मौसमी र बेमौसमी खेतीले थारू महिलामा खुसी भर्दै



महोत्तरी वर्दिबासकी हेमलता सिंह अचेल खुसी छिन् । पाँच वर्ष अघिको अभाव र अहिलेको अवस्था तुलना गर्दा आनन्द आउने गरेको उनी सुनाउँछिन् । उनमा यो खुसी ल्याउने औजार भने उनी आफैँ हुन् । उनको प्रयासमा नगरपालिकाले केही सहयोग र भरथेग भने गरिरहेकै छ ।

नगरपालिकाले यहाँका थारू महिलालाई मौसमी र बेमौसमी खेतीपाती कसरी लगाउने भन्ने बिषयमा सिकाएको थियो । यही सिकाइलाई हेमलताले पनि सदुपयोग गरेकी छिन् । उनी आजकाल दिनभरी खेतबारीमै हुन्छिन् । उनले खेतमा खर्बुजा र तरकारी फलाएकी छिन् । ‘हुन त केही वर्ष अगाडि पनि खेती गथ्र्यौँ, तर बजार पाउन कठिन थियो । आजकाल घरघरमै टेम्पो आइपुग्छ ।’ उनले भनिन् ।

नगरपालिकाले हेमलताको टोलसम्म पुग्ने सडक निर्माण गरिदिएको छ । वडा अध्यक्ष रामकिशोर साहको पहलमा करिब ६० घरधुरी बस्ने चौधरी टोलमा विभिन्न शाखा र नगरपालिकासम्म जोड्ने मुख्य सडक सञ्जाल विस्तार भएको छ ।

हेमलता जनप्रतिनिधिहरूको सक्रियताप्रति निकै खुसी छिन् । आजकाल हेमलताको मात्र हैन वर्दिबास नगरपालिका–१२ स्थित यस वडाका थारू समुदायको दिनचर्या फेरिएको छ । नगरपालिकाले महिला उद्यमीबीच सहजकर्ताको भूमिका खेलेका कारण थारु महिलाहरू स्वरोजगार र सीपयुक्त भएका छन् ।

हेमलता जस्तैं २६ महिलाले तरकारी खेतीसम्बन्धी तालिम लिएका छन् । अहिले सबै २६ जना सामुहिक खेती गरिरहेका छन् । पहिला उत्पादन भएका सामान राख्न समेत यहाँ निकै समस्या थियो । स्थानीय सरकारले झण्डै ६ लाख खर्चेर साझा सुविधा केन्द्रको स्थापना गरिदिएको छ । अब भण्डारणको समस्या पनि समाधान भएको छ ।

दुईकोठे साझा सुविधा केन्द्रमा थारू समुदायले उत्पादन गरेको वस्तुले पनि सहजै स्थान पाउन थालेको छ । महिलाहरू सीप सिकेर आफैँ स्वरोजगार बनेपछि समुदायका पुरुषहरू पनि खुसी छन् । समुदायमा पुरुषभन्दा महिला बढी व्यस्त हुने गरेको उनीहरू बताउँछन् ।

‘महिलालाई आयअर्जनमा सहभागिता बढाउन नगरका उद्यम सहजकर्ताहरूले खेलेको भुमिका सुन्दर छ ।’ हिमलाल चौधरीले भने । नगरपालिकाले परिचालन गरेका उद्यमी सहजकर्ताहरूले वडा नम्बर १२ मा मात्र नभइ अन्य वडामा पनि विभिन्न सीपमूलक कार्यक्रम गरिरहेका छन् । विभिन्न वडामा अहिलेसम्म एक १७ जना महिला उद्यमी बनिसकेका छन् ।

महिलाहरूलाई अगाडि बढाए मात्र सामाजिक र पारिवारिक आर्थिक स्थिति बलियो हुने विषयलाई मध्यनजर गरी टोलटोलबाट महिलालाई जागरुक बनाएको नगरप्रमुख विदुर कार्की वताउँछन् । गरिबी उन्मूलनमा नगरपालिका औपचारिक रूपमा लागेको उनको भनाइ छ ।

नगरपालिकाले नगरभरीका करिब २४ सय घरपरिवारलाई गरिबीको रूपमा पहिचान गरेको छ । तीन महिना अगाडि हेफर इन्टरनेसनल नामक संस्थासँग सम्झौता गरी नगरपालिका गरिबी उन्मूलनको दिशातर्फ उन्मुख भएको नगरप्रमुख कार्कीले बताए ।

गरिबी उन्मूलनको लागि पहिला किसानहरूलाई पशु तथा कृषिमा आत्मनिर्भर बनाउने र त्यसपछि आर्थिक उपार्जनको लागि २४ सय घरधुरीलाई गरिबीबाट मुक्त बनाउने नगरको योजना छ ।

यो पनि…
आँखा नदेखेर के भो ? घर सुनिताले नै सम्हाल्छिन्
स्याउ र ओखर खेतीबाट वर्षेनी ८० लाख आम्दानी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

बारबरा अडम्स फाउन्डेसनले ‘स्टोलेन इमेज अफ नेपाल’ कार्यक्रम गरेको छ । आइतबार काठमाडौँमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाली

‘झट्ट हेर्दा न्याउरी मुसाजस्तै देखिने पानीमा बस्ने दुर्लभ प्राणी ‘ओत’ पहिले–पहिले चितवनमा पनि थियो भन्ने कुरा अङ्कलहरूबाट सुनेको थिए, योपटक

हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा सोमबार राजधानीस्थित पशुपतिनाथ मन्दिर परिसरमा बिहान करिव ३ बजे देखि नै भक्तजनहरुको ठूलो घुइँचो

हरितालिका तीज महिलाहरूसँग सम्बन्धित छ । तीजको आफ्नै महत्त्व छ । धार्मिक कथनहरूलाई हेर्ने हो भने हिमालय पुत्री पार्वतीको विवाह