English

यसकारण मनाइन्छ ‘भ्यालेन्टाइन डे’



नेपाली बृहत् शब्दकोश अनुसार ‘मोह–बस कसैप्रति हुने हार्दिकतायुक्त अनुराग नै माया हो ।’ ‘जीवनलाई बन्धनमा राख्ने मोहरुपी शक्ति नै माया हो ।’

‘वेदान्तका अनुसार सम्पूर्ण सृष्टि र प्रपञ्जको कारण मानिने ईश्वरको अलौकिक तथा अदृश्य शक्ति, लीला नै माया हो ।’

संसरमा यस्ता अमर प्रेमी छन् जो उपन्यासमा मात्रै सीमित भए पनि विश्वले अमर प्रेमीको रुपमा सम्मान गरेको छ । उदारहणका लागि–रोमियो जुलिएट, हीर–राँझा, लैला–मज्नु ,मुना–मदन । जो चोखोसाँचो मायाका अमर प्रेमीको प्रतिकका रुपमा विश्वभर प्रख्यात छन् ।

‘आजको दिन विशेष गरी ती व्यक्तिका लागि खास छ, जसले साँचो अनि चोखो प्रेम गरेको हुन्छ, जो व्यक्तिले एकतर्फीबाट मात्र माया गरेको हुन्छ ती व्यक्तिका लागि आजको दिन आफ्नो प्रेम प्रस्ताव राख्न अत्यन्त खास छ ।’

‘आजको दिन विशेष गरी ती व्यक्तिका लागि खास छ, जसले साँचो अनि चोखो प्रेम गरेको हुन्छ, जो व्यक्तिले एकतर्फीबाट मात्र माया गरेको हुन्छ ती व्यक्तिका लागि आजको दिन आफ्नो प्रेम प्रस्ताव राख्न अत्यन्त खास छ ।’

आजको दिन विशेष रुपमा प्रेम पूजारी भ्यालेन्टाइनको सम्झनाको रुपमा मनाइन्छ ।

कुनै बेला इटलीको रोमनमा क्लाउडियस द्वीतिय नामक सम्राट्ले शासन गर्दथे । उनी अन्यन्त क्रुर, निरंकुश शासक थिए । उनी जवान युवाले विवाह गरेमा परिवार छाडेर युद्धमा जान तयार हुँदैनन् भन्ने सोच्दथे । जसकारण उनले युवालाई प्रेम, विवाह गर्न प्रतिबन्ध लगाएका थिए ।

भ्यालेन्टाइन सम्राटविरुद्धमा थिए, किनभने उनी प्रेममा विश्वास गर्दथे । माया प्रेम ईश्वरको वरदान हो, माया प्रेम गरे ईश्वर प्रसन्न हुन्छन् भन्ने धारण राख्दथेँ ।

‘प्रेम गर्नु पाप होइन ,प्रेम गर्नुपर्छ, प्रेम ईश्वरले दिएको वरदान हो, प्रेम गरे, ईश्वर प्रसन्न हुन्छन्’ भन्ने प्रेम पूजारी भ्यालेन्टाइनको सम्झनामा ‘भ्यालेन्टाइ डे ’ मनाउन थालिएको हो ।

उनले राज्यका युवायुवतीलाई प्रेम गर्नु पाप होइन प्रेम गर्नुपर्छ भनेर प्रेमको परिभाषा दिँदै प्रेम गर्न उत्प्रेरित गर्थे । त्यति मात्र नभएर उनले जवान युवायुवतीको जोडी बनाएर विवाहसमेत सम्पन्न गराएका थिए । त्यो देखेर क्लाउडियस द्वीतिय क्रोधित भएर मृत्युदण्ड दिने फैसला गरे ।

राज्यको नियमको उल्लंघन गरेको आरोपमा ईपू् २७० फेब्रुअरी १४ मा उनलाई मृत्युदण्ड दिइएको थियो । ‘प्रेम गर्नु पाप होइन ,प्रेम गर्नुपर्छ, प्रेम ईश्वरले दिएको वरदान हो, प्रेम गरे, ईश्वर प्रसन्न हुन्छन्’ भन्ने प्रेम पूजारी भ्यालेन्टाइनको सम्झनामा ‘भ्यालेन्टाइ डे ’ मनाउन थालिएको हो । उनलाई चिरञ्जिवी तुल्याए पनि सबै समक्ष अहिले पनि उनी अमर छन् ।

एक अर्कालाई मायाको चिनोको रुपमा विभिन्न उपहार दिएर आजको दिन विश्वभर उत्सवको रुपमा प्रेमीप्रेमीकाले उत्साहका साथ ‘भ्यालेन्टाइन डे’मनाउँछन् ।

यो पनि
प्रेममा अडिएको जीवन
आज भ्यालेन्टाइन डे : यस्ता उपहार दिन सकिन्छ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested