धानको समर्थन मूल्य पाएपछि किसान दंग



गौरीगञ्ज-१ महाभाराका किसान इन्द्रनारायण राजवंशी विगतमा काँटामा धान बेच्थे । उनले कहिल्यै सरकारले तोकेको समर्थन मूल्य पाएका थिएनन् । तर, गत वर्षदेखि सरकारले तोकेको धानको मूल्य पाउन थालेका छन् ।

उनले घरैबाट धान बिक्री गर्न थालेका छन् । ‘पहिला त लागत पनि उठ्दैन थियो । अहिले सहकारीले घरमै गएर खरिद गर्छ,’ उनले भने, ‘राम्रो मूल्य पाएका छौँ । खेती गर्दा केही हुन्छ भन्ने लाग्न थालेकाे छ ।’ प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत धान सुपरजोन कार्यान्वयन इकाई झापामार्फत झापाका दुई सहकारी सूचीकृत भएर किसानका धान खरिद गरिरहेका छन् ।

उहाँहरूले किसानको धान सरकारले तोकेको मूल्यमा खरिद गर्नुहुन्छ । जसबापत व्यवस्थापन खर्च भनेर सरकारले प्रति क्विन्टल एक सय १२ रुपैयाँ अनुदान दिन्छ, सरकारले तोकेको न्यूनतम समर्थन मूल्य किसानले पाएका छन् ।

महाभाराको साना किसान कृषि सहकारी संस्था र महारानी झोडा साना किसान कृषि सहकारी संस्थाले सरकारले तोकेको मूल्यमा धान खरिद गर्दै आएका छन् । सुपरजोन झापाका प्रमुख रवीन्द्र सुवेदीका अनुसार महारानी झोडाले करिब १५ हजार क्विन्टल र महाभाराले करिब साढे सात हजार क्विन्टल धान खरिद गरेको बताए ।

‘उहाँहरूले किसानको धान सरकारले तोकेको मूल्यमा खरिद गर्नुहुन्छ । जसबापत व्यवस्थापन खर्च भनेर सरकारले प्रति क्विन्टल एक सय १२ रुपैयाँ अनुदान दिन्छ,’ उनी भन्छन्- ‘सरकारले तोकेको न्यूनतम समर्थन मूल्य किसानले पाएका छन् ।’ विगतमा चारवटा सहकारी आबद्ध थिए । तर, गत कत्तिकमा बेमौसमी वर्षाले धानबालीमा असर पार्दा बाँकी दुई सहकारी भने सूचीकृत हुन नमानेको उनी बताउँछन् ।

सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार मोटा धान प्रतिक्विन्टल दुई हजार ७५२ र मध्यम धान दुई हजार ९०२ मा खरिद गरिरहेको महाभारा साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक गंगाप्रसाद ढुंगानाले बताए । ‘नजिकैका किसानले हाम्रो स्टोर घरमै ल्याउनुहुन्छ ।

टाढाका किसानको घर-घरमै गएर समर्थन मूल्य दिएर ल्याउँछौँ, पैसा भने किसानहरूको खातामा हालिन्छ । किसानहरू खुसी हुनुहुन्छ ।

‘टाढाका किसानको घर-घरमै गएर समर्थन मूल्य दिएर ल्याउँछौँ,’ उनले भने, ‘पैसा भने किसानहरूको खातामा हालिन्छ । किसानहरू खुसी हुनुहुन्छ ।’ मोटा र मध्यम गरेर यो सहकारीले करिब साढे सात हजार क्विन्टल धान किसानबाट खरिद गरेको छ ।

तर, अहिले बजारमा धानको मूल्य निरन्तर ओरालो लाग्दा समस्या भएको उनी बताउँछन् । ‘धानको मूल्य निरन्तर ओरालो लागिरहेको छ । किसानको पैसा भुक्तानी गर्न बाँकी छ । हामीले धान बेच्न नपाएसम्म कसरी दिने ?,’ व्यवस्थापक ढुंगाना भन्छन्, ‘सरकारले हामीले संकलन गरेको धान खरिद गरिदिए धेरै सजिलो हुने थियो ।’

यो पनि…
आँखा नदेखेर के भो ? घर सुनिताले नै सम्हाल्छिन्
स्याउ र ओखर खेतीबाट वर्षेनी ८० लाख आम्दानी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रिय, ओ प्रियभन किन बुझी दिएनौं, यो मन, भनभन किन बुझी दिएनौं, भन किन बुझिदिएनौ प्रिय, ओ प्रिय . .

राजधानीको नेपाल पर्यटन बोर्डमा एपेक नेपालद्वारा शुक्रबार ‘मलाई मन परेको कविता-३’ आयोजना गरियो । जसमा अग्रज कविहरुले अनुज कविका मनपरेको

काठमाडौँ महानगरका मेयर बालेन शाहको कार्यालय अगाडी आफूलाई ईः भन्न रुचाउने २८ वर्षीय युवा बिहीबार देखि नै लगातार उभिएर विरोध

सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना