English

‘रूस-युक्रेन द्वन्द्वको अर्थ तेस्रो विश्वयुुद्ध’



रूस-युक्रेनबीच द्वन्द्व जारी छ । रूसी आक्रमणले युक्रेनका कतिपय शहर ध्वस्त भएका छन् । समस्या समाधानबारे रूस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भएको वार्ता निस्कर्षविहीन भएको छ । यसले युद्ध अझै लम्बिने संकेत देखाएको छ । युक्रेनीहरू सुरक्षित स्थान खोज्दै जर्मनी, पोल्याण्डलगायत देशमा पुगेका छन् । रूसले युक्रेनमाथि गरेको हमलाको सामाजिक सञ्जालदेखि विभिन्न देशहरूले विरोध जनाएका छन् । आज शनिबारसम्म भएका केही घटनाहरू यस्ता छन् :

अमेरिकी राष्ट्रपति जोन बाइडेनले युक्रेनमा रूसविरुद्ध अमेरिकाले प्रत्यक्ष ढंगले हस्तक्षेप नगर्ने बताएका छन् । ‘युक्रेनमा हामीले रूसविरुद्ध लडाइँ गर्नेछैनौं । नेटो र रूसको प्रत्यक्ष द्वन्द्वको अर्थ तेस्रो विश्वयुुद्ध हो । यसलाई हामीले रोक्ने प्रयास गर्नुपर्छ,’ बाइडेनले भने ।

यसअघि रूसमाथि विभिन्न प्रतिबन्ध लगाएको अमेरिकाले रूसी भोड्का, सिफुड, डायमन्डलगायतका सामाग्रीमा नयाँ प्रतिबन्ध लगाएको छ । युक्रेनमाथि रसायनिक हमला प्रयोग गरे पुटिनले ठूलो मूल्य चुकाउनुपर्ने उनले चेतावनी दिए ।

यसैबीच रूसी सेनाले युक्रेनका तीन ओटा मुख्य शहरहरूमा हमला गरेको छ । यसअघि युक्रेन संकटबारे रूस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भएको वार्ता निस्कर्षविहीन भएको थियो । रूसी विदेशमन्त्री सर्गेइ लाभरोभ र युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबाबीच टर्कीमा भएको वार्ता बिनानिस्कर्ष टुंगिएको थियो ।

युक्रेनसँगको वार्तामा प्रगति भइरहेको छ : पुटिन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग मस्कोको वार्तामा केही प्रगति भएको खुलासा गरेका छन् । मस्कोका चासोहरूलाई पश्चिमा देशहरूले सम्बोधन गरेमा द्वन्द्व अन्त्य हुने रूसी प्रशासनले बताइरहेका बेला राष्ट्रपति पुटिनको सो धारणा आएको हो ।

बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँग मस्कोमा भएको भेटमा पुटिनले पश्चिमी प्रतिबन्धले रूसको विकासमा बाधा नपर्ने र रूस अझ बलियो हुने दाबी गरे । उनले युक्रेनी वार्ता व्यावहारिक रूपमा भइरहेकोसमेत बताए । ‘निश्चय नै सकरात्मक परिवर्तन भएको हाम्रा पक्षका वार्ताकारहरूले बताएका छन,’ पुटिनले भने, ‘यसबारे पछि मैले सबै भन्नेछु ।’

यसै साता रूसी विदेशमन्त्री सर्गेइ लाभरोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच वार्ता भएको थियो । युक्रेन युद्ध सुरु भएपछि अहिलसम्मकै उच्च तहमा भएको सो वार्तामा कुनै ब्रेक थ्रु हुन सकेको थिएन् ।

रूसी हमलामा हजारौंको मृत्यु भएको छ भने २० लाखभन्दा बढी मानिस देश छोडेर छिमेकी देशहरुमा शरण लिएका छन् । युक्रेन संकटका कारण रूस र अमेरिकाबीच अर्को द्वन्द्व भड्किने त्रास बढिरहेको छ ।

युक्रेनको प्रतिरोध र पश्चिमा प्रतिबन्धले रूसी पक्ष चकित परेको अमेरिकी गुप्तचर निकायका एजेन्टहरूले दाबी गरेका छन् । तर रूसले भने यसलाई अस्वीकार गर्दै आएको छ ।

बरू प्रतिबन्धले आफ्नै देशलाई फाइदा भएको पुटिनले दाबी गरेका छन् । ‘सोभियत युनियन प्रतिबन्धमा पनि बाँचेको थियो । यसले विकासमा सहयोग गर्नुका साथै ठूलो उपलब्धि प्रदान गरेको थियो,’ पुटिनले भने ।

पछिल्ला घटना
बीबीसीका अनुसार रूसी सेना वा पुटिनविरुद्ध हिंसाको आलोचना गर्न मिल्नेगरी सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामले ‘अस्थायी रूपमा’ आफ्ना नियम परिवर्तन गरेका छन् ।
–रूसी फौजहरू पछिल्लो २४ घण्टामा किएभदेखि पाँच किलोमिटर नजिक पुगेको एक वरिष्ठ अमेरिकी रक्षा अधिकारीले बताएका छन् ।
–रेडक्रसको अन्तर्राष्ट्रिय समितिले रूसी सेनाले घेराबन्दीमा पारेको मारिओपोलमा खाद्य सामग्री र पानीको आपूर्ति कम भइरहेको चेतावनी दिएको छ ।
–युक्रेन र रूसका विदेशमन्त्रीहरूबीच टर्कीमा भएको शान्तिवार्ता युद्धविरामबारे कुनै पनि प्रगतिबिना टुङ्गिएको छ ।
–युक्रेनले मारिओपोल शहरबाट बिहीबार एकजना पनि नागरिकालाई बाहिर निकाल्न नसकेको बताएको छ ।
–सी आग्रहमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का कूटनीतिज्ञहरूले शुक्रबार बैठक गर्दैछन् ।
–पश्चिमी देशहरूको आर्थिक प्रतिबन्धको जवाबाफमा रूसले यो वर्षको अन्त्यसम्मका लागि आफ्नो देशबाट विभिन्न सामग्री निर्यातमा रोक लगाएको छ ।
–क्रेम्लिनले युक्रेनबाट रूसतर्फ प्रवेश गर्न चाहने मानिसहरूलाई निकासमार्ग दिने बताएको छ ।
–युक्रेनी अधिकारीहरूका अनुसार त्यहाँको प्रसूति तथा बाल अस्पतालमा गरिएको रूसी हवाई आक्रमणमा परी एक बालकसहित तीन जनाको मृत्यु भएको छ ।

यो पनि…
युक्रेन पछि नहट्ने
रूसले आक्रमण गर्‍यो युक्रेनका यी शहर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,