English

यी देशले गरे आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह



विश्वका विभिन्न देशहरूले आफ्ना नागरिकहरूलाई युक्रेन छोड्न आग्रह गरेका छन् । रसियाले कुनै पनि बेला युक्रेनमाथि अतिक्रमण गर्ने खतरा बढेको भन्दै पश्चिमेली देशहरूले चेतावनी दिइरहेका बेला विभिन्न देशले आफ्ना नागरिकहरूलाई युक्रेन छोड्न आग्रह गरेका हुन् ।

अस्ट्रेलिया, इटाली, इजरायल, नेदरल्यान्ड र जापानले पनि आफ्ना नागरिकहरूलाई युक्रेन छोड्न आग्रह गरेका छन् । केही देशले त आफ्ना कूटनीतिक कर्मचारी र उनका परिवारलाई समेत फिर्ता बोलाएका छन् ।

अमेरिका, जर्मनी र बेलायतलगायतका देशहरूले आफ्ना नागरिकहरूलाई युक्रेन छोड्न भनेको छ ।

क्यानडाले आफ्ना दूतावासका कर्मचारीलाई पोल्यान्डसँगको सीमाना जोडिएको पश्चिमी युक्रेनी सहर लिभिभमा सार्ने भएको छ । युक्रेनका लागि बेलायती दूत मेलिन्डा सिमोन्सले ट्विट गर्दै आफू र सम्पूर्ण टिम किभमा बसेको जनाएकी छिन् ।

एउटा फोनवार्ता अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाली राष्ट्रपति भ्लादमिर पुटिनलाई अतिक्रमणको कुनै पनि मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै आएका छन् ।

उता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले अतिक्रमणको चेतावनीले युक्रेनमा त्रास बढेको बताउँदै आएका छन् ।

यो पनि
भारत–चीन विवादबारे संसदमा आलोचना
युक्रेन मामिला : अमेरिका र रसियाबीच आरोप-प्रत्यारोप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा

 रिजु अधिकारी ब्रिटिश काउन्सिलले बर्षेनी आयोजना गर्नेे ‘आईईएलटीएस प्राइज २०२३’ मा पाँच हजार पाउण्ड (आठ लाख ४० हजार रुपैयाँ) को

कर्याङकुरुङका नामले चिनिने ‘कमन क्रेन’ यतिबेला चितवनको दिव्यनगरस्थित धान खेतमा देखिन थालेका छन् । हरेक वर्ष केही महिनाका लागि नेपाल

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो