English

खानेपानीले हाहाकार बनेको गाउँ हरियाली



खानेपानी अभावकै कारण वर्षेनि दर्जनौँ परिवार बसाइ सर्नुपर्ने बाध्यता रहँदै आएको तेह्रथुमको छथर गाउँपालिकाकाेकाे समस्या समाधान भएपछि अहिले दैनिकी फेरिएकाे छ ।

स्थानीय सरकारले खानेपानी आयोजना सञ्चालन गरेपछि यहाँकाे दैनिक फेरिएकाे हाे । गाउँ गाउँमा पानी पुगेपछि अहिले सबेरै खानेपानी कै निम्ति भौँतारिनुपर्ने बाध्यताबाट मुक्त भएको छथर-३ पञ्चकन्याका बद्रिनाथ क्षेत्रीले बताए ।

उनी भन्छन्, ‘केही वर्षअघिसम्म हामी खानेपानीको जोहो गर्दैमा दिन बित्थे । भालेको डाकसँगै खानेपानी लिन धारा पधेँरीहरूमा पुग्नु पर्थ्याे । तर, अहिले खानेपानीको समस्या टरेको छ । घरमै पानी आउँछ खानेपानीबाट बचेको पानीले करेसाबारीमा तरकारीलाई सिँचाई गर्दै आएका छौँ ।’

बस्ती-बस्तीमा खानोपानी पुगेसँगै यहाँका स्थानीयहरूको घरको करेसाबारीहरू हरियाली देखिन थालेकाे छ । आयोजना सञ्चालनपछि खानेपानीको समस्या टर्नुको साथै आफ्नै करेसाबारीमा तरकारी उत्पादन गर्दै आएको सुस्मा श्रेष्ठको बताइन् ।

‘पहिले-पहिले खानेपानी अभाव हुँदा पशुचौपायालाई त कुरै छाडाैँ, मान्छेलाई समेत पिउने पानीको हाहाकार थियो । तर, अहिले घरमा तरकारी खेती गर्दै आएका छौँ । तरकारी किन्नु पर्दैन । खानेपानी आयोजनाले गाउँ नै फेरिएको झैँ लागेको छ,’

‘पहिले-पहिले खानेपानी अभाव हुँदा पशुचौपायालाई त कुरै छाडाैँ, मान्छेलाई समेत पिउने पानीको हाहाकार थियो । तर, अहिले घरमा तरकारी खेती गर्दै आएका छौँ । तरकारी किन्नु पर्दैन । खानेपानी आयोजनाले गाउँ नै फेरिएको झैँ लागेको छ,’ श्रेष्ठले भनिन् ।

गाउँपालिकाको तमोर तटीय क्षेत्रहरू वर्षाैंदेखि खानेपानीको समस्याले ग्रसित बन्दै आएका थिए । नागरिकको समस्यालाई समाधानका निम्ति स्थानीय सरकारले चासो दिँदै आएको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए ।

खानेपानी आयोजना सञ्चालनसँगै ८०० परिवार लाभान्वित बनेको गाउँपालिका प्रवक्ता राजन नेपालीले बताए ।

यो पनि
मौसमी र बेमौसमी खेतीले थारू महिलामा खुसी भर्दै
धानको समर्थन मूल्य पाएपछि किसा
न दंग



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

Latest










Popular
Suggested