English

बृहस्पति अस्त, २९ दिनसम्म शुभकर्म गर्न नहुने



१० फागुनबाट बृहस्पति अस्त भएकाले अब २९ दिन ग्रहदोष र नित्य कर्मबाहेक अन्य शुभकर्म गर्न नहुने ज्योतिषले बताएका छन् । १० फागुन मंगलबार बिहान १० बजेर ३१ मिनेटदेखि पश्चिम दिशामा अस्ताएका गुरु बृहस्पति २९ चैत बुधवार बिहान ६ बजेर २ मिनेटमा पूर्व दिशाबाट शुभ समयमा उदय हुने पञ्चांग निर्णायक समितबाट स्वीकृत पञ्चाङ्गमा उल्लेख गरिछ ।

खगोलीय नियमअनुसार सूर्यसँग कुनै पनि ग्रह बस्दा, सूर्यको प्रकाशले अरु ग्रहहरूको बल र शक्ति कमजोर गराउने अंशमा पुगेमा ग्रहहरूको गति अस्त अवस्थामा हुन्छ ।

ज्योतिषशास्त्रअनुसार यस्तो समयमा नित्यकर्मबाहेक अन्य साइत जुराएर गर्नुपर्ने मांगलिक कार्य गर्न नहुने नियम रहेको ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए ।

आशिर्वाद दिने ग्रह नै कमजोर भएको समयमा शुभ कार्यहरूको फल प्राप्ति नहुने र गरेका कामहरू पूर्ण नहुने भन्ने शास्त्रीय वचन रहेको उनको भनाइ छ ।

हरेक समयमा ग्रहहरू अस्त र उदय भइरहने प्रक्रिया चलिरहने भन्दै उनले तर देबगुरु बृहस्पति र शुक्र ग्रह अस्त हुँदा शुभफल प्राप्तिको योग नरहने भएकाले शुभकर्म निषेध गरिएको हो ।

ज्योतिष रिजालका अनुसार अस्तको प्रभाव विशेषगरी सामाजिक, राजनीतिक तथा आर्थिक रुपमा पनि पर्ने छ । यस्तो समयमा कुनै पनि कर्य सफल नहुने योग निर्माण भएको छ ।

यो पनि
बुद्ध ध्यानमा हुँदा बच्चाहरूले के गरे ?
कोरोना संक्रमणदर घटेसँगै बढ्यो धार्मिक पर्यटकको चहलपहल



सम्बन्धित खबरहरु

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

आजबाट बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना । माटो तथा गोबरले घर शुद्ध बनाएर जमरा

सोह्र श्राद्ध वा पितृ पक्ष हिन्दू धर्म संस्कृतिमा एक अत्यन्तै महत्वपूर्ण संस्कार हो । यसलाई केवल धार्मिक परम्परा मात्र नभई

Latest










Popular
Suggested