English

अन्तिम भेट



‘दादे भन्न तैंले जेरी माउसलाई अन्तिमपटक कहिले भेटिस् ? मेरो मतलब तिमीहरूको अन्तिम भेट कहिले भएको थियो ?’

यो एउटा यस्तो प्रश्न थियो जसको उत्तर न मैले न उसले नै भन्नसक्ने अवस्था छ । हामी त के स्वयं देवलोकबाट पनि कसैले भन्न सक्नेवाला छैन । अन्तिमपटक भेटेको त्यो पलमा हामी अलग हुनेगरी भेटेकै थिएनौँ । त्यसैले, पनि हाम्रो त्यो भेट अन्तिम हुन पाएन । यसलाई अझ यसरी भनौँ हाम्रो अन्तिम भेट कहिल्यै हुनै पाएन । हामीले आउँदा दिनमा अझै थुप्रैपटक भेटेर थुप्रै कथाहरू कोर्न बाँकी नै छन् । उ कहिल्यै अन्त्य नहुने त्यस्तो कथा हो ।

उ र म कहिल्यै अलग भएकै छैनौं । हामी अलग नभएको यो कथाको अन्तिम भाग कहिल्यै आउनेछैन । किनकी, जति नै जेलिए पनि जेरीको हरेक भाग उत्तिकै मीठो हुन्छ ।


जस्तो कि हामी कोही प्रिय व्यक्ति घाटमा जलाएर भुल्छौं र ? अहँ ! भुल्दैनौँ । दागबत्ती दिएर आएको आमा बुवाको नाम हामी जलाएर आउँदैनौँ । जेरी माउस त्यस्तै नाम हो । उ र म कहिल्यै अलग भएकै छैनौं । हामी अलग नभएको यो कथाको अन्तिम भाग कहिल्यै आउनेछैन । किनकी, जति नै जेलिए पनि जेरीको हरेक भाग उत्तिकै मीठो हुन्छ । जति नै पासो थापिए पनि मुसाले गर्ने चकचक कम हुँदैन । उति नै हुन्छ । त्यसैले जेरी माउससँग मेरो सम्बन्ध जिन्दगीको अन्तिम जेरीसम्म रहनेछ । अन्तिम भेट बाँकी नै छ ।

मैले उसलाई अन्तिमपटक देख्दा उसको स्वयंवर भएको थियो । उसलाई देखेको कुरा उसैले नदेखेको हुनसक्छ । बेहुली हुँदा घुम्टो र लज्जाले शिर उठाएर यताउता हेर्न पनि त दिँदैन । म उसको बिहेमा उसलाई खुसीको उपहार दिन किटक्याटको सेलिब्रेसन प्याक लिएर गएको थिएँ । मलाई त्यतिबेला अब उपरान्त जिन्दगीभर मैले सेलिब्रेट गर्ने कुनै पनि दिन होला भन्ने नै थिएन । हुँदै हुँदैन भन्ने थियो । त्यस उपरान्त मैले सेलिब्रेट गर्ने थुप्रै अवसर भने पाएकै हुँ । तर, सबै अवसरमा मैले ढोका उघाउन असफल भएँ ।

प्रयास नै नगरेको भने हैन । तर, एउटा ब्याट्समेन सतकको दौडमा ९९ मा आउट भएपछि के नै गर्नसक्छ र ? आज पनि अवसर मेरै आँगनमा आइसकेको छ । त्यसैगरी, जसरी जन्ती मेरै पछिपछि उसको घर आइपुगेको थियो । चलचित्रमा जस्तै बिहे हुनु अगाडि मैले उसलाई भगाउन सकिनँ । मैले नै लेख्ने अनेक कथामा नायकले जे पनि गर्न सक्छन्, तर मैले लेखेको कुरा गर्न सकिन ।

उसको बिहेमा उसलाई मनपर्ने सबैकुरा ल्याइएको थियो । नारीलाई के मनपर्छ ? गहना, श्रृङ्गार सामग्री, अनेक थरी पहिरन त्यति नै हैन र ? त्यो सब त्यहाँ ल्याइयो । त्योबेला ल्याउन छुटेको भनेको उसको मनपसन्द दुलाहा ! मिस्टर अधिकारी ।

एकाउन्टमा फस्ट इन फस्ट आउट र लास्ट इन फस्ट आउटको बारेमा त खुब पढेको थिएँ । उसको जिन्दगीमा अब त्योमध्ये एक केही बेरमै लागू हुँदै थियो । फस्टमा आएको म फस्टमै निस्किएँ । ताराबारी ढाटबाट केही पर बिहेको रौनकमा दुई मुहार खुसी थिएनन् । जेरी माउस एन्ड बिग माउस । उसको बिहेमा उसलाई मनपर्ने सबैकुरा ल्याइएको थियो । नारीलाई के मनपर्छ ? गहना, श्रृङ्गार सामग्री, अनेक थरी पहिरन त्यति नै हैन र ? त्यो सब त्यहाँ ल्याइयो । त्योबेला ल्याउन छुटेको भनेको उसको मनपसन्द दुलाहा ! मिस्टर अधिकारी ।

उसका दुलाहाले स्वयंवरको औँठी लगाइदिँदै गर्दा मेरा गोडा काप्न थालेका थिए । मदिरा र धतुरोले लठ्ठ भएझैं आँखा राता भइसकेका थिए । तर, जब उसको पालो आयो अचानक मौसम बदलिएको आभास भयो । पालो दुलहीको थियो । उसले आफ्नो दुलहालाई औँठी लगाउन हात अघि गरी त्यतिबेला यस्तो लाग्यो कसैले मेरो पैतालामुनिबाट जमिन नै तानेर लग्यो । कुनै चलचित्रको दृश्य हुन्थ्यो भने म स्लो मोसनमा भुइँमा लड्ने थिएँ । आँसुले आँखा र आत्माले शरीर एकैसाथ छोड्यो । त्यतिबेलासम्म मेरो शरिरमा रहस्यता पसिसकेकी थिई र भुइँमा लडिनँ नत्र प्रश्न चिन्ह उठ्न सक्थ्यो ।

विज्ञापनमा भनेजस्तो सजिलो छैन जिन्दगीमा–जे आउँछ मज्जाले पचाउँछ । रहस्यताले मलाई बिहेको त्यो घरबाट पर लिएर आई ।

जन्ती आएको घरमा एउटा अपरिचित मान्छेको मृत्युको कुरा सजिलै पच्ने थिएन । विज्ञापनमा भनेजस्तो सजिलो छैन जिन्दगीमा–जे आउँछ मज्जाले पचाउँछ । रहस्यताले मलाई बिहेको त्यो घरबाट पर लिएर आई । दायाँबायाँ कतै नहेरी म हिँडिरहेँ । मेरो जुत्ताभन्दा बाहेक केही देखिनँ । आँखा भारी बोझ लिएर बसेझैँ लाग्यो । आँखा बिसाउने भनेको कि सिरानी हो कि कसैको अँगालो । त्यहाँ दुइटै सम्भव थिएन ।

रातजस्तै निरीह बसेको बाँसको झ्याङमा नजर ठोक्कियो । त्यसपछि के चाहिन्थ्यो र त्यहीँ बसेर म खुब रोएँ । धेरै बेरसम्म रोइरहेँ । छोरा मान्छेले रुनु हुँदैन भन्ने नजानेर हैन मनमा बह सञ्चय गरेर राख्न नसकेर रोएँ । यदि, आँसुले कसैको प्रेम बयान गथ्र्यो भने त्यो दिन दमकमा प्रलय नै आउने थियो र मेरो जेरी माउसले अरू कसैको हुनुपर्ने थिएन । आइ ह्याड अ नेचर कल द्याट मोमेन्ट अनि बल्ल दायाँबायाँ हेर्ने फुर्सद मिल्यो । परपरसम्म कोही नदेखेपछि बाँसको झ्याङमा मैले सिँचाइ गरिदिएँ ।

एकछिन यस्तो लाग्यो लिंग पनि आँसु नै बगाइरहेको छ । कल्पनामा जे पनि जायज छ हुन त यो दुनियाँमा पनि नाजायज केही छैन, तर हामी देख्छौँ । कल्पनामा कसैको नियन्त्रण नहुँदो रहेछ त्यही भएर हुनुपर्छ परबाट बेहुलीको निवासमा कोही दौडँदै मेरो नजिक आइरहेको थियो । हत्तपत्त मैले भित्री कुरा भित्र लुकाएर चेन बन्द गरेँ । दौडँदै आएको दृश्य मेरो आँखाभित्र पस्यो र विलय भयो मभित्र । यस्तो लाग्यो मेरो जेरी माउस कसैको भइनँ । नेभर एभर ।

‘हो कृष्ण–रुकमिणिका भए, तर संसारले उनलाई राधा बाहेकको कहिल्यै सोच्न सकेन । यो जीवन्त कथा हो र यसमा उ कृष्ण बनेकी छे । ऊ राधा अर्थात् म बिना कसरी पूर्ण हुन्छे र ?’

‘ऊ त अहिले पनि कसैकी छैन भन्नेकुरा तँलाई थाहै छ त ?’

‘हो कृष्ण–रुकमिणिका भए, तर संसारले उनलाई राधा बाहेकको कहिल्यै सोच्न सकेन । यो जीवन्त कथा हो र यसमा उ कृष्ण बनेकी छे । ऊ राधा अर्थात् म बिना कसरी पूर्ण हुन्छे र ?’

‘त्यसोभए अब के ?’

हरेक कुरा आसमा चल्छ । जिन्दगी ज्युनु पनि त आसाकै अर्को नाम हो । मान्छे मात्र हैन प्रश्न पनि आस गर्छन् । कमसेकम उत्तरको आस । हरेक प्रश्न उत्तरको आसमा हुन्छन् । तर, हरेक प्रश्नको उत्तर हुँदैन । सायद ‘अब के’ भन्ने त्यस्तै प्रश्न हो । केही पनि उत्तर नभएको प्रश्न । किनकी, अब जे पनि हुनसक्छ । नसोचेको हुनसक्छ ।

आँसुले प्रेमको मात्रा बयान नगर्ने भएपछि देखिनेजति पुछेर नदेखिने आँसु रुँदै म ताराबारी ढाटदेखि एकोहोरो हिँडिरहेँ । कहिलेकाहीँ छेउबाट दौडिएको गाडीको सहचालकले बोलाउँथे तर मैले कुनै आवाजलाई पछ्याइन । म त्यो सब आवाजमा एउटा उसको आवाज खोजिरहेको थिएँ । ‘रूपक पख्नुस् मलाई लिएर जानुस्’ सुन्न चाहेको थिएँ । सबै चाहत कहाँ पूरा हुन्छन् र । सबै डाकु कहाँ ‘वाल्मिकी’ बन्न पाउँछन् र ?

करिब ६ किमिको त्यो यात्रामा मैले रेडियो सम्झिएँ । मोबाइल सम्झिएँ । डायरी सम्झिएँ । र सम्झिएँ उर्लाबारीमा भएको त्यो पहिलो भेट । पहिलो भेटमा हामी पहिलोपटक भेटेजस्तो लाग्दै लागेन । सायद त्यहीँबाट कहानीमा अन्तिम भेट चाहेर पनि नलेखिएको हुनुपर्छ ।

करिब ६ किमिको त्यो यात्रामा मैले रेडियो सम्झिएँ । मोबाइल सम्झिएँ । डायरी सम्झिएँ । र सम्झिएँ उर्लाबारीमा भएको त्यो पहिलो भेट । पहिलो भेटमा हामी पहिलोपटक भेटेजस्तो लाग्दै लागेन । सायद त्यहीँबाट कहानीमा अन्तिम भेट चाहेर पनि नलेखिएको हुनुपर्छ ।

‘अब ऊसँग फेरि भेट भयो भने ?’

‘उसको वर्षौंपछि आएको म्यासेजले झन्डै लडेको छु । मोबाइलको डिस्प्ले उड्नबाट जोगिएको छ मेरो त धड्कन पनि उड्छ होला । सास पनि रोकिन्छ होला । भेटमा त बेहोस नै हुन के बेर । भेटेर कसिलो अँगालोमा बाँध्न मन छ । बाँसको झ्याङमा रोएर नथाकेका आँखा अझै रुन मन छ । थाहा छ समाजले उसलाई अरू कसैको हो भन्छ, तर मन समाजको अधिनमा न कहिल्यै बसेको थियो न अब बस्नेछ । मन आफ्नै अधीनमा त बस्दैन ।’

मायाको मुहानमा कहिल्यै सुक्खा लाग्दैन र त्यही भएर एन्जिल फल्स जस्तै एकोहोरो झरिरहन्छ । नाइल नदिजस्तै बेतमास बगिरहन्छ । यो घामजस्तै छ कहिलेकाही बादल लाग्दा, कुहिरो लाग्दा छैन जस्तो लाग्छ तर रातमा अस्ताएको घाम जस्तै फेरि बिहान भएर उदाइरहेको हुन्छ ।

‘भनेपछि भुपु मायालु भेट्ने नै भइस् ?’

‘माया मन्त्री मण्डल हैन कि खरिदारहरू, भुपु हुनका लागि । मन्त्रालयमा पो मुहार फेरिन्छ र भूतपूर्व मन्त्री हुन्छन् त । माया त समुन्द्र हो । यसमा कहिले सानो छाल उठ्ला, कहिले भयानक ठूलो उठ्ला तर कहिल्यै सुक्दैन । मायाको मुहानमा कहिल्यै सुक्खा लाग्दैन र त्यही भएर एन्जिल फल्स जस्तै एकोहोरो झरिरहन्छ । नाइल नदिजस्तै बेतमास बगिरहन्छ । यो घामजस्तै छ कहिलेकाही बादल लाग्दा, कुहिरो लाग्दा छैन जस्तो लाग्छ तर रातमा अस्ताएको घाम जस्तै फेरि बिहान भएर उदाइरहेको हुन्छ । त्यसैले, आफ्नो माया सधैँ भेट्नेछु । अन्तिमसम्म । त्यसैले, मलाई मायाको महिना भनेर फेब्रुअरी १४ पर्खिरहनु पर्दैन ।’

‘फेब्रुअरीको कुरामा एउटा कुरा अचम्म लाग्छ मान्छेहरू किन महिना पर्खिन्छन् भन् त लु ।’

‘इट्स बिकाउज भ्यालिन्टिनो दे डन्ट नो । दे नो वन्ली भ्यालेन्टाइन डे । डे अफ पर्पोजल ।’ खासमा प्रेम दिलले गर्ने हो र यो दिल बडा जिद्दी हुन्छ एक दिन वा एक महिनाले के अघाउँथ्यो र । त्यही नअघाएको मेरो दिल ऊसँग अन्तिम भेटको कल्पनामा छ ।’

‘इट्स बिकाउज भ्यालिन्टिनो दे डन्ट नो । दे नो वन्ली भ्यालेन्टाइन डे । डे अफ पर्पोजल ।’ खासमा प्रेम दिलले गर्ने हो र यो दिल बडा जिद्दी हुन्छ एक दिन वा एक महिनाले के अघाउँथ्यो र । त्यही नअघाएको मेरो दिल ऊसँग अन्तिम भेटको कल्पनामा छ ।’

‘जिन्दगीभर प्रेम भन्छस् अनि फेरि अन्तिम भेटको पर्खाइमा भन्छस् कस्तो द्वेध चरित्र हो तेरो ?’

‘अन्त्य नै शुरुवातको अर्को रूप हो र रह्यो अन्तिमको कुरा त्यो मैले शुरुवातमा भनिसकेको छु– जेरी माउससँग मेरो सम्बन्ध जिन्दगीको अन्तिम जेरीसम्म रहनेछ ।’

यो पनि…
अनामिकाको खोजी
कथा : सकुबस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

Latest










Popular
Suggested