English

एमसीसीबारे सत्तापक्षमा कित्ताकाट



सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच मंगलबार प्रधानन्यायाधीश जबरा र एमसीसीको विषयमा वार्ता भएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच मंगलबार बिहान छलफल भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन शीर्ष नेताबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावपछिको विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए ।

बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनमा टेबुल गर्ने नगर्ने विषयमा पनि छलफल भएको छ ।

महाभियोग र एमसीसीले नेपाली राजनीतिमा उत्पन्न तरङ्गकै बीच सभामुख अग्निप्रसाद सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा एमसीसी र संसद् सुचारु गर्ने जस्ता राष्ट्रिय महत्त्वका विषयमा सहमति जुट्ने अपेक्षा गरिएको थियो । तर, सत्तापक्षमै यी विषयमा फरक–फरक दृष्टिकोण आउँदा कित्ताकाटको जस्तै अवस्था उत्पन्न हुन पुग्यो ।

संसद् सुचारु गर्ने र नियमित काम कारबाही अघि बढाउने उद्देश्यले सभामुख सापकोटाले बोलाएको सोमबारको सर्वदलीय बैठकमा सत्तापक्षकै नेताहरू एमसीसीको विषयलाई लिएर कित्ताकाटको अवस्थामा पुगेका हुन् ।

एमसीसी जसरी पनि संसद्मा टेबल गर्नुपर्ने प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा र राष्ट्रिय सहमतिबिना अघि बढाउन नहुने अन्य नेताको अडानका कारण सर्वदलीय बैठकमा ठोस सहमति जुट्न नसकेको बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालको भनाइ छ ।

यो पनि…
एमाले मेलामा खड्गप्रसादले देखाएको चटक
सम्पादकीय : हामी कस्तो न्यायालय चाहन्छौं ?



सम्बन्धित खबरहरु

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

जेनजी आन्दोलनपछि नेपालको राजनीतिक र सामाजिक संरचना एकैपटक हल्लिएको छ । यो आन्दोलन केवल युवाहरूको भावनात्मक विस्फोट होइन पुराना राजनीतिक

हरेक क्रान्ति वा आन्दोलनले एउटा सपना बाँडेको हुन्छ, सुखद् भविष्यको कल्पना गरेको हुन्छ । आम जनतामा उत्साहको लहर ल्याएको हुन्छ

जेनजीको आह्वानमा गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका नागरिकहरूको सम्झनामा नयाँ बानेश्वर, काठमाडौंँस्थित संसद भवन अगाडि दीप प्रज्वलन गरिएको छ। सरकारले

Latest










Popular
Suggested