English

नागिनका कलाकारले लिन्छन् यति पारिश्रमिक



भारतीय निर्मात्री एकता कपुरको सुपर नेचुरल शो ‘नागिन ६’ शनिबार राति टेलिभिजनबाट प्रसारण भयो । यो शोमा यसपटक तेजस्वी प्रकाश नयाँ नागिन अवतारमा दर्शकमाझ आइन् । यसपटक ‘नागिन’मा महक चलह र उर्वशी ढोलकियालाई पनि नागिन अवतारमा देखिँदैछ ।

एकताले कलाकार खोज्नका लागि निकै पैसा खर्च गरेकी छन् । त्यसो त यसअघि पनि धेरै अभिनेत्रीहरूले नागिन बन्नका लागि उनीहरूले मागे जति नै रकम पाएका थिए । यो सूचीमा करिश्मा तन्ना, मौनी राय, सुरभी ज्योती, अनीता हसनदानी, हिना खान, निया शर्मा, शायन्तनी घोष र सुरभी चान्दनाको नाम छन् ।

एकताले पहिलो नागिन मौनी रायलाई बनाएकी थिइन् । मौनीले ‘नागिन’को दुई सिजनमा काम गरिसकेकी छन् । उनले ‘नागिन’मा काम गर्नका लागि दुई लाख रुपैंयाँ पारिश्रमिक लिएकी थिइन् ।

करिश्मा तन्नाले पनि ‘नागिन ३’मा इच्छाधारी नागिन बनेर धमाल मच्चाएकी थिइन् । उनले प्रतिभाग ५० हजार पारिश्रमिक लिएकी थिइन् । तर, उनको भूमिका निकै छोटो थियो ।

‘नागिन ३’मा सुरभी ज्योतीले नागिन बनेर हंगामा मच्चाएकी थिइन् । फ्यानहरू सुरभीको नागिन लुक्सलाई आज पनि बिर्सेका छैनन् । उनले यो शोमा ६० हजार पारिश्रमिक लिएकी थिइन् ।

करिश्मा तन्नाले पनि ‘नागिन ३’मा इच्छाधारी नागिन बनेर धमाल मच्चाएकी थिइन् । उनले प्रतिभाग ५० हजार पारिश्रमिक लिएकी थिइन् । तर, उनको भूमिका निकै छोटो थियो ।

यो सूचीमा अनीता हंसनदानीको नाम छुट्दैन । अनीताले शोमा विशाखाको भूमिका निभाएकी थिइन् । उनी ‘नागिन’को सिजन ३ र ४ मा देखिइसकेकी छन् । उनले नागिन बन्नका लागि आफ्नो साथी एकता कपुरबाट प्रति एपिसोड ५० हजार रुपैयाँ लिएकी थिइन् ।

‘नागिन ४’मा शायन्तनी घोषले पनि नागिन बन्ने अवसर पाइन् । उनले नागिन बन्नका लागि २० हजार रुपियाँ मात्र पारिश्रमिक लिएकी थिइन् ।

हिना खानले ‘नागिन ५’को तीन एपिसोडमा मात्र काम गरिन् । उनले एकता कपुरबाट मागे जति पारिश्रमिक पाएकी थिइन् । उनले डेढ लाखदेखि तीन लाख रुपियाँसम्म पारिश्रमिक लिएकी थिइन् ।

अभिनेत्री हिना खानले ‘नागिन ५’को तीन एपिसोडमा मात्र काम गरिन् । उनले एकता कपुरबाट मागे जति पारिश्रमिक पाएकी थिइन् । उनले डेढ लाखदेखि तीन लाख रुपियाँसम्म पारिश्रमिक लिएकी थिइन् ।

‘नागिन ४’मा देखिएकी निया शर्माले यो शोमा काम गर्दा प्रतिएपिसोड ४० हजार पारिश्रमिक लिएकी थिइन् । पारिश्रमिकको मामलामा सुरभी चाँदनी पनि कोहीभन्दा कम छैनन् । उनले ‘नागिन ५’मा काम गर्नका लागि एक लाख २० हजार रुपियाँ मोटो रकम लिएकी थिइन् ।

‘नागिन ६’मा तेजस्वी प्रकाशलाई नागिन बनाउनका लागि एकता कपुरले पानी बगाएसरी पैसा बगाएकी छन् । यद्यपि उनले कति पारिश्रमिक लिइन् भन्ने कुरा खुलेको छैन । ‘नागिन ६’का लागि एकता कपुरले १३० करोड रुपियाँ लगानी गरेकी छन् ।

यो पनि…
‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम

आयुषले छाडे सलमानको फिल्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested