English

पल प्रकरण : गायिका ‘नाबालिग’ भएकोमा एलिना चौहानको आशंका



गायिका एलिना चौहानले जबरजस्ति करणी आरोपमा पक्राउ परेका पल शाहप्रति सहानुभूति दर्शाएकी छिन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले जाहेरी दिने गायिका ‘नाबालिग’ भएको विषयमा आशंका व्यक्त गरेकी हुन् ।

चौहानले भनेकी छिन्, ‘तिमी नाबालिका हौ भनेर कहिँ प्रमाणित भएको अवस्था देखेको छैन । भन्न त तिमीले सबैलाई आफ्नो उमेर भनेकी थियौ तर कानूनले प्रमाणमा विश्वास राख्छ र त्यो तिमीले कानूनलाई बुझाएकी छौ होला । नाबालिका प्रमाणित भएको खण्डमा कानूनले त्यसकै अनुरूप तिमीलाई न्याय दिनेछ ।’

आरोपी पलप्रति सहानुभूति दर्शाउँदै चौहानले आज लागेको आरोपले उनीप्रतिको सम्मान थोरैपनि विचलित नभएको बताएकी छिन् । ‘आज जुन आरोपले तपाईं प्रहरी हिरासतमा बस्नु परेको छ, त्यो झूटो सावित भयो भने सबैभन्दा पहिला तपाईंको खुट्टा तान्नेहरूको अनुहार हेर्नुहोला र जीवनमा धेरै महंगो पाठ सिकेँ भनेर महसुस गर्नुहोला ।’

 स्टाटस

केहि दिनदेखि सामाजिक संजालमा चलि रहेको विषयमा मलाई केहि भन्न मन लाग्यो । कृपया पुरा पढेर मात्र आफ्नो बिचार व्यक्त गर्नु होला ।

बहिनी समिक्षालाई

प्रिय समिक्षा बहिनी मलाई तिम्रो धेरै माया लाग्छ । किनकि हामीले झण्डै एउटै समयमा यो क्षेत्रमा पाईला अघि बढाएका थियौ । अझ साहानुभुनती त तिमीले भनेझै तिमी नाबालिका भएर पाएकि छौ । तिमीसंगको सहकार्यमा गरेका धेरै कामहरु मेरा सफल बनेका छन् । तिमी र म बिच धेरै नजिकको सम्बन्ध छ तर यो सम्बन्ध रहिरहँदा तिमीले मलाई आज बाहिर सुनि रहेका कुराहरु कहिल्यौ सुनाएकि थिएनौ । हुन त आज तिमीले लगाएको पल दाजु प्रतिको आरोप के हो, त्यसको वास्तबिक्ता केलाउने अदालतको काम हो । यदि तिमी सत्य छौ भने तिमीले भोग्नु परेको दुःखको चिन्ता नलिनु । बाहिरको अफवाह झुठो भई तिमीले भनेझै सबै कुरा सबुत प्रमाणका आधारमा प्रमाणीत भए पक्कैपनि तिमीले न्याय पाउने छौ । अहिले तिमी गलत छौ या सहि कसैले भन्न सक्ने अधिकार कानुनले दिएको छैन । बाहिर आएको अडियो रेकर्ड र केहि अन्तर्वार्ता कति तिम्रो पक्षमा छन् अनि कति तिम्रो बिपक्षामापनि उभिएका छन् । तिमी नाबालिका हौ भनेर कहिँ प्रमाणित भएको अवस्था देखेको छुईन । भन्न त तिमीले सबैलाई आफ्नो उमेर भनेकि थियौ तर कानुनले प्रमाणमा विस्वास राख्छ र त्यो तिमीले कानुनलाई बुझाएकि छौ होला । नाबालिका प्रमाणीत भएको खंडमा कानुनले त्यस्कै अनुरुप तिमीलाई न्याय दिनेछ । तिमी अन्यायमा परेकि हौ भने सबैले तिमीलाई मदत गर्नेछन् । मपनि तिम्रो साथमा छु । अब सत्यतामा बसेर आफ्नो अडान राख्नु ।

दादा पललाई

आदरणीय दाई पल शाहा प्रति मेरो उत्तिकै सम्मान छ । तपाई मा लागेको आजको आरोपले तपाई प्रतिको सम्मानमा थोरैपनि बिचलित बनाएको छैन । एउटा सामान्य भिडियो इडिटर भएर कलाकारीता जगतमा छिरेर आज उभिनु भएको स्थानमा हजुर सजिलै पुग्नु भएको पक्कैपनि छैन । बिगतका दिनमा हजुरले गर्नु भएको समाज सेवाहरु सबैका लागी प्रेरणाको स्रोत बनेको थियो । हजुरसंग भएको सहकार्यमा म कहिल्यो निरास बन्नु परेको थिएन् । हजुरको काम प्रतिको लगनशील्ता र आत्मविश्वासले गीत संगीत क्षेत्रलाई अझ माथी उठाएको पक्कै हो । आज जुन आरोपले तपाई प्रहरी हिरासतमा बस्नु परेको छ त्यो झुठो साबित भयो भने सबैभन्दा पहिला तपाईको खुट्टा तान्नेहरुको अनुहार हेर्नुहोला र जिवनमा धेरै महंगो पाठ सिके भनेर महशुस गर्नुहोला । प्रगति यस्तो शब्द रहेछ जस्ले आफ्नो विपक्षमा ईर्ष्या बोलाउँदो रहेछ । हो त्यस्को आहारा भन्नु पर्यो तपाई आज । बाहिर आएको अडियोहरुमा के कतिको सत्यता छ त्यसलाई अहिलेनै बिचार गरी हाल्न सक्ने अवस्था र बौदिक्ता म मा छैन । हजुर स्वयं प्रहरीको रिरासतमा गई अनुसन्धानलाई सगाउनु नै ठूलो कुरा हो । लागेको आरोप झुठो ठहरीए तपाईसंगै मपनि खुशीको पात्र बन्ने छु ।

शुभचिन्तकलाई

आज गरेको कर्मले भोलीको आफ्नो भविष्य निर्धारण गर्छ । हिजो पल दाजुलाई हाई हाई भनेका शुभचिन्तक आज कोहि समिक्षा बहिनीलाई सहि मान्दै हुनु हुन्छ होल त कति समिक्षाका शुभचिन्तक उनि गलत हो भनेर बस्नु भएको होला । तपाईहरु त हाम्र लागी जिउँदो भग्वान हो । तपाईहरु बिना हामी अधुरा छौ । आफ्नो मान्छेलाई आरोप लाग्दा र आफ्नो मान्छेलाई पिडा परेको झट्ट सुन्दा अर्को पक्षालाई नराम्रो लाग्नु स्वाभाविक हो । हो त्यसैको उदाहरण स्वरुप आज पक्ष बिपक्ष भई आ-आफ्नो मान्छेलाई साथ दिई रहनु भएको छ । तपाई दर्शकहरु कहिल्यौ गलत हुनु हुन्न र हुन सक्नुपनि हुन्न । तपाईहरुलाई गलत देख्ने त हामी गलत हौ । तपाईहरुसंग जन्मिदै रगतको नाता लिएर आएको होईनौ कि हरेक गलत कुरालाई तपाईहरु सहि मानि दिनु हुन्छ । तपाई दर्शकहरुको नगरमा जे गलत छ त्यो गलतनै हुनेछ ।

गीत संगीतमा बहिनी समिक्षा र दाजु पल ले गर्नु भएको योगदान अविस्मरणीय छ । न यो क्षेत्रले यती सानो उमेरमा यती मीठो गाउने अर्को समिक्षा पाउला न नै यती लगनशील नायक पाउला । यी दुवै पात्र यो क्षेत्रको लागी उत्तीनै आवस्यक छ र रहनेछपनि । दुवैलाई यो क्षेत्रबाट अलग राखेर हेर्ने मन मलाई छैन । दुवैको सहकार्यमा बनेको म्युजिक भिडियोले तारीफ मा तारीफ पाएको थियो । कसैले यो दिन आउँछ, सोचेको थिएन होला ।

कानुनका खाका पल्टाउँदै जाँदा को कति दोशी छ त्यो त भोली अदालतले आफ्नो फौसलामा समाबेस गर्ला र त्यहि बमोजिमको सजाय भोग्नै पर्ने हुन्छ । कानुन भन्दा माथी कोहि छैन त्यसैले कानुनको फौसला नमानेर कोहि बिजेता हुनेछैन । अब लडाई समिक्षा र पलको होईन न नै समिक्षा र पलले लड्नु पर्ने छ । अब कानुनमा रहेर कानुनका विद्धवानहरुले लडाई लड्ने छन् । हामी त बस सत्यताको पर्खाईमा छौ । थोरै ढिलो होला तर सत्य लुक्नेछैन । दुवैलाई शुभकामना ।
नोटः पिडित पक्षको नाम खुलाउन नमिल्ने भएतापनि सबैलाई थाहा भएको हुनाले मैले खुलाएकी हुँ । माथी उल्लेखीत कुराहरुमा म गलत भए माफि चाहान्छु ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested