English

युक्रेन पछि नहट्ने



युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रूसविरुद्धको लडाइँ नछोड्ने बताएका छन् । बेलायतको संसद् हाउस अफ कमन्सलाई सम्बोधन गर्दै जेलेन्स्कीले युद्ध अन्त्य नहुने बेलासम्म युक्रेन रूसविरुद्ध लडिरहने प्रतिबद्धता जनाए ।

‘हामीले आत्मसमर्पण गर्दैनौँ । पछि हट्दैनौं । हाम्रो भूमिका लागि निरन्तर लडिरहनेछौं’ भिडियो सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले भने ।

रूसविरुद्धको लडाइँमा आफूहरू जंगल, मैदान, समुद्री किनार र सडकबाटसमेत लड्न तयार रहेको उनले बताए । जेलेन्स्कीले सम्बोधन गर्नुअघि बेलायतले सन् २०२२ को अन्त्यसम्म रूसी तेलको आयात नगर्ने बताएको थियो ।

‘कारबाही सुस्त बन्दैछ’

किभले पछिल्लो २४ घण्टामा शत्रूले आफ्नो आक्रामक कारबाहीको गतिलाई सुस्त बनाएको दाबी गरेको छ । रूसी सेनामाथि सशक्त प्रतिकार गरेको बताइरहेका बेला युक्रेनको पछिल्लो भनाइ आएको हो । रूसी सेनाले मिसाइल र बम हमलाको सहारा लिएको पनि युक्रेनले जनाएको छ ।

‘‘पछिल्लो २४ घण्टामा शत्रूले आफ्नो आक्रामक कारबाहीको गतिलाई सुस्त बनाएको छ । मुख्यतया नागरिक पूर्वाधारमा मिसाइल र बम हमलाको सहारा लिएको छ,’ युक्रेनको सशस्त्र फौजले एक विज्ञप्तिमा भनेको छ ।

रूसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ । रूसले किभ, सुमी, खारकिभ, मारिओपोललगायतका शहरलाई निरन्तर घेरा हालेको पनि युक्रेनी सेनाले जनाएको छ ।

यो पनि…
रूसले युक्रेनमा किन आक्रमण गर्‍यो ?
रूस-युक्रेन द्वन्द्व : यी हुन् पछिल्ला प्रमुख घटना



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested