English

कसरी थाहा पाउने हृदयाघातको लक्षण ?



कहिलेकाहीँ हामीलाई हृदयघातको लक्षण हुन्छ तर हामीलाई लाग्दैन कि यो हृदयाघातको लक्षण हो । समयमै उपचार नपाएको कारण दुर्घटनामा पनि पर्छन् । त्यसैले हृदयाघातको केही दुर्लभ लक्षणबारे जानकारी राख्नुपर्ने हुन्छ ।

छातीमा कम अप्ठ्यारो हुनु
हृदयाघातमा एकदमै बेस्सरी छाती दुख्ने र छट्पटाउने किसिमको लक्षण हुनुपर्छ भन्ने सोचाइ धेरैको हुन्छ । तर सधैं त्यस्तो हुँदैन । हृदयाघातमा छाती दुख्ने तीव्रता एकदम कम पनि हुनसक्छ । अलिअलि मात्र दुख्ने पनि हुनसक्छ जसलाई व्यक्तिले नजरअन्दाज गर्न सक्छ । यही प्रमुख कारणले गर्दा धेरैजना हृदयाघात भएर पनि घरमै बसेका हुन्छन् ।

त्यसैले छातीको दुखाइ, जुन छातीको बीच भागमा अलिअलि पनि दबाब/थिचेको जस्तो मन्द-मन्द दुखे पनि त्यसलाई मुटुको समस्या हुनसक्छ भनेर हामीले शंका गर्नुपर्छ । बेस्सरी दुखेर मात्र त्यसलाई हृदयाघात हुन्छ भन्ने होइन ।

दुखाइ बीच-बीचमा घट्ने र बढ्ने
धेरैलाई छाती दुख्ने अप्ठ्यारो हुने लक्षण देखिँदा मुटुरोगको शंका पनि गर्छन् । तर बीच-बीचमा त्यो लक्षण घट्छ वा एकछिनका लागि ठीक पनि भइहाल्छ र यो हार्टको समस्या होइन, आराम भयो भनेर झुक्किनु हुन्छ ।

प्रायः हृदयाघातको केसमा बिरामीलाई लक्षणको तीव्रतामा तलमाथि हुन्छ अर्थात् एकछिन राम्रो भएजस्तो हुन्छ र फेरि बिरामीलाई च्याप्न थाल्छ । त्यसैले, बीच–बीचमा लक्षण कम हुनु वा हराउनु त्यो राम्रो संकेत होइन । बीच–बीचमा दुखाइ हरायो, आउने जाने भयो भने त्यो हृदयाघातको लक्षण भनेर बुझ्नुपर्ने हुन्छ । कहिले काहीँ छाती नदुखे पनि व्यक्तिलाई हृदयाघात हुनसक्छ ।

कोही व्यक्तिले छाती दुखेको महसुस गर्दैनन् । जस्तै, वृद्ध मान्छेहरूले, मधुमेहको बिरामी, क्यान्सरको बिरामीलाई छाती नदुखेर पनि हृदयाघात हुन्छ । त्यो छाती नदुखेको होइन उनीहरूले छाती दुखेको अनुभव गर्न नसकेको हो ।

अन्य लक्षण
अन्य लक्षण जस्तै पसिना आउने, वाकवाकी लाग्ने, हाततिर अप्ठ्यारो हुने, घाँटी दुख्ने जस्ता लक्षण छ भने छाती नदुखे पनि हृदयाघात हुनसक्छ । केहीलाई छाती नदुखेर माथिल्लो पेट, नाइटोभन्दा माथि दुख्न सक्छ । यस्तो अवस्थामा धेरै जना पेटको समस्या भनेर बस्न सक्छन् तर यस्तो बेलामा अरू लक्षण छ कि छैन ध्यान दिनुपर्छ । अन्य हृदयाघातका लक्षण छैन र पेटमा मात्र समस्या छ भने पेटसम्बन्धी सास्या हुन सक्छ । यसरी, हामी छुट्टाउन सक्छौँ ।

माथिको केशमा कमजोरी थकाइ लाग्ने थियो र जब मुटुले काम राम्ररी नगर्दा बिरामीलाई कमजोरी र थकाइ लाग्ने हुन्छ । कमजोरी र थकाइ लाग्नुको अरू पनि धेरै कारणहरू छन् । त्यसैले, हामी मुटुको समस्या हो भनेर चिन्न सक्दैनौ । अन्य कारणले थकाई लागेको हुन सक्छ सोच्छौ ।

तर अचानक एउटा सामान्य व्यक्तिलाई थकाइ लाग्ने भइरहेको छ भने उसलाई शंकाको दृष्टिले हेर्नुपर्छ । यदी अरु लक्षण छन् भने मुटुको समस्या हो भन्ने सोच्नु पर्छ । कमजोरी, थकाइ लाग्ने, ब्लडप्रेसर तलमाथि, मुटुको धडकन घट्ने आदि मुटु रोगको लक्षण पनि हुनसक्छ । त्यसैले यस्तो लक्षणहरू देखियो भने अलिक सचेत हुन जरुरी हुन्छ ।

ग्यास्ट्रिकसँग धेरै झुक्किन्छन्
धेरैलाई माथिल्लो पेट तथा छातीमा अप्ठ्यारो भएपछि डकार आउँछ र डकार आएपछि त्यो अप्ठ्यारो कम भएको देखिन्छ । त्यसैले धेरैलाई ग्यास्ट्रिकको समस्याजस्तो पनि लाग्न सक्छ । धेरै व्यक्तिलाई छातीमा अप्ठ्यारो भएपछि र पोल्न थालेपछि ग्यास्ट्रिक भनेर औषधि खान्छन् र औषधि खाएपछि अलिक सजिलो भएजस्तो हुन्छ । तर कहिलेकाहीँ ग्यास्ट्रिक नभएर त्यो हृदयाघात भएको हुन सक्छ ।

ग्यास्ट्रिकको औषधि खाएर पूर्णरूपमा हरायो भने ग्यास्ट्रिकको समस्या हो तर पूरै हराएन वा कम मात्र भयो भने मुटुरोगको सम्भावना हुन सक्छ । जुन व्यक्तिलाई मुटु रोगको जोखिमहरू बढी छ जस्तै मधुमेह, ब्लड प्रेसर, कोलेस्ट्रोल, वंशाणुगत र ५० वर्षभन्दा बढी उमेर भएका व्यक्तिमा यी माथिका लक्षणहरू भयो भने पनि मुटुको समस्या हो कि होइन भनेर सचेत हुनुपर्छ ।

लक्षण देखिए नजिकको अस्पतालमा गएर कम्तिमा चिकित्सकको सल्लाह लिनुपर्छ । यस्तो गर्दा मुटुको समस्या हो कि होइन प्रष्ट भइहाल्छ । तर भ्रम लक्षण छन् र झुकिएर घरमै बस्नुभयो भने यसले दुर्घटना निम्तन सक्छ ।

त्यसैले कहिलेकाही दुर्लभ लक्षणको बारेमा पनि अलिक सचेत हुनुपर्छ । हृदयाघातको शंका लाग्नासाथ ३०० मि.ग्रा. को एस्प्रिन (इकोस्प्रीन) औषधि ढिलो नगरीकन अस्पताल पुग्नुअगावै घरमै पनि खान सकिन्छ ।

यो पनि
हिँडाइ उत्कृष्ट व्यायाम



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested