English

दिव्या दत्ताका ‘क्रस’ अभिनेता जब भाइ बने…



पछिल्लो समय बलिउड अभिनेत्री दिव्या दत्त चर्चामा छिन् । उनलाई फिल्मभन्दा पनि वेबसिरिजले चर्चामा ल्याएको हो । दिव्याले हालै एक पुस्तकसमेत निकालेकी छन् ।

पुस्तकको प्रचारप्रसार गर्न एक शोमा पुगेकी दिव्याले आफ्नो क्रस सलमान खान र फरहान अख्तर रहेको बताएकी छिन् । ‘मलाई बलिउडमा दुई अभिनेता सलमान र फरहानमा क्रस थियो । तर, मलाई फिल्ममा दुवैको बहिनी बनाइयो,’ दिव्याले भनिन् ।

उनले सलमान आफूलाई बाल्यकालदेखि नै मन पर्ने बताइन् । ‘उनको मैने प्यार किया फिल्म हेरेपछि म फ्यान भएकी थिएँ । मलाई उनी निकै मन पर्छ । आफ्नो अंकलसँग आग्रह गरेर फोटो पनि खिचाएकी छु,’ दिव्याले भनिन् ।

उनले आफूलाई बाल्यकालदेखि नै फिल्ममा देखिने रहर जागेको बताइन् । ‘मलाई फिल्ममा आउन मन थियो । त्यसैले कतिपटक सलमानको छायांकन फस्ट लाइनमा बसेर हेर्ने गर्थेँ । सलमानले मलाई क्युट देखेर कतै फिल्म सिफारिस गर्छन् कि भन्ने लागेको थियो, तर त्यसो भएन,’ उनले भनिन् ।

दिव्याले वीरगतिमा सलमानको बहिनीको भूमिका निर्वाह गरेकी छिन् भने ‘भाग मिखा भाग’ मा फरहानको बहिनीको भूमिका निर्वाह गरिन् । उनले निर्वाह गरेको भूमिकालाई दर्शकले रुचाए । यद्यपि उनलाई त्यो भूमिका गर्न भने मन थिएन ।

यो पनि…
‘एफएलएफ अवार्ड’ को मनोनयन सार्वजनिक
आइटम गीतमा करोडौं पारिश्रमिक लिन्छन् यी अभिनेत्री



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested