्रै सुन आयात भइरहेको छ ।’

अहिले कुनै ठूलो चाडपर्व र शुभकार्यको समय नभएको र विश्व बजारमा महँगी बढेकाले दैनिक सुन आयातमा गिरावट आएको शाक्यले प्रष्ट्याए ।

उनका अनुसार नेपालमा विवाहको सिजनमा ३० देखि ३५ किलो सुन दैनिक खपत हुन्छ । अन्य सिजनमा १५ किलोसम्म सुन खपत हुन्छ ।

लाखभन्दा बढी मूल्यमा सुनको कारोबार

यही फागुन २२ बाट छापावाल सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, २३ गते छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

२४ गते छापावाला सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसै क्रममा २५ गते छापावाल सुन प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

२६ गते छापावाला सुन प्रतितोला १ लाख २ हजार रुपैयाँ र प्रतितोला तेजाबी सुन १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस अघि पनि सुनको मूल्य एक लाख नाघेको थियो । गत वर्षको साउन (२२ गते) छापावाल सुन प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

हाल रुस–युक्रेन द्वन्द्व जारी रहेकै समयमा फागुनको अन्तिम सातामा सुनको भाउ बढेको बढ्दै छ । प्रतितोला सुनको मूल्य एक लाखभन्दा बढीमा भए पनि दैनिक कारोबारमा थपघट हुनु स्वाभाविक हो । तर, मूल्यमा धेरै नै उतारचढाव हुनु भनेको विश्वबजारमा हलचल भएकै कारण भएको जानकारहरूको भनाइ छ ।

फोटो : किरण स्याङ्बो/ मेरो लाइफस्टाइल

यो पनि…
बोटलर्स नेपालविरुद्ध कर छली मुद्दा
तातोपानी र रसुवागढी नाकाबाट आयात अर्बौंको निर्यात शून्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,