English

युक्रेन मामिला : अमेरिका र रसियाबीच आरोप-प्रत्यारोप



युक्रेन मामिलालाई लिएर बढेको अमेरिका रुसबीचको तनाब झनै चर्किएको छ । रसियाले युक्रेनसँगको सीमामा एक लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेपछि सुरु भएको तनाब पछिल्ला दिनमा झनै चर्किएको हो ।

युक्रेनी सेनाले रसिया समर्थित विद्रोहीलाई हमला गरेको नक्कली भिडियो तयार पारेर रसियाले युक्रेन अतिक्रमणको बहाना गरेको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन् । रसियाले बिस्फोटको ग्राफिक तस्बिरहरू बनाए ठूलो मानवीय क्षति भएको देखाउन कपोकल्पित आक्रमणको नाटक गर्ने सोचिरहेको अमेरिकी अधिकारीहरूले दाबी गरेका हुन् ।

तर, रसियाली प्रशासन क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी दाबीमा सत्यता नभएको भन्दै त्यसको खन्डन गरेका छन् । अमेरिकाले रसियालाई उत्तेजित बनाएको उनले बताएका छन् ।

रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेन विवादलाई लिएर अमेरिकाले आफ्नो देशलाई युद्धमा तानेको आरोप लगाएका छन् । राष्ट्रपति पुटिनले रसियामाथि अझै बढी प्रतिबन्ध लगाउन अमेरिकाले विवादलाई बहाना बनाएको आरोप लगाए ।

रसियाले युक्रेनमाथि हमलाको योजना गरेको पश्चिमा देशहरूले अनुमान गरिरहेका छन् । रसियाले यसअघि नै युक्रेनको सीमामा १ लाख सुरक्षाकर्मी तैनाथ गरेको छ । युक्रेनमा अतिक्रमणको आफ्नो योजना नभएको रसियाले बताउँदै आएको छ ।

तनाब चर्किरहेका बेला अमेरिकाले पूर्वी युरोपमा आफ्ना सेना बढाएको छ । युक्रेनमाथि रसियाको सम्भावित हमलाको आशंकाबीच बाइडेनले अमेरिका, पोल्यान्ड र जर्मनीमा दुई हजार सेना पठाउने भएको हो । त्यस्तै, जर्मनीमा यसअघि नै तैनाथ एक हजार सुरक्षाकर्मी रोमानियामा जाने भएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

उत्तर अमेरिकामा क्रियाशील नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ स्थापना भएको १९ वर्षको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ।

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

Latest










Popular
Suggested