English

आज भ्यालेन्टाइन डे : यस्ता उपहार दिन सकिन्छ



आज भ्यालेन्टाइन डे । यस दिन प्रेमी प्रेमीकाले एकअर्कालाई उपहार दिने चलन छ । त्यो उपहारमा केवल माया छ । प्रेमीकाका लागि उपहार छनोट गर्न अलि गाह्रो हुन सक्छ । किनकी प्रेमीकालाई के मन पर्छ के पर्दैन थाहा हुँदैन । त्यसैले यदि आफ्नो प्रेमीकालाई उपहार दिन चाहानुहुन्छ भने केही उपहारहरू छनोट गर्न सकिन्छ ।

ब्रेसलेट घडी

अहिले महिलाहरूका लागि घडी एक स्टाइलिस स्टेटमेन्ट बनेको छ । घडीले हातको सौन्दर्य पनि बढाँउछ । हिजोआज महिलाहरूका लागि फरक-फकर डिजाइनका घडी उपलब्ध छन् । यति मात्र होइन घडी ब्रेसलेटको रूपमा पनि आउने गर्छन् । साथै योे घडीलाई भ्यालेन्टाइन डेमा उपहार दिन सकिन्छ ।

बेस्ट गर्लफ्रेण्ड ट्रफी

जब तपाईं आफ्नो प्रेमीकालाई भन्न सक्नुहुन्छ कि तिमी संसारको सबैभन्दा राम्री प्रेमीका हौ । यसका लागि तपाईंले बेस्ट गर्लफ्रेण्ड ट्रफी दिनुहोस् । यो कुनै पनि प्रेमीकाको लागि एक सुन्दर भ्यालेन्टाइन उपहार हुन सक्छ । यो उपहारले उनीहरूलाई तपाईंको जीवनमा विशेष स्थान छ भन्ने महसुस गराउँछ ।

लिपस्टिक

यदि तपाईंकी प्रेमीकाले लिपस्टिक लगाउन मन पराउनुहुन्छ भने भ्यालेन्टाइनमा उपहार दिन सकिन्छ । गर्लफ्रेण्डलाई मन पर्ने रंगको लिपस्टिक वा विभिन्न रंगको लिपस्टिकको कम्बो प्याक बनाएर पनि गिफ्ट गर्न सकिन्छ ।

कफी कप

चित्र बनाएर कफी कप गिफ्ट गर्न सकिन्छ । यसबाहेक म्यजिकल कप पनि धेरै लोकप्रिय छन् । यसमा आफ्नो मनपर्ने तस्बिर राखेर गिफ्ट गर्न सकिन्छ । जुन तातो तरल पदार्थ खन्याएपछि मात्र देखिन्छ ।

फोटो ह्याङ्गिङ क्लिप्स

यो धेरै मानिसका लागि नयाँ हुन सक्छ । वास्तवमा फोटो ह्याङ्गिङ क्लिप्सहरू प्रकाशको साथमा हुन्छन् र यसमा साना क्लिप्स पनि हुन्छन् । जसको मद्दतले आफ्ना ती यादगार फोटोहरूलाई यसमा लगाउन सक्नुहुन्छ । जसले तपाईंलाई याद दिलाउनेछ ।

यो पनि
प्रेममा अडिएको जीवन



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

एसीसी पुरुष टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीको क्लोज क्याम्प शुरु भएको छ । क्लोज क्याम्पमा खेलाडीहरुले प्रशिक्षण

नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ