English

‘कलेजमा केटी साथीसँग बोल्न लजाउँथेँ !’



झापास्थित विद्योदय शिशु सदन विद्यालयबाट २०६० मा एसएलसी (एसईई) दिएँ । उत्कृष्ट श्रेणीमा पास भएँ ।

नतिजा राम्रो भएकाले विज्ञान विषय पढ्ने चलन थियो । मैले पनि डाक्टर बन्ने निधो गरेँ । साइन्स विषय लिएर बानेश्वरस्थित कोलम्बस एकेडेमीमा प्लसटु भर्ना भएँ । ११ देखि ४ बजेसम्म कलेज लाग्थ्यो । कक्षा ११ मा नियमित कलेज गएँ । तर, कक्षा १२ मा जन्डिस लाग्यो । कलेज नियमित जान सकिनँ ।

यहाँ पढ्दा शैक्षिक भ्रमणका लागि गोदावरी गएका थियौँ । त्यहीबाट प्राक्टिकल पनि बनाउनु थियो । विभिन्न बोटविरुवाका साइन्टिफिक नाम संकलन गरेका थियौँ । सँगसँगै रमाइलो पनि गरियो ।

कलेज बंक गरिएन । प्राइभेट कलेज भएकाले बंक गर्दा घरमा फोन जान्थ्यो । साथीहरूसँग कहिले कही कलेज लाग्नु अगाडि वा बिदापछि फिल्म हेर्न, ड्राइफुडको पिकनिक गइन्थ्यो । त्यसो त कलेज पढ्दा अनुशासित विद्यार्थी नै थिएँ ।

खाजा कलेजको क्यान्टिनमै खाइन्थ्यो । त्यसपछि, बानेश्वरको चोकस्थित रहेको चार्ट र मिठाइ पसलमा साथीहरू बीच भेटघाट हुने, खाने रमाइलो गर्ने जक्सन नै थियो ।

कलेज पढ्दा लजालु स्वभावको थिएँ । जसकारण साथीहरू पनि सीमित छन् । जुन अहिले पनि सम्पर्कमा छन् । केटीसँग त बोल्न नै सक्दिनथिएँ । लभ अफेयरको कुरा के गर्नु ।

प्लस टुपछि डाक्टर पढ्नका लागि धेरै कोशिस गरेँ तर सफल हुन सकिनँ । कलाकारितातिर लागेँ । प्लस टुपछि डाइरेक्सन र स्क्रिप्टको अध्ययनका लागि युके गएँ । त्यहाँ करिब डेढ वर्ष बसेँ ।

फर्केर यताको औपचारिक पढाइलाई निरन्तरता दिएँ । मानविकी संकाय (ग्रामीण विकास र समाजशास्त्र) मा सिफलस्थित न्युटन इन्टरनेसनल कलेजमा स्नातक तह भर्ना भएँ । कलाकारिताका लागि संघर्ष गर्दै थिएँ । कलेज नियमित गर्न जना सकिनँ । आफैँ पढेर स्नातक तह पास गरेँ । कलाकारितामा भिजिसकेकाले औपचारिक पढाइलाई निरन्तरता दिन सकिनँ । अब आउँदो शैक्षिक सत्रमा स्नाकोत्तरमा भर्ना हुँदै छु ।

यो पनि…
र्यापर बालेन शाह भन्छन्,–‘ इन्जिनियरिङमा युर्निभसिटी टप गरेँ’
‘कलेजको गेट भित्रबाटै ढुंगा हानियो’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,