English

भ्यालेन्टाइन डे को लागि भारतबाट दुई लाख बढी गुलाब ल्याइँदै



फ्लोरिकल्चर एशोसिएसन नेपाल (फान) ले यस वर्षको भ्यालेन्टाइन डे लाई लक्षित गरी भारतबाट दुई लाख सात हजार थान (स्ट्रिम) गुलाबको फूल ल्याउने भएको छ । ‘यस वर्षको भ्यालेनटाइन डेलाई लक्षित गरी हामीले भारतबाट दुई लाख सात हजार थान गुलाबको फूल मगाएका छौं,’ फानका अध्यक्ष मीनबहादुर तामाङले भने, ‘एक करोड रूपैयाँको गुलाब भारतबाट ल्याउँछौ ।’

भ्यालेनटाइन डेु पश्चिमी संस्कृति भए पनि पछिल्ला वर्षहरूमा नेपालमा यो दिनलाई युवायुवतीले विशेष रूपमा मनाउने गरेका छन् । १४ फेब्रुअरी लाई भ्यालेनटाइन डे अर्थात प्रणय दिवसको रूपमा विश्वभर मनाउने गरिन्छ ।

भ्यालेनटाइन डेको दिनमा आफूले माया गर्ने व्यक्तिलाई गुलावको फूल दिने प्रचलन रहेको छ । सोहीकारण उक्त दिन गुलाबको फूलको माग बढी हुने गर्छ । नेपालमा पनि अन्य दिनको तुलनामा भ्यालेनटाइन डेको दिन गुलाबको फूलको माग १३ गुणा बढी हुने गरेको छ ।

फानका अध्यक्ष तामाङका अनुसार आउँदो भ्यालेनटाइन डेमा नेपालमा दुई लाख ३० हजार गुलाबको फूल बिक्री हुने अनुमान छ । जसमध्ये १० प्रतिशत माग नेपालमा उत्पादन भएको गुलाव र बाँकी ९० प्रतिशत भारतबाट ल्याइने गुलाबले धान्ने तामाङले बताए ।

यस वर्षको भ्यालेन्टाइन डेमा नेपालमा उत्पादन भएको २३ हजार थान गुलाबको फूल बजारमा आउने छ । गत वर्षको भ्यालेनटाइन डेमा एक लाख ८० हजार थान गुलाबको फूल बिक्री भएको थियो । यस वर्ष गुलाबको माग र बिक्री बढ्ने अनुमान गरिएको छ । ‘कोरोना संक्रमण दर घट्दै गएको छ । बजार पनि खुल्दै गएका छन् । यसकारण यस वर्षको भ्यालेनटाइ डेमा गत वर्षकोभन्दा बढी गुलाबको माग हुने हाम्रो अनुमान हो,’ फानका अध्यक्ष तामाङले भने ।

सामान्य बेला नेपालमा दैनिक आठ हजार देखि १० हजार थानसम्म गुलाबको फुल बिक्री हुने गर्छ । भ्यालेनटाइन डेको दिन भने गुलाबको बिक्री निकै बढी हुने गर्छ । भ्यालेनटाइन डेलाई लक्षित गरी भारतबाट गुलाबको फूल ल्याउने कार्य सुरु भइसकेको उनले जनाए ।

नेपाल नौ महिना गुलाबमा आत्मनिर्भर

फानका अध्यक्ष तामाङका अनुसार वर्षमा नौ महिना नेपाल गुलाबको फुलमा आत्मनिर्भर रहँदै आएको छ । चैतदेखि मंसिरसम्म गुलाबको फूल भारतबाट आयात गर्नु पर्दैन । नौ महिना नेपाली बजारको मागलाई नेपालमै उत्पादिन गुलाबले धान्दै आएको छ । ‘नौ महिना गुलाबमा हामी आत्मनिर्भर छौं,’ तामाङले भने, ‘बाँकी महिना पनि हामी आत्मनिर्भर बन्न सक्थ्यौं तर कोरोना महामारीले गर्दा हुन सकेका छैनौं ।’

चिसो मौसममा गुलावको फूल कम मात्रामा फुल्ने गर्छ । पुसदेखि फागुनसम्म नेपालमा सबैभन्दा बढी चिसो हुनेगर्छ । यसैकारण यी महिनामा त्यसै पनि गुलाबको फूल कम उत्पादन हुन्छ । ‘कोरोना महामारीको बेला लकडाउन भयो । लकडाउनमा गुलाब व्यवसायीलाई फार्मसम्म आवतजावत गर्न दिइएन । जसका कारण नयाँ बिरुवाहरू मरे र उत्पादन घट्यो । दुई वर्षदेखि पुरानै बिरुवाले धानिरहेको छ । कोरोनाका कारण थप लगानी पनि हुन सकेको छैन,’ पूर्ण रुपमा आत्मनिर्भर हुन नसक्नुको कारण अध्यक्ष तामाङले बताए ।

यो पनि

रोज डे : एक–अर्कालाई कसरी गर्ने आकर्षित ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested