English

पल–नाबालिग प्रकरण : विवाहका लागि दुवै राजी भए के हुन्छ ?



पल प्रकरण अहिले सबैको चासोको विषय बनेको छ । नाबालिग किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि अभिनेता पल यतिबेला प्रहरी हिरासतमा छन् । अनुसन्धानको प्रक्रिया जारी छ ।

तर, अहिले पलले नाबालिगसँग विवाह गर्ने मञ्जुरी दिए र नाबालिगले पनि विवाहको प्रस्ताव स्विकारेको खण्डमा पलविरुद्धको मुद्दा खारेज हुन्छ वा पल सजायबाट मुक्त हुन्छन् त भन्ने विषय पनि धेरैको चासोको विषय बनेको छ ।

केही समयअघि पल र नाबालिगसँग सम्बन्धित विभिन्न अडियोहरू पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । अडियोमा नाबालिगले एक अधिकारकर्मीसँग ‘पलले विवाह गर्ने प्रलोभन देखाएर करणी गरेर स्वार्थ पूरा भएपछि इग्नोर गर्न थालेको र उजुरीको तयारी गरेपछि परिवारसँग भेटेर दुई वर्षपछि विवाह गर्छु’ भनेको कुराहरू उल्लेख छ ।

पलले भने नाबालिगसँग विवाह गर्ने भन्ने कुनै पनि सहमति नभएको कुरा विभिन्न अन्तरवार्तामार्फत बताएका थिए ।

यो प्रकरणले अब कस्तो रूप लिन्छ भन्ने कुरा त प्रहरीको थप अनुसन्धानबाट पत्ता लाग्ला । तर, यदि पल शाहले नाबालिगसँग विवाह गर्न मञ्जुर गरे र नाबालिगले पनि विवाहको प्रस्ताव स्विकारे के हुन्छ ?

वीरेन्द्र गौतम
अधिवक्ता

तर, किन र कसरी भनेर पनि माफ पाइँदैन । यदि, आरोपित कसुर ठहर भएको खण्डमा उन्मुक्ति पाउने कुरै हुँदैन । पल शाहले पीडितसँग विवाह गर्छु भने पनि अपराधबाट छुट पाउने सुविधा कानुनले दिएको छैन ।

प्रहरीको अनुसन्धान र अदालतको निर्णय कुर्नुको विकल्प छैन

१८ वर्षभन्दा मुनिको नाबालिगसँग मञ्जुरी लिएर सम्बन्ध राखेको खण्डमा पनि त्यो जबरजस्ती करणी मानिन्छ भनेर नेपालको कानुनमा उल्लेख गरिएको छ । यो मुद्दामा तर, किन र कसरी भनेर पनि माफ पाइँदैन । यदि, आरोपित कसुर ठहर भएको खण्डमा उन्मुक्ति पाउने कुरै नभएको अधिवक्ता वीरेन्द्र गौतमको ठम्याइ छ । उनले सुनाए, ‘पल शाहले पीडितसँग विवाह गर्छु भने पनि अपराधबाट छुट पाउने सुविधा कानुनले दिएको छैन ।’

गौतमका अनुसार,एकपटक कस्तो समेत भएको छ भने ‘करणी गर्ने व्यक्तिले जो बालिकालाई करणी गरेको हो ऊसँग विवाह गरी सकेका थिए, उनले ती बालिका मेरो श्रीमती हो भनी प्रमाण देखाए पनि अदालतले उनलाई कसुर वार ठहर गरेको छ ।’

नाबालिगसँग सहमतिमै या जबरजस्ती या फकाएर जे र जुन अवस्थामा यौन सम्बन्ध भएको भए पनि त्यो जबरजस्ती करणी मानिन्छ । त्यसैले, पलले नाबालिगसँग उमेर पुगेपछि विवाह गर्छु भने पनि यो मुद्दा माफ नहुने अधिवक्ता गौतम बताउँछन् । ‘प्रहरीको अनुसन्धान र अदालतको निर्णय कुर्नुको विकल्प छैन ।’

करणी प्रमाणित भएको अवस्थामा पलले नाबालिगसँग विवाह गर्ने मञ्जुरी गरे पनि कसुर साबित भए उनले सजाय भोग्नु नै पर्छ ।

लोकेन्द्र वली
अधिवक्ता

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । त्यसैले, करणी प्रमाणित भएको अवस्थामा पलले नाबालिगसँग विवाह गर्ने मञ्जुरी गरे पनि कसुर साबित भए उनले सजाय भोग्नु नै पर्ने अधिवक्ता लोकेन्द्र वली बताउँछन् ।

यसरी अघि बढ्छ कानुनी प्रक्रिया

पल शाहविरुद्ध अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धान टुङ्गिएपछि मुद्दा चल्ने प्रमाण भेटिएमा प्रहरीले शाहविरुद्ध बलात्कारको आरोपमा मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिन्छ । जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत तनहुँमा पल शाहविरुद्ध मुद्दा दायर गर्नेछ । मुद्दा दायर हुनासाथ जिल्ला अदालतमा शाहको बयान हुनेछ ।

बयान सकिएपछि शाहलाई थुनामा राखेर अनुसन्धान गर्ने वा धरौटीमा छाड्ने वा सामान्य तारेखमा छाड्ने भन्नेमा बहस हुनेछ । अदालती भाषामा थुनछेक बहस भनिने यो प्रक्रिया सकिएपछि जिल्ला अदालतले शाहलाई थुनामा राख्ने, धरौटीमा छाड्ने वा सामान्य तारिखमा छाड्ने भन्ने आदेश दिनेछ । सामान्यतया: तीन वर्षभन्दा बढी सजाय तोकिएको अनि प्रारम्भिक रूपमा हेर्दा कुनै न कुनै प्रमाण भेटिएमा आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउने चलन हुन्छ ।

यसो भन्छन् मानव अधिकारकर्मी

यो एउटा अपराध भएको भएर प्रहरीले नै यो विषयमा अनुसन्धान पर्ने हुन्छ । राम्ररी अनुसन्धान भएको छ वा छैन भन्ने विषयमा मानव अधिकार आयोगले ध्यानाकर्षण गरिरहेको छ । अनुसन्धानको निष्कर्ष नआउँदै केही मिडियाले यो विषयमा आ–आफ्नो धारणा राख्नु गलत भएको मानव अधिकार आयोगकी उपसचिव मञ्जु खतिवडा बताउँछिन् ।

मञ्जु खतिवडा
उपसचिव, मानव अधिकार आयोग

अनुसन्धानको निष्कर्ष पर्खनुबाहेक अरू कुनै उपाय छैन, उनीहरूबीच सम्बन्ध भएको हो वा हैन र पीडित १८ वर्षभन्दा कम उमेरको हो वा हैन भन्ने कुराले नै यो विषयको निष्कर्ष निकाल्छ ।

दोषी सावित नभएसम्म कसैलाई अपराधी भन्न पाइँदैन । कसैको गोपनीयतालाई भङ्ग गर्ने काम पनि कसैले गर्न नहुने खतिवडा बताउँछिन् । ‘अनुसन्धानको निष्कर्ष पर्खनुबाहेक अरू कुनै उपाय छैन,’ खतिवडाको ठम्याइ छ,‘उनीहरूबीच सम्बन्ध भएको हो वा हैन र पीडित १८ वर्षभन्दा कम उमेरको हो वा हैन भन्ने कुराले नै यो विषयको निष्कर्ष निकाल्छ ।’

हो,अहिलेलाई खतिवडाले भनेजस्तै अनुसन्धानको निष्कर्षबाट नै यो प्रकरणको पहिलो अध्याय सकिन्छ ।

यो पनि…
पल–समिक्षा : तनहुँको एउटा कोठादेखि प्रहरी अड्डासम्म
पल शाह प्रकरण : पक्ष/विपक्षमा विभाजित सिने क्षेत्र
पल शाह प्रकरण : कसरी अघि बढ्दैछ कानुनी प्रक्रिया ?
पल शाहमाथिको अनुसन्धानमा आयोगको यस्तो आग्रह



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले