English

दुबोधागो बनाउने पेसाले जीविका धानिदै



कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ खल्लागोठका अजव सिंह खड्का पूर्खादेखि थालेको परम्परागत पेशालाई अगाडि बढाउँदै आएका छन् । बुबा बाजेले सम्हालेको दुबोधागो बनाउने पेसालालाई ७१ वर्षीय खड्काले सम्हाल्दै आएका हुन् । डडेल्धुराको अमगरगढी नगरपालिका–६ छचोडाबाट दुई दशकअघि बसाइँसराइ गरी आएका उनले दुबोधागो बनाउने कार्यलाई निरन्तरता दिएका हुन् ।

सुुदूरपश्चिमको संस्कृतिअनुसार गौरा पर्वमा महिलाले पुरुषले जनै धारण गरेझै दुबोधागो लगाउने गर्दछन् । दुबोधागोलाई धर्मशास्त्रमा सप्तम्या (सात ओटा धागोको डोरा) भनिन्छ । वैवाहिक संस्कारबाट मात्र शुद्ध नहुने हुँदा महिलाले दुबोधागो धारण गर्नुपर्ने चलन छ । गौरा पर्वको सप्तमीका दिन गौरालाई गौराघरमा भित्राएपछि महिलाहरूले दुबोधागो चढाउने र धारण गर्ने गर्दछन् । यसै दुबो धागो बनाउने कार्यमा खड्का छ दशकदेखि क्रियाशील रहदै आएका छन् ।

‘छचोडाका पूरै गाउँका बासिन्दाको कमाइको साधननै दुबो धागो बनाएर बेच्नुे रहेको थियो’, खड्काले भने, ‘जसबाट गाउँका बासिन्दाको वर्षभरिको खर्च चल्थ्यो ।’ दुबोधागो बेचेर वर्षभरिका लागि अन्न खरिद गर्दथ्यौं । लत्ताकपडाको जोहोसमेत त्यसबाटै हुन्थ्यो । हाल युवाले दुबोधागो बनाउने कार्य छाड्दै गएका छन् ।

सुुदूरपश्चिमको संस्कृतिअनुसार गौरा पर्वमा महिलाले पुरुषले जनै धारण गरेझै दुबोधागो लगाउने गर्दछन् । दुबोधागोलाई धर्मशास्त्रमा सप्तम्या (सात ओटा धागोको डोरा) भनिन्छ । वैवाहिक संस्कारबाट मात्र शुद्ध नहुने हुँदा महिलाले दुबोधागो धारण गर्नुपर्ने चलन छ । 

पहाडमासमेत थोरैले मात्रै दुबोधागो बनाउछन् । १३ वर्षको छँदै बुबाबाट दुबो धागो बनाउन सिकेको उनी बताउँछन् । तराई झरेपनि यस पेसालाई सम्हादै आएको उनी सगर्व सुनाउँछन् । भारतको नयाँ दिल्लीबाट उनले एक वर्ष पुग्ने गरी ५० किलो धागो खरिद गरेर ल्याउँछन् । धागोलाई पहेंलो, रातो र कालो रङग लगाएर दुबोधागो बनाउँछन् । रङ्गसमेत भारतबाटै ल्याउने गरिन्छ ।

दुबोधागो बनाएर बेचेर दैनिक रु ७०० जति कमाइ हुने गरेको छ । दुबोधागो थोकमा बैतडी, डडेल्धुरा, कैलाली र कञ्चनपुरका व्यापारीले खरिद गर्दछन् । दुबोधागो बनाउने कार्यबाट नौ जनाको परिवारको खर्च सहजरूपमा चलाउँदै आएको खड्काले बताए ।

‘दुबोधागो बनाउने कार्यबाट परिवारको खर्च सहज रूपमा चलाउँदै आएको छु । यस पेसाबाट पाँच छोरा दुई छोरीको विवाह गरे । घरखर्च चलाएँ । चलाउँदै आएको छु । पैसाका लागि कहिले पनि अरू कहाँ हात थाप्नु परेन,’ उनले भने, ‘छोराहरूले आ–आफनै तरिकाले गरेर खाँदै छन् । बुढाबुढी हामी यही बेचेको पैसाले ठाँटले बसेर खाँदै छौं । लगाउँदै छौं ।’

दुबोधागो बनाएर बेचेर दैनिक रु ७०० जति कमाइ हुने गरेको छ । दुबोधागो थोकमा बैतडी, डडेल्धुरा, कैलाली र कञ्चनपुरका व्यापारीले खरिद गर्दछन् । दुबोधागो बनाउने कार्यबाट नौ जनाको परिवारको खर्च सहजरूपमा चलाउँदै आएको खड्काले बताए ।

धागो र त्यसमा लगाउने रङ्ग ल्याउनका लागि खड्का आफैं नयाँ दिल्ली पुग्छन् । दिल्लीका भारतीयहरूले पुरानो धागोको ग्राहक भएकाले आदरपूर्वक सम्मान गर्ने गरेको उनी बताउँछन् । जन्म मिति अनुसार नागरिकतमा जन्म मिति नलेखिँदा उमेर ७१ वर्ष पुगेपनि ज्येष्ठ नागरिक सुरक्षावापतको भत्ताको रकमबाट भने उनी वञ्चित छन् । उनी भन्छन्, ‘दुबोधागो बनाउने धागोमा भन्सार अधिक लाग्ने गरेको छ । सरकारले त्यो मिनाहा गरे यस पेसालाई सहज रूपमा अगाडि बढाउन सकिन्थ्यो ।’

रातो, पहेंलो, कालोधागो मिसाएर बनाइएको दुबोधागो गौरादेवीमा अर्पण गरी, अभिषेक गरी गौरापर्वको सप्तमीका दिन लगाइने गरिन्छ । कसैसकैले अष्ठमीका दिन गौरा खलामा शिव पार्वतीको पूजाअर्चना पश्चात् दुबोधागो लगाउने चलन छ । प्रत्येक वर्ष पूजा गरेर नयाँ दुबोधागो लगाउनुपर्ने चलन छ ।

यो पनि
मौसमी र बेमौसमी खेतीले थारू महिलामा खुसी भर्दै
लोप हुँदै डोको, डालो, थुन्से र भकारी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested