English

आफ्नो बायोग्राफी पुस्तकका लागि १५ करोडको सम्झौता



हलिउड पप स्टार ब्रिटनी स्पियर्स पुनः चर्चामा छिन् । हलिउडकी लोकप्रिय यी गायिका अब लेखक भएर पाठकमाझ आउने तयारीमा छिन् । उनले प्रख्यात प्रकाशक सिमोन एन्ड सुस्टरका साथ एक पुस्तक प्रकाशनका लागि सम्झौता गरेकी छन् । यो पुस्तकमा ब्रिटनीको बायोग्राफी हुनेछ ।

उनले पुस्तकका लागि १५ मिलियन अमेरिकी डलरको सम्झौता गरेकी छन् । सिमोन एन्ड सुस्टरले ब्रिटनीको जिन्दगीमा लेखिएको किताबको अधिकार आफूले लिइसकेको छ । पुस्तकमा ब्रिटनीको करियर, सम्बन्ध र पिता जेम्स स्पियर्सको संरक्षकत्वको समयमा गायिकाको जीवनमा आएको उतारचढावलाई लेखिनेछ ।

ब्रिटनी स्पियर्सको जिन्दगीमा आधारित यो पुस्तक हालसम्मकै सबैभन्दा ठूलो पुस्तक हुनेछ । ब्रिटनी पनि आफ्नो कथालाई विश्वसामु पढाउन र सुनाउन निकै उत्साहित छिन् ।

‘ब्रिटनी स्पियर्सको जिन्दगीमा आधारित यो पुस्तक हालसम्मकै सबैभन्दा ठूलो पुस्तक हुनेछ । ब्रिटनी पनि आफ्नो कथालाई विश्वसामु पढाउन र सुनाउन निकै उत्साहित छिन्’, सिमोन एन्ड सुस्टरले भनेको छ ।

सन् २०२१ को नोभेम्बरमा ब्रिटनीले पिता जेम्सको संरक्षकत्वबाट स्वतन्त्रता पाएकी थिइन् । लसएञ्जल्स काउन्टी सुपेरियर कोर्टका न्यायाधीस ब्रेन्डा पेनीले गायिका ब्रिटनीको संरक्षकत्वलाई टुंग्याउने फैसला सुनाएकी थिइन् । संरक्षकत्व टुंगिनुअघि ब्रिटनीका पिताले उनको व्यावसायिक, सामाजिक र आर्थिक निर्णय लिने गर्दथे । संरक्षकत्वबाट मुक्ति मिलेपछि ब्रिटनी पूर्ण रूपमा आफ्नो सम्पत्तिको आफैं मालिक बनेकी छन् ।

ब्रिटनी मानसिक पमा अस्वस्थ भएपछि सन् २००८ देखि पिता जेम्सले उनको संरक्षकत्वको जिम्मेवारी लिँदै आएका थिए । उनले पितामाथि मानसिक शोषण, घरमा बन्द गरेको, पैसा आफैंले राखेको र आफ्नो विवाह तथा सन्तान जन्माउन नदिएको जस्ता गम्भीर आरोप लगाएकी थिइन् ।

यो पनि…
‘एफएलएफ अवार्ड’ को मनोनयन सार्वजनिक
आइटम गीतमा करोडौं पारिश्रमिक लिन्छन् यी अभिनेत्री



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested