धर्मेन्द्रसँग जोडिएको एक किस्सा



बलिउडका दिग्गज कलाकारमध्ये एक धर्मेन्द्रसँग जोडिएको धेरै किस्सा र कथा आज पनि सुनिन्छ र सुनाइन्छ । यहाँ धर्मेन्द्रसँग जोडिएको एउटा यस्तै किस्सा छ । यो किस्सा फिल्म ‘आए दिन बहार’को सुटिङताकाको हो । यो किस्सालाई धर्मेन्द्र आफैंले एक टेलिभिजन शोमा सुनाएका छन् ।

यो फिल्म सन् १९६६ मा रिलिज भएको थियो । यो त्यस समयको हिट फिल्ममा पर्दथ्यो । फिल्ममा धर्मेन्द्रको अपोजिटमा अभिनेत्री आशा पारेख थिइन् ।

आशालाई धर्मेन्द्रले जुबली पारेख भनेर बोलाउने गर्थे । किनकि आशा कोही पनि अभिनेतासँग काम गर्दा त्यो फिल्म हिट हुन्थ्यो । यो फिल्मको सुटिङ सकिएपछि धर्मेन्द्र फिल्मका निर्देशक तथा अन्य सदस्यसँग अबेर रातसम्म मदिरा पिउँथे ।

धर्मेन्द्रका अनुसार जब उनी बिहान सुटिङमा जान्थे, त्यो बेला उनको मुखबाट मदिराको गन्ध आइरहन्थ्यो । त्यहीकारण मदिराको गन्ध नआओस् भन्नका लागि उनी प्याज खान्थे ।

‘एकपटक आशाले ‘धर्मेन्द्रको मुखबाट मदिराको गन्ध आउँछ’ भनेर गुनासो गरिछन् । त्यसपछि मैले मेरो समस्या सुनाएँ । त्यसपछि आशाले मलाई मदिरा नपिउन सल्लाह दिनुभयो । त्यसपछि हामी राम्रो साथी बन्यौं’, धर्मेन्द्रले भनेका छन् ।

यो पनि…
‘एफएलएफ अवार्ड’ को मनोनयन सार्वजनिक
आइटम गीतमा करोडौं पारिश्रमिक लिन्छन् यी अभिनेत्री



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना

साहित्यकार बिन्दु सुवेदीको दोस्रो नियात्राकृति ‘युरोप यात्राका संस्मरण’ लोकार्पण गरिएको छ । बुधबार काठमाडौँस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.

हरितालिका तीजको पूर्व सन्ध्यामा माइती नेपालले हरेक वर्षझैँ यो वर्ष पनि दर खाने कार्यक्रम गरेको छ । शुक्रबार भएको कार्यक्रममा

कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले बानेश्वरस्थित एनबी सेन्टरमा आइएनआइ सिनेमाको फ्रेन्चाइज अन्तर्गत सिनेमा हल सञ्चालनमा ल्याएका छन् । शुक्रबार