English

डिजिटल भुक्तानी ‘कर्पोरेट पे’ मार्फत ५५ अर्बको कारोबार



कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षमा ५५ अर्बको कारोबार फर्छ्योट गरेको छ । बैंक र वित्तीय संस्थाहरूका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरूलाई सहजरूपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी कर्पोरेट पे प्राणाली प्रयोग हुँदै आएको छ ।

हाल यसमा ४८ बैंक वित्तीय संस्थाहरूमार्फत् उक्त प्रणालीमा २६ सयभन्दा बढी व्यावसायिक ग्राहकहरू आबद्ध भइसकेका छन् ।

यस प्रणालीमार्फत फन्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानीहरू गर्न सकिन्छ । पछिल्लो समयमा यस प्रणालीमा नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्रको भुक्तानी तथा अन्य विभिन्न सेवासम्बन्धी भुक्तानी थप गरिएको छ ।

व्यावसायिक ग्राहकहरुलाई भुक्तानी कारोबार सुरक्षित रुपमा गर्नको लागि आवश्यक बहु अधिकार र बहु हस्ताक्षरकर्ताको समेत उपयुक्त व्यवस्था रहेको छ ।

प्रणालीमा रियल टाइममा प्रति कारोबार २० लाखसम्म र नन–रियल टाइममा प्रति कारोबार २० करोडसम्म तथा नेपाल सरकारको भुक्तानी प्रति कारोबार ३० करोडसम्म गर्न सकिन्छ । साथै यस प्रणालीमा एउटै प्ल्याट्फर्ममा एकभन्दा बढी बैंक खाताहरू लिन्क गरी कारोबारहरू गर्न सक्ने व्यवस्था समेत रहेकोले ग्राहकलाई कारोबार गर्न थप सहज भएको छ ।

एनसीएचएलद्वारा सञ्चालन गरिएको यस प्रणालीमा आबद्ध हुन ग्राहकले आफ्नो बैंकरवित्तीय संस्थासँग सम्पर्क गर्नुपर्ने हुन्छ ।

यो पनि
‘नेपाली पात्रो’को सिईओमा सन्तोष देवकोटा नियुक्त
गेटवे पेमेन्टले युपीआई सञ्चालनका लागि एनपीसीआई र मनमसँग गर्यो सम्झौता




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested