English

प्रसिद्ध उपन्यास ‘एक चिहान’को मञ्चन



नाटककार हृदयचन्द्रसिंह प्रधानको प्रसिद्ध उपन्यास ‘एक चिहान’ नाटकको रूपमा मञ्चन गरिने भएको छ ।
कक्षा १२ को पाठ्यक्रममा समावेश गरिएको उक्त प्रसिद्ध उपन्यास ‘एक चिहान’ नाटकको रूपमा मञ्चन गरेर देखाउन थालिएको छ ।

सांस्कृतिक संस्थानले विभिन्न तहका पाठ्यक्रममा समावेश भएको कृतिहरूलाई नाटकको रूपमा मञ्चन गरेर विद्यालय शिक्षालाई फरक ढंगले सहयोग गर्न यस उपन्यासलाई नाट्य रूपान्तरण गरिएको हो । शनिबारबाट काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा नाटकको मञ्चन शुुरु गरिएको छ ।

वरिष्ठ साहित्यकार हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित उपन्यास तत्कालीन काठमाडौं उपत्यकाको नेवारी किसानको जीवन परिवेशमा आधारित छ । सामाजिक जागरण र प्रगतिशील विचारहरू यस उपन्यासमा रहेका छन् । साँस्कृतिक संस्थानका वरिष्ठ कलाकारहरूको अभिनय रहेको नाटकलाई कलाकार वीरेन्द्र हमालले निर्देशन गरेका छन् ।

तत्कालीन नेवार किसान परिवारमा केन्द्रित रहेको सो नाटकमा जातीय विभेद, वर्गीय विभेद, अन्धविश्वासबारे देखाइएको छ । नाटक त्यही समाज आर्दशोन्मुख रहेको कुराबाट अन्त्य भएको छ । अन्त्य दुःखान्त भए पनि विचारले समाज सुधार र रुपान्तरणमा भूमिका खेल्न सक्छ भन्ने सन्देश यस नाटकमा देखाउन खोजिएको छ ।

यो पनि पढ्नुहोस् :
चाडपर्वको चहलपहलले बढ्दै कोरोना जोखिम
दसैंमा दुई पाङ्ग्रे किन्ने कि चार ? सुनको एक्कादेखि गाडीसम्म उपहारमै



...
Brendan

Hello every one, here every one is sharing these kinds of experience, so it's good to read this web site, and I used to visit this webpage everyday. xnxx Also visit my web site - website (xnxxtubexxx.cc)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

Latest










Popular
Suggested