English

गेटवे पेमेन्टले युपीआई सञ्चालनका लागि एनपीसीआई र मनमसँग गर्यो सम्झौता



गेटवे पेमेन्ट सर्भिस प्रा.लिले अन्तरआबद्धता तथा मोबाइल प्रविधिमा आधारित युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल (UPI Nepal) सञ्चालनका लागि भारत स्थित एनपीसीआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ । विभिन्न बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक बीच विद्युतीय भुक्तानीको सञ्जाल सञ्चालन गर्ने र भारतबाट विभिन्न भुक्तानी सेवा प्रदायक (पेटीएम, गुगलपे, फोनपे) मार्फत नेपालस्थित कुनै पनि बैंक खातामा तुरुन्तै रकमान्तर गर्नसक्ने व्यवस्था गर्न लागेको हो ।

त्यसैले अब भारतीय नागरिकहरु नेपाल आउँदा र नेपालीहरु भारत यात्रा गर्दा क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । सम्झौतामा गेट वेको तर्फबाट अध्यक्ष कमलनाथ प्रधान, एनपीसीआई इन्टरननेसनलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला तथा मनम इन्फोटेकका तर्फबाट निर्देशक नागाबाबु रामिनेनीले हस्ताक्षर गरेका छन् ।

अन्तरआबद्दता तथा मोबाइल फस्र्ट प्रविधीमा आधारित भुक्तानीको सञ्जाल युपीआइ नेपालले विद्युतीय भुक्तानीलाई अर्को श्रेणीमा लैजाने र नेपाललाई नगदरहित समाजमा रूपान्तरण गर्न ठूलो टेवा पुर्याउने गेट वेले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

Latest










Popular
Suggested