खानेपानीले हाहाकार बनेको गाउँ हरियाली



खानेपानी अभावकै कारण वर्षेनि दर्जनौँ परिवार बसाइ सर्नुपर्ने बाध्यता रहँदै आएको तेह्रथुमको छथर गाउँपालिकाकाेकाे समस्या समाधान भएपछि अहिले दैनिकी फेरिएकाे छ ।

स्थानीय सरकारले खानेपानी आयोजना सञ्चालन गरेपछि यहाँकाे दैनिक फेरिएकाे हाे । गाउँ गाउँमा पानी पुगेपछि अहिले सबेरै खानेपानी कै निम्ति भौँतारिनुपर्ने बाध्यताबाट मुक्त भएको छथर-३ पञ्चकन्याका बद्रिनाथ क्षेत्रीले बताए ।

उनी भन्छन्, ‘केही वर्षअघिसम्म हामी खानेपानीको जोहो गर्दैमा दिन बित्थे । भालेको डाकसँगै खानेपानी लिन धारा पधेँरीहरूमा पुग्नु पर्थ्याे । तर, अहिले खानेपानीको समस्या टरेको छ । घरमै पानी आउँछ खानेपानीबाट बचेको पानीले करेसाबारीमा तरकारीलाई सिँचाई गर्दै आएका छौँ ।’

बस्ती-बस्तीमा खानोपानी पुगेसँगै यहाँका स्थानीयहरूको घरको करेसाबारीहरू हरियाली देखिन थालेकाे छ । आयोजना सञ्चालनपछि खानेपानीको समस्या टर्नुको साथै आफ्नै करेसाबारीमा तरकारी उत्पादन गर्दै आएको सुस्मा श्रेष्ठको बताइन् ।

‘पहिले-पहिले खानेपानी अभाव हुँदा पशुचौपायालाई त कुरै छाडाैँ, मान्छेलाई समेत पिउने पानीको हाहाकार थियो । तर, अहिले घरमा तरकारी खेती गर्दै आएका छौँ । तरकारी किन्नु पर्दैन । खानेपानी आयोजनाले गाउँ नै फेरिएको झैँ लागेको छ,’

‘पहिले-पहिले खानेपानी अभाव हुँदा पशुचौपायालाई त कुरै छाडाैँ, मान्छेलाई समेत पिउने पानीको हाहाकार थियो । तर, अहिले घरमा तरकारी खेती गर्दै आएका छौँ । तरकारी किन्नु पर्दैन । खानेपानी आयोजनाले गाउँ नै फेरिएको झैँ लागेको छ,’ श्रेष्ठले भनिन् ।

गाउँपालिकाको तमोर तटीय क्षेत्रहरू वर्षाैंदेखि खानेपानीको समस्याले ग्रसित बन्दै आएका थिए । नागरिकको समस्यालाई समाधानका निम्ति स्थानीय सरकारले चासो दिँदै आएको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए ।

खानेपानी आयोजना सञ्चालनसँगै ८०० परिवार लाभान्वित बनेको गाउँपालिका प्रवक्ता राजन नेपालीले बताए ।

यो पनि
मौसमी र बेमौसमी खेतीले थारू महिलामा खुसी भर्दै
धानको समर्थन मूल्य पाएपछि किसा
न दंग



...
wyfFPmW

At POD 35, ICG was injected at the tip of the tail, and fluorescent images were captured over 96 h viagra for men price

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राजधानीको नेपाल पर्यटन बोर्डमा एपेक नेपालद्वारा शुक्रबार ‘मलाई मन परेको कविता-३’ आयोजना गरियो । जसमा अग्रज कविहरुले अनुज कविका मनपरेको

‘झट्ट हेर्दा न्याउरी मुसाजस्तै देखिने पानीमा बस्ने दुर्लभ प्राणी ‘ओत’ पहिले–पहिले चितवनमा पनि थियो भन्ने कुरा अङ्कलहरूबाट सुनेको थिए, योपटक

हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा सोमबार राजधानीस्थित पशुपतिनाथ मन्दिर परिसरमा बिहान करिव ३ बजे देखि नै भक्तजनहरुको ठूलो घुइँचो

शनिबार वेल्सको ब्रेकनस्थित पेनी फेन हिल नेपालमय बन्यो । नेपाल, बेलायत र वेल्सका राष्ट्रिय झन्डाहरूले हरियो पहाड पुरै राताम्य देखिएको