English

प्रीतिको नयाँ गीत ‘के को शान’



गायिका प्रीति कौरको नयाँ गीत ‘के को शान’ श्रोता तथा दर्शकमाझ आएको छ । आइतबार एक कार्यक्रमबीच गायिका कौरले गीतसँगै म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।

गीतमा प्रीतिकै शब्द र संगीत छ भने मिक्सिङ विशेष पाण्डेको रहेको छ । पवन टाक्की कार्की निर्माता रहेको भिडियोमा गायिका कौर र शिशिर शिवाकोटीको अभिनय रहेको छ ।

मिडिया पोर्ट प्रस्तुतकर्ता रहेको भिडियोमा अभिषेक सुवेदीको निर्देशन, चेतनराज भण्डारीको छायांकन र अर्जुन कार्कीको सम्पादन छ ।

कार्यक्रममा गायिका कौरले ‘के को शान’सहित केही गीत प्रस्तुत गरिन् । लामो समयपछि स्टेजमा उक्लन पाउँदा खुसी लागेको बताइन् ।

‘करिब ६/७ वर्षपछि स्टेजमा ब्याक भएको छु, खुसीसँगै उत्साहित पनि छु । साथै यहाँहरुको साथ र सहयोगको अपेक्षा पनि राखेका छु,’ गायिका कौरले भनिन् ।

यो पनि…
नायिका पुजा शर्माले सार्वजनिक गरिन् प्रेमी

अभिनेत्री रेखाले गरिन् बलरामसँग अदालती विवाह



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested