English

बलिउड अभिनेत्री कंगना रनावतसम्बन्धी रोचक तथ्य



बलिउड अभिनेत्री कंगना रनावत अभिनयमा जति अब्बल छिन्, उनको बोल्ने शैली उत्तिकै कठोर छ । सामाजिक सञ्जालमा सक्रिय यी अभिनेत्री चाहे राजनीतिक होस् या सामाजिक, हरेक विषयमा बोलेर विवाद र चर्चामा आइरहन्छिन् । कंगनाका देखिएका यी कुरा सबैलाई थाहा भएकै हो । तर उनका केही नदेखिएका कुरा छन्, जो कमैलाई थाहा छ ।

कंगना बाल्यकालदेखि नै द्रुत गतिमा बढ्ने स्वाभावकी थिइन् । त्यहीकारण उनका पिता उनलाई ‘लेडी डायना’ भनेर बोलाउँथे । कंगनालाई परिवारले मेडिकल पढ्नका लागि नयाँदिल्ली पठाएका थिए । तर उनले अभिनयका लागि पढाइ नै छोडिन् ।

उनी एक प्रशिक्षित कत्थक नृत्यांगना पनि हुन् । कंगना खाली समयमा पुस्तक पढ्न र संगीत सुन्न मन पराउँछिन् । कंगनाको मनपर्ने फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’ हो । उनी अनुभवी बास्केटबल खेलाडी पनि हुन् ।

उनी शाकाहारी अभिनेत्री हुन् । यही कारण उनलाई सन् २०१३ मा पेटाले ‘हटेस्ट भेजिटेरियन’को उपाधि दिएको थियो । अभिनेत्री शबाना आजमीपछि कंगना सबैभन्दा धेरै नेसनल अवार्ड जित्ने अभिनेत्री हुन् ।

कंगना ज्योतिषमा बढी विश्वास गर्छिन् । घरमा पाएको खाना मनपराउँछिन् । उनको मनपर्ने परिकारमा दाल, भात र तरकारी हो। बिदा मनाउन उनको मनपर्ने स्थान लन्डन, पेरिस र न्युयोर्क हो । कंगनाको मनपर्ने रंग कालो हो ।

यो पनि…
‘एफएलएफ अवार्ड’ को मनोनयन सार्वजनिक
आइटम गीतमा करोडौं पारिश्रमिक लिन्छन् यी अभिनेत्री
यसरी ठगिइन् सनी लियोनी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

Latest










Popular
Suggested