English

स्याउ र ओखर खेतीबाट वर्षेनी ८० लाख आम्दानी



चन्दननाथ नगरपालिका-१० निवासी शंकु खत्रीले ३२ हजार वर्गमिटरमा स्याउ ओखर खेती गरेका छन् । उनले स्याउ र ओखर खेतीबाट वर्षेनी ८० लाख रूपैयाँ बढीको आम्दानी गर्ने गरेका छन् । किसान खत्रीले स्याउ, ओखर र ओखरका बिरुवा बेचेर मनग्य आम्दानी गर्दै आएका छन् ।

उनले यस वर्ष ७७ लाखको ओखरको बिरुवा बिक्री तथा तीन लाख बढीको ओखर उत्पादन गरेको बताए । यस्तै ३ लाख बराबरको स्याउ उत्पादन गरेर बिक्री गरेको खत्रीको भनाइ छ । खत्री जुम्लाका एक उदाहरणीय किसान हुन् । यसअघि स्याउ व्यवसायीको रूपमा व्यवसाय सुरु गरेका किसान खत्री पछिल्लो समय ओखर व्यवसायमा अब्बल भएको छन् ।

विभिन्न जातका ओखरको उत्पादन गरेर वर्षेनी लाखौं आम्दानी गर्ने गरेको उनी बताउँछन् । बिरुवा उत्पादन, फल उत्पादनसहित नेपाली बजारमा ओखर तथा स्याउ पुर्‍याउने उनको लक्ष्य रहेको छ । ३२ हजार वर्गमिटरमा स्याउ र ओखर खेतीको बगैँचा फैलाएको छ ।

सोही बगैँचाभित्र स्याउ तथा ओखर उत्पादन गर्ने थलाको रूपमा स्थापित गरिएको छ । किसान खत्री भन्छन्, ‘बुवाको नाममा एक कित्ता जग्गा थिएन । दुई कित्ता जग्गा माते खेत खाम्थ्यौँ । तर अहिले ६७ कित्ता जग्गा स्याउ र ओखरबाटको आम्दानीले जोड्न सफल भएको छु ।’ उनले यही खेतीबाट नेपालगन्जमा सात लाखमा जग्गा किन्न छोरीलाई समेत सहयोग गरेको बताए ।

१८ हजार ग्राफ्टिङ ओखरका बिरुवा उत्पादन

खत्रीको बगैँचामा यो वर्ष १८ हजार ग्राफ्टिङ ओखरका बिरुवा उत्पादन भएका थिए । जसमा ११ हजार बिरुवा प्रति बिरुवा सात सयका दरले ७७ हजारको बिक्री भइसकेको उनले बताए । ग्राफ्टिङ ओखरका बिरुवा अहिले सरकारी दर सात सय रूपैयाँ छ ।

चन्दननाथ नगरपालिका-१० निवासी शंकु खत्रीले ३२ हजार वर्गमिटरमा स्याउ र ओखर खेती गरेका छन् । उनले स्याउ र ओखर खेतीबाट वर्षेनी ८० लाख रूपैयाँ बढीको आम्दानी गर्ने गरेका छन् । किसान खत्रीले स्याउ, ओखर र ओखरका बिरुवा बेचेर मनग्य आम्दानी गर्दै आएका छन् ।

खत्रीका अनुसार एक हजार चार सय बुटा ओखर रोपेकोमा तीन सय बिरुवा फल्न थालेका छन् । यस वर्ष ६ हजार पाँच सय दाना ओखर फलेको थियो । जसबाट करिब ६ लाख आम्दानी भएको छ । भिरालो जमिनलाई स्याउ र ओखरका बिरुवाले झन् बलियो बनाउने बताए ।

राष्ट्रिय-अन्तर्राष्ट्रिय पुरस्कार

किसान खत्री राम्रो स्याउ उत्पादन गरेबापत राष्ट्रिय-अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका छन् । २०७२ सालमा नेपाल सरकारले विराटनगरमा सम्पन्न नवौँ राष्ट्रिय कृषि मेलामा उनलाई उत्कृष्ट स्याउ किसानको पुरस्कृत गरेको थियो । यसैगरी मध्यपश्चिम क्षेत्रीय कृषि निर्देशनालयबाट प्रथम राष्ट्रपति उत्कृष्ट किसानको रूपमा छनौटदेखि जिल्लामा पनि विभिन्न पुरस्कार पाएका छन् ।

ओखरको अनुसन्धान

किसान खत्रीले आफ्नै बगैँचामा स्याउ तथा ओखरको थप अनुसन्धान थालेका छन् । उनले ओखरमा ग्राफ्टिङ गर्ने विधिदेखि जिल्ला बाहिर भएका ओखरका बिरुवा रोपेर फलाउने गरेका छन् । यस्तै जुम्लामा तीन वर्ष यता इटालीबाट ल्याएका स्याउ बिरुवा रोपेर उत्पादन हुन थालेको छ ।

उत्पादन बढाउन निःशुल्क बिरुवा वितरण

खत्रीले आफूले उत्पादन गरेको ओखरका बिरुवा किसानलाई निःशुल्क वितरण पनि गर्ने गरेका छन् । खत्रीले शुक्रबार आफ्ना बुवा स्वर्गीय कर्णजित खत्रीको जन्मदिनको सम्झनामा जुम्लाका २० किसानलाई पाँच-पाँच वटाका दरले ओखरका बिरुवा वितरण गरेका छन् ।

व्यावसायिक रूपमा किसान खत्री अब्बल भएपछि स्याउ बगैँचामा विज्ञसहितको सरोकारवालाको टोली जाने गरेको छ । शुक्रबार किसानलाई निःशुल्क बिरुवा वितरण तथा अवलोकन गर्न पुगेका जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले किसान खत्री जुम्लाका एक नमुना किसान बनेको बताए ।

खत्रीको बगैचामा यो वर्ष १८ हजार ग्राफ्टिङ ओखरका बिरुवा उत्पादन भएका थिए । जसमा ११ हजार बिरुवा प्रति बिरुवा सात सयका दरले ७७ हजारको बिक्री भइसकेको उनले बताए । ग्राफ्टिङ ओखरका बिरुवा अहिले सरकारी दर सात सय रूपैयाँ छ ।

खत्रीका अनुसार एक हजार चार सय बुटा ओखर रोपेकोमा तीन सय बिरुवा फल्न थालेका छन् । यस वर्ष ६ हजार पाँच सय दाना ओखर फलेको थियो । जसबाट करिब ६ लाख आम्दानी भएको छ । भिरालो जमिनलाई स्याउ र ओखरका बिरुवाले झन बलियो बनाउने बताए ।

यो पनि
पोषण सुधारका लागि बुवा र हजुरबुवाले के गर्ने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो