के हो सेक्स एडिक्सन ?



कुनै पनि चिजको लत लाग्नु एक किसिमको मानसिक विकृति हो । यसैगरी, बार-बार यौनको बारेमा सोचिरहनु या कुनै पनि महिलालाई देख्नेबित्तिकै उत्‍तेजित हुनु, पनि मानसिक समस्या हो । अध्ययनका अनुसार जो मान्छेले यस मामलामा आफैँले आफैँलाई काबुमा राखेको हुँदैन उसले आफैँलाई नोक्सानी गरिरहेको हुन्छ ।

मनोवैज्ञानिकहरू यस विकृतिलाई एक मानसिक दशाको रूपमा परिभाषित गर्ने गर्छन् । उनीहरू यदि कुनै पनि मान्छे छ महिनासम्म लगातार यौनको बारेमा सोचिरहन्छ भने त्यसलाई यौनको लत या ‘सेक्स एडिक्सन’ मान्ने गरिन्छ ।

यौन लतको लक्षणहरू

बारम्बार यौन भिडियो हेर्ने इच्छा हुनु

यौन लतको मुख्य लक्षण भनेको नै बारम्बार यौनजन्य भिडियो हेर्ने कोसिस गर्नु हो । सधैँ यौनको बारेमा कुरा खेल्नु र आफूले हेर्ने सामाजिक सञ्जालका सामग्रीहरूमा समेत यौनकै कुरा खेलाउनु पनि यौन लतको कारण हो ।

यौन सम्पर्क राख्ने इच्छा भइरहनु

यौन लत लागेका मान्छे जोकोहीसँग पनि यौन सम्पर्क राख्ने इच्छा व्यक्त गरिरहेका हुन्छन् । उनीहरूले आफ्नो पार्टनरलाई केवल एक यौनजन्य वस्तुको रूपमा मात्रै देख्ने गर्छ ।

एक्लोपना

यस्ता मान्छेहरू एक्लोपनाको शिकार हुने गर्छन् । यसका अलावा यस्ता मान्छेहरू आफ्नो सारा समय केवल यौनको बारेमा सोचेर नै व्यतित गर्ने गर्छन् ।

हस्‍तमैथुन

हुन त यो प्राकृतिक प्रक्रिया हो । तर, यदि कुनै व्यक्तिलाई बारम्बार हस्तमैथुन गर्ने इच्छा हुन्छ भने सम्झिनुहोस् कि तपाईंलाई यौन लत लागिसकेको छ ।

डिप्रेसन, चिन्ता र मदिराको लत

यदि तपाईं यौन सम्बन्धको शुरुवाती समयमा हुनुहुन्छ भने यस कार्यले सायदै तपाईंलाई भित्रैदेखि खुसी महसुस गराउने गर्छ । यस्तो मान्छे मनमनै आफूलाई खाली या दोषी महसुस गर्ने गर्छन् । यस्ता मान्छे सधैं डिप्रेसन, बेचैनी या चिन्ताको शिकार हुने गर्छन् ।

यौनको लतबाट बच्ने तरिका

यस मामलामा मनोचिकित्‍सकको मद्दत लिन सकिन्छ । यसका अलावा एन्टी-एन्ड्रोजेनिक औषधिहरूले समेत शरीरमा पुरुष हार्मोनको स्तरलाई कम गरेर यौनको इच्‍छालाई कम गर्न मद्दत गर्ने गर्छ ।

यसका साथै साथीहरूको संगतमा लाग्नु र घुमफिर गरे यौनको लतबाट केही कम बच्न सकिन्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ महानगरका मेयर बालेन शाहको कार्यालय अगाडी आफूलाई ईः भन्न रुचाउने २८ वर्षीय युवा बिहीबार देखि नै लगातार उभिएर विरोध

सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना

‘झट्ट हेर्दा न्याउरी मुसाजस्तै देखिने पानीमा बस्ने दुर्लभ प्राणी ‘ओत’ पहिले–पहिले चितवनमा पनि थियो भन्ने कुरा अङ्कलहरूबाट सुनेको थिए, योपटक

हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा सोमबार राजधानीस्थित पशुपतिनाथ मन्दिर परिसरमा बिहान करिव ३ बजे देखि नै भक्तजनहरुको ठूलो घुइँचो