English

भ्यालेन्टाइनमा यसरी घरमै बनाउनुहोस् चकलेट



भ्यालेन्टाइन विकको आज तेस्रो दिन अर्थात्, चकलेट डे । चकलेट डेको अवसरमा तपाईंले आफ्नै हातले घरमै चकलेट बनाएर आफ्नो पार्टनरलाई खुवाउन पनि सक्नुहुन्छ । यसका लागि तपाईंले घरमै बदाम चकलेट, काजु चकलेट, नरिवल वा जुनसुकै चकलेट बनाउन सक्नुहुन्छ । यसरी सजिलै घरमा चकलेट बनाउनुहोस् ।

चकलेट सामग्री

नरिवलको तेल वा बटर– ३/४ कप
चिनी – १ कप
कोको पाउडर– ३/४ कप
दूध पाउडर– २/३ कप
भेनिला एसेन्स– १ चम्चा
काजु, बदाम, नरिवल– एक कप

बनाउने तरिका

– सबैभन्दा पहिले पानी तताउनुहोस् ।

– पानी तातेपछि त्यसमाथि एउटा ठूलो कचौरा राखी त्यसमा नरिवलको तेल हाल्नुहोस् ।

– त्यसपछि यसमा चिनी, कोको पाउडर र दूध पाउडर मिसाउनुहोस् ।

– एकछिन पछि यसमा भेनिला एसेन्स, काजु, बदाम, तथा कोरेको नरिवल हालेर चलाउनुहोस् ।

– अब यसलाई राम्ररी मिलाएर रेशमी आकार नभएसम्म पकाइरहनुहोस् ।

पूरा पाकेपछि अब यसलाई स–साना डल्लाहरू बनाई चकलेट खान सकिन्छ ।


यो पनि…
यी हुन् पुरुषले फेसनमा ध्यान दिनैपर्ने कुराहरु
तोरीको तेल : जसले पुर्याउँछ शरीरलाई यस्तो फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested