English

बृहस्पति अस्त, २९ दिनसम्म शुभकर्म गर्न नहुने



१० फागुनबाट बृहस्पति अस्त भएकाले अब २९ दिन ग्रहदोष र नित्य कर्मबाहेक अन्य शुभकर्म गर्न नहुने ज्योतिषले बताएका छन् । १० फागुन मंगलबार बिहान १० बजेर ३१ मिनेटदेखि पश्चिम दिशामा अस्ताएका गुरु बृहस्पति २९ चैत बुधवार बिहान ६ बजेर २ मिनेटमा पूर्व दिशाबाट शुभ समयमा उदय हुने पञ्चांग निर्णायक समितबाट स्वीकृत पञ्चाङ्गमा उल्लेख गरिछ ।

खगोलीय नियमअनुसार सूर्यसँग कुनै पनि ग्रह बस्दा, सूर्यको प्रकाशले अरु ग्रहहरूको बल र शक्ति कमजोर गराउने अंशमा पुगेमा ग्रहहरूको गति अस्त अवस्थामा हुन्छ ।

ज्योतिषशास्त्रअनुसार यस्तो समयमा नित्यकर्मबाहेक अन्य साइत जुराएर गर्नुपर्ने मांगलिक कार्य गर्न नहुने नियम रहेको ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए ।

आशिर्वाद दिने ग्रह नै कमजोर भएको समयमा शुभ कार्यहरूको फल प्राप्ति नहुने र गरेका कामहरू पूर्ण नहुने भन्ने शास्त्रीय वचन रहेको उनको भनाइ छ ।

हरेक समयमा ग्रहहरू अस्त र उदय भइरहने प्रक्रिया चलिरहने भन्दै उनले तर देबगुरु बृहस्पति र शुक्र ग्रह अस्त हुँदा शुभफल प्राप्तिको योग नरहने भएकाले शुभकर्म निषेध गरिएको हो ।

ज्योतिष रिजालका अनुसार अस्तको प्रभाव विशेषगरी सामाजिक, राजनीतिक तथा आर्थिक रुपमा पनि पर्ने छ । यस्तो समयमा कुनै पनि कर्य सफल नहुने योग निर्माण भएको छ ।

यो पनि
बुद्ध ध्यानमा हुँदा बच्चाहरूले के गरे ?
कोरोना संक्रमणदर घटेसँगै बढ्यो धार्मिक पर्यटकको चहलपहल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

आजबाट बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना । माटो तथा गोबरले घर शुद्ध बनाएर जमरा

Latest










Popular
Suggested