टी-२० अन्तर्राष्ट्रिय शृंखला : श्रीलंकाविरुद्ध भारतको ‘क्लिन स्वीप’



भारतले श्रीलंकाविरुद्धको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखलामा ‘क्लिन स्वीप’ गरेको छ । आइतबार राति धर्मशालामा भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै भारतले आफ्नो प्रभाव जमाएको हो ।

१४७ रनको लक्ष्य भारतले १५ ओभर पाँच बलमा चार विकेट गुमाएर पूरा गर्‍यो । भारतका श्रेयस ऐरले सर्वाधिक ७३ रन बनाए । रविन्द्र जडेजा २२, दिपक होडाले २१, र सन्जु सामसनले १८ रनको योगदान गरे । श्रीलंकाका लाहिरु कुमाराले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा पाँच विकेट गुमाएर १४६ रनको योगफल तयार पार्‍यो । श्रीलंकाका लागि कप्तान डसुन सनकाले सर्वाधिक ७४ रन तथा दिनेश चण्डीमालले २२ र चामिका करुनारत्नेले १२ रनको योगदान गरे । भारतका आभेस खानले २ विकेट लिए ।

यो पनि
डाक्टर्स एघारले जित्यो मैत्रीपूर्ण टी–२०



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एसिया कप २०२३ अन्तर्गत भारत र नेपालबीचको खेल वर्षाले अबरुद्ध भएको छ। श्रीलंकाको पल्लेकेले मैदानमा जारी खेलमा नेपालले ब्याटिङ गरिरहदा

नेपाल भेट्रान्स टिम खेलको टी–२० सिरिज खेल्न नेपाल भ्रमणमा आएको कुवेतको भेट्रान्स क्रिकेट टिम कुवेत बादशाह क्रिकेट क्लबले विजयी सुरुवात

यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल भाेलि मंगलबार हुने भएको छ । भोलिकाे खेल यही अवस्थाबाट सुरु