English

धर्मेन्द्रसँग जोडिएको एक किस्सा



बलिउडका दिग्गज कलाकारमध्ये एक धर्मेन्द्रसँग जोडिएको धेरै किस्सा र कथा आज पनि सुनिन्छ र सुनाइन्छ । यहाँ धर्मेन्द्रसँग जोडिएको एउटा यस्तै किस्सा छ । यो किस्सा फिल्म ‘आए दिन बहार’को सुटिङताकाको हो । यो किस्सालाई धर्मेन्द्र आफैंले एक टेलिभिजन शोमा सुनाएका छन् ।

यो फिल्म सन् १९६६ मा रिलिज भएको थियो । यो त्यस समयको हिट फिल्ममा पर्दथ्यो । फिल्ममा धर्मेन्द्रको अपोजिटमा अभिनेत्री आशा पारेख थिइन् ।

आशालाई धर्मेन्द्रले जुबली पारेख भनेर बोलाउने गर्थे । किनकि आशा कोही पनि अभिनेतासँग काम गर्दा त्यो फिल्म हिट हुन्थ्यो । यो फिल्मको सुटिङ सकिएपछि धर्मेन्द्र फिल्मका निर्देशक तथा अन्य सदस्यसँग अबेर रातसम्म मदिरा पिउँथे ।

धर्मेन्द्रका अनुसार जब उनी बिहान सुटिङमा जान्थे, त्यो बेला उनको मुखबाट मदिराको गन्ध आइरहन्थ्यो । त्यहीकारण मदिराको गन्ध नआओस् भन्नका लागि उनी प्याज खान्थे ।

‘एकपटक आशाले ‘धर्मेन्द्रको मुखबाट मदिराको गन्ध आउँछ’ भनेर गुनासो गरिछन् । त्यसपछि मैले मेरो समस्या सुनाएँ । त्यसपछि आशाले मलाई मदिरा नपिउन सल्लाह दिनुभयो । त्यसपछि हामी राम्रो साथी बन्यौं’, धर्मेन्द्रले भनेका छन् ।

यो पनि…
‘एफएलएफ अवार्ड’ को मनोनयन सार्वजनिक
आइटम गीतमा करोडौं पारिश्रमिक लिन्छन् यी अभिनेत्री



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested