English

रुसमाथि बेलायतले किन लगायो प्रतिबन्ध ?



बेलायतले मस्कोमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । बेलायतले रुसी तल्लो सदन डुमाका ३८६ सांसदहरुलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध लगाएको हो । ती सबै सांसदहरूले युक्रेन हमलामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई समर्थन जनाएका थिए ।

उनीहरूलाई बेलायत यात्रा गर्न र बेलायतमा रहेको कुनै पनि सम्पत्तिमा पहुँच राख्न प्रतिबन्ध लगाइएको बेलायतको विदेश मन्त्रालयले जनाएको छ ।

फेब्रुअरीमा पूर्वी युक्रेनमा बिखन्डनकारीको नियन्त्रणमा रहेको लुहान्स्क र दोनेत्सक क्षेत्रलाई मान्यता दिएका थिए । सो मान्यता रुसी युद्धका लागि बहाना बनेको विदेश मन्त्रालयले जनाएको छ ।

‘हामी युक्रेनमा पुटिनको अवैध आक्रमणमा संलग्न र यस बर्बर युद्धलाई समर्थन गर्नेहरूलाई लक्षित गर्दैछौं,’ विदेशमन्त्री लिज ट्रसले भने । सरकारले बिहीबार चेल्सी फुटबल क्लबका रुसी मालिक रोमन अब्रामोभिचको सम्पत्ति रोक्का गरेको थियो ।

प्रधानमन्त्री बोरिस जोनसनलाई धनाढ्य रुसीहरूविरुद्ध कारबाही गर्न ढिलाइ गरेको र सोभियत संघको पतनपछि लन्डन हुँदै पार भएको रुसी पैसामा आँखा चिम्लिएको आरोप लागेको थियो । रुसी जहाज र विमानलाई यसअघि नै बेलायत सरकारले प्रतिबन्ध लगाइसकेको छ ।

यो पनि…
‘रूस-युक्रेन द्वन्द्वको अर्थ तेस्रो विश्वयुुद्ध’
युक्रेन पछि नहट्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested