English

बाइडेनलाई युक्रेन भ्रमणको निम्तो



युकेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले युक्रेनसँगको अवस्था ‘शान्त गर्न’ र ‘शक्तिशाली संकेत’ पठाउन अमेरिकी राष्ट्रपति जो बाइडेनलाई किभको भ्रमण गर्न आग्रह गरेका छन् । रसियासँगको सीमा विवादबीच अमेरिका र रसियाको तनाव बढिरहेका बेला जलेन्स्किीले बाइडेनलाई सो अनुरोध गरेका हुन् ।

राष्ट्रपति जेलेन्स्किीको निम्तोबारे बाइडेनले कुनै प्रतिक्रिया जनाएका छैनन् । यसअघि उनले युक्रेनबाट सम्पूर्ण अमेरिकी नागरिकलाई स्वदेश फर्किन अनुरोध गरेका थिए ।

यसैबीच, जर्मन चान्सलर अलाफ सोल्जले युद्धको जोखिम पुटिनमा निर्भर रहेको बताएका छन् । युक्रेनको तनाव युरोपको शान्तिमा एउटा गम्भीर खतरा भएको उनको भनाइ छ । राष्ट्रपति जेलेन्स्किीलाई भेट्न जर्मन चान्सलर सोल्जले किभको भ्रमण गर्दैछन् । जेलेन्स्किीलाई भेटेपछि सोल्ज पुटिनलाई भेट्न मस्को जाने कार्यक्रम छ ।

यो पनि
यी देशले गरे आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह
युक्रेन मामिला : अमेरिका र रसियाबीच आरोप-प्रत्यारोप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested