बायोपिक फिल्मको तयारीमा थिए शेन वार्न



अष्ट्रेलियाका महान स्पिनर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएपछि विश्वका क्रिकेटप्रेमी दर्शक तथा खेलाडी झैं बलिउड पनि स्तब्ध बनेको छ । बलिउड उनको निधनमा यसकारण पनि स्तब्ध छ कि त्यहाँ उनको बायोपिक बनाउने तयारी भइरहेको थियो ।

वार्न शुक्रबार थाइल्यान्डमा शंकास्पद अवस्थामा मृत फेला परेका थिए । उनलाई हृदयघात भएको हुनसक्ने अनुमान गरिएको छ ।

सन् २०१५ मा शेनलाई बलिउडमा अभिनयको प्रस्ताव गरिएको थियो । जुन विषयलाई उनले पनि पुष्टि गरेका थिए । एक टुरिज्म भिक्टोरिया कार्यक्रममा सहभागिता जनाइरहँदा उनले आफूलाई बलिउडबाट अभिनयको प्रस्ताव आएको र उक्त प्रस्ताव आफ्ना लागि सबैथोक भएको बताएका थिए ।

एक भारतीय प्रोडक्सन कम्पनीले शेनको बायोपिक बनाउने तयारी शुरु गरेको थियो । तर, कोभिड—१९ महामारीका कारण त्यो योजना तत्कालका लागि स्थगित गरिएको थियो । आफ्नो बायोपिकमा शेन अभिनेता लियोनार्दो डिकेप्रियो वा ब्राड पिटलाई प्रमुख भूमिकामा अभिनय गरेको हेर्न चाहन्थे ।

‘एक युवाले यसको बारेमा स्क्रिप्ट लेखेका छन् । यो कम्पनी यसलाई सुट गर्न चाहन्छ । त्यही कारण मूल रूपले भारतका लागि यो एक हलिउड फिल्मको सुटिङ हो र यो कथा मेरो जीवनीमा आधारित छ ।

‘एक युवाले यसको बारेमा स्क्रिप्ट लेखेका छन् । यो कम्पनी यसलाई सुट गर्न चाहन्छ । त्यही कारण मूल रूपले भारतका लागि यो एक हलिउड फिल्मको सुटिङ हो र यो कथा मेरो जीवनीमा आधारित छ ।

मैले सन् २००८ मा रोयल्सलाई कसरी एकसाथ राखें भन्ने कथा फिल्ममा हेर्न पाइनेछ’, उनले भनेका थिए । उनका अनुसार फिल्मको नाम नै ‘हलिउड—आइस्ड’ राखिएको थियो ।

राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै

स्पिनर सेन वार्नको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले स्पिनर वार्नको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री मोरिसनले वार्नको आकस्मिक मृत्युबाट अस्ट्रेलियाबासी निकै दुःखी भएको बताए । विश्वकै महान क्रिकेटर मध्येकै एक वार्नलाई संघीय र भिक्टोरियन सरकार, क्रिकेट अष्ट्रेलिया र उनको परिवारले राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने जनाइएको छ ।

वार्नको राष्ट्रिय उपलब्धिलाई ध्यानमा राख्दै उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ । यो वार्नको परिवारसँग परामर्श गरेर गरिनेछ,’

‘वार्नको राष्ट्रिय उपलब्धिलाई ध्यानमा राख्दै उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने छ । यो वार्नको परिवारसँग परामर्श गरेर गरिनेछ,’ उनले भने । वार्नलाई सम्झिँदै मोरिसनले वार्न अष्ट्रेलियाका महान व्यक्तिहरूमध्ये एक भएको बताए ।

मेलबर्न क्रिकेट ग्राउन्डको ग्रेट सदर्न स्ट्यान्ड वार्नको नाममा राखिने

यसैबीच, वार्नको सम्मानमा अष्ट्रेलियन क्रिकेट बोर्डले मेलबर्न क्रिकेट ग्राउन्डमा रहेको ग्रेट सदर्न स्ट्यान्डको नाम वार्नको नाममा राख्ने भएको छ ।


शनिबार उनको सम्मानमा मेलबर्न क्रिकेट मैदान (एमसीजी) मा स्ट्यान्ड नामकरण गर्ने निर्णय गरेको हो । भिक्टोरिया राज्यका पर्यटन तथा खेलकुद मन्त्री मार्टिन पकुलाले ग्रेट सदर्न स्ट्यान्डको नाम एसके वार्न स्ट्यान्डको रूपमा परिवर्तन गर्ने बताए ।

वार्नले आफ्नो करियरमा एक सय ४५ टेस्ट खेलमा सात सय आठ विकेट लिएका छन् । एक सय ९४ एकदिवसीय खेलमा दुई सय ९३ विकेट उनको नाममा छ ।
वार्नले आफ्नो करियरमा एक सय ४५ टेस्ट खेलमा सात सय आठ विकेट लिएका छन् । एक सय ९४ एकदिवसीय खेलमा दुई सय ९३ विकेट उनको नाममा छ ।

टेष्ट क्रिकेटमा विकेट लिने हिसाबले श्रीलंकाका मुथैया मुरलीधरन पछि दोस्रो नम्बरमा रहेका बलर वार्नले उनीभन्दा अगाडि सात सय विकेट पूरा गरेका थिए । बलिङको यो उच्च शिखर छुने उनी विश्वकै पहिलो बलर पनि हुन् ।

वार्नले टेस्ट क्रिकेटमा तीन हजार एक सय ५४ रन बनाएका छन् । जुन कुनै पनि ब्याट्सम्यानले शतकविना नै सर्वाधिक रन बनाउने विश्व कीर्तिमान हो । वार्नले टेस्ट क्रिकेटमा १२ अर्धशतक बनाए तर उनको उच्चतम स्कोर ९९ रन मात्र रह्यो ।

जुन उनले सन् २००१ मा न्यूजिल्याण्डविरुद्धको पर्थ टेष्टमा बनाएका थिए । वार्नको उत्कृष्ट बलिङले अस्ट्रेलियाले सन् १९९९ मा इग्ल्याण्डमा भएको आईसीसी क्रिकेट विश्वकपको उपाधि जितेको थियो ।

यो पनि
श्रीलंकाविरुद्धको टी-२० शृंखलामा अष्ट्रेलिया विजयी
दुई खेलअगावै अस्ट्रेलियाले जित्यो टी-२० क्रिकेट शृंखला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्व पर्यटन दिवस २०२३ को अवसरमा च्यासा मंका खंलले धिमे बाजाको धुनमा नेवारी लोकप्रिय गीत ‘सचिका चिना’ प्रस्तुत गरेर सहभागी

मंगलबार साँझ हिमालयन उद्धार संघको व्हाट्सएप ग्रुपमा बुधबार बिहान पाटनढोकामा हुने ४४ औँ विश्व पर्यटन दिवस ‘प्रभातफेरी’ मा सहभागी हुन

सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना

साहित्यकार बिन्दु सुवेदीको दोस्रो नियात्राकृति ‘युरोप यात्राका संस्मरण’ लोकार्पण गरिएको छ । बुधबार काठमाडौँस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.