English

नाकको एलर्जी : समस्या र समाधान



नाकको एलर्जी धेरैको स्वास्थ्य समस्यामध्ये पर्छ । मेडिकल भाषामा यसलाई ‘एलर्जीक राइनाइटिस’ भनिन्छ । यो समस्या कसैलाई लामो समयसम्म देखापर्छ भने कसैलाई सिजनल हुन्छ ।

पालुवा पलाउने समयमा यो समस्या बढी देखिने गर्छ । यो समस्या वायु प्रदूषणले गर्दा पनि हुन्छ । नाकको एलर्जी कडा समस्या नभए पनि यसले पछि गएर अन्य समस्या निम्त्याउन सक्छ । एलर्जी गराउने वस्तु एलर्जेनको संसर्गपछि प्रतिकारात्मक कणको माध्यमबाट नाकको भित्री भागमा पुगेपछि नाकको एलर्जी हुन्छ ।
लक्षण
– धेरै हाच्छ्युँ आउनु
– पातलो सिँगान बग्नु
– नाक बन्द हुनु
– नाक चिलाउनु
सबैलाई एकैनासको लक्षणहरू नदेखिन सक्छ । कसैलाई हल्का एलर्जी मात्र हुनसक्छ भने कसैलाई माध्यम, कडा एलर्जीको लक्षण पनि हुनसक्छ । रोगको अवधिको आधारमा नाकको एलर्जीलाई सधैँ लागि रहने तथा कहिलेकाहीँ लाग्ने गरी दुई भागमा विभाजित गरिएको छ ।

एलर्जी गराउने तत्त्व
एलर्जी गराउने धेरै तत्त्व हुन्छन् । जसमा घरमा गलैचाबाट धुलोका कणहरू, चुरोटको धुलो, ढुसी, पाल्तु जनावर, साङ्लो तथा अरू किराहरू र बिरुवाबाट निस्कने एलर्जेनहरू पर्छन् । घरबाहिर पाइने एलर्जेनहरुमा धुलो, फुलका पराग आदि हुन् । वायु प्रदूषण, सवारी साधनको धुँवा र धुलो पनि एलर्जी गराउने तत्वमा पर्छन् । कसैलाई चिसोको कारण एलर्जी हुन्छ भने कसैलाई वायु प्रदूषणको कारणले पनि हुन्छ ।

एलर्जीबाट बच्ने उपाय र उपचार
धुवाँ निस्कने सामग्री दाउरा, पात गुइँठा, कोइला आदि नबाल्ने । घरभित्र हुने धुवाँ–धुलो नाकको एलर्जी हुने एक प्रमुख कारक भएकोले सोको प्रभाव कम गर्नको लागि सुत्ने डसना, तकिया आदिमा प्लास्टिक वा विशेष एलर्जी पु्रफ फ्याब्रिकको खोल लगाउने ।

दराजमा राखेको कपडा आदिलाई समय–समयमा घाममा सुकाउने । पाल्तु जनावरहरू घरभित्र नराख्ने । नाकको एलर्जी एक वंशाणुगत समस्या पनि भएकोले यसलाई औषधि उपचार, खानपान, रहनसहन, नियमित व्यायाम आदिले नियन्त्रणमा राख्न सकिन्छ तर पूरै निको पार्न भने गाह्रो हुन्छ ।

कसैलाई लगातार एलर्जी भइरहेको छ भने लक्षणहरूलाई बेवास्ता गर्नु हुँदैन । लक्षणलाई बेवास्ता गरिरहँदा पछि गएर नाकमा मासु पलाउने सम्भावना हुन्छ । त्यसैले, लगातार एलर्जीको लक्षण देखिएको छ भने अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ ।

कसैलाई एलर्जी हुनुको कारणमा वंशाणुगत पनि हुन्छ । साथै कुनैकुनै ऋतुमा नाकको एलर्जी हुने व्यक्तिमा दम हुने सम्भावना हुन्छ । त्यसैले, एलर्जीलाई बेवास्ता गर्नु हुँदैन अस्पताल गएर एलर्जी जाँच गर्नुपर्छ ।

यो पनि…
कसरी थाहा पाउने हृदयाघातको लक्षण ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,