English

जनता आवासले मुसहर बस्तीमा ल्याएको खुसी



छेउमा २ कोठे पक्की घर छ । प्रत्येक घरका परिवारका सदस्यहरु घरतर्फ हेर्दै टोलाइरहेका छन । बालबालिका कोठाभित्र रमाइरहेका छन । कोही घरको सिगारपेटारमा ब्यस्त छन । अगाडि सम्सी–माइस्थान सडकखण्डमा हुइकिनेहरु एकनाशले बनेका घरहरुलाइ हेरेर मात्र ओहोरदोहोर गर्छन । सडकको वारीपारी पशु–चौपायाका गोठ जस्तो देखिने केही छाप्राहरु पनि छन । अनि यही वस्तिको दायाँ भागमा वडा कार्यालय छ । वृद्धहरुको चाउरी परेको अनुहारमा स्पष्ट खुसी देख्न सकिन्छ ।

रामपुकार सादालाइ अघिल्लो हिउद र वर्षा फर्केर सम्झन पनि मन लाग्दैन । हुन त सरकारले आफ्नै २ कोठे भवन बनाइदिने घोषणा गरेपछी रामपुकारका झण्डै ४ बर्ष प्रतिक्षामा नै दिनचर्या विताउनु पर्‍यो ।

यो कुनै चलचित्रको दृश्य हैन न त काल्पनिक कथा नै । गौशाला वडा न.२ स्थित मुसहर बस्तीमा पुगेपछि यस्ता दृश्यहरु जोकोहीले नियाल्न पाउछन । जन्ता आवास अन्तर्गत मुसहर बस्तिका मुसहरहरुको जिवनमा नै पहिलो पल्ट आफ्नै घर बने पछीको खुसीयाली हो यो ।

रामपुकार सादालाइ अघिल्लो हिउद र वर्षा फर्केर सम्झन पनि मन लाग्दैन । हुन त सरकारले आफ्नै २ कोठे भवन बनाइदिने घोषणा गरेपछी रामपुकारका झण्डै ४ बर्ष प्रतिक्षामा नै दिनचर्या विताउनु पर्‍यो । अघिल्लो हिउद मात्र हैन उन्ले बितेको ४ बर्ष उस्तै पिडामा बिताए ।

पक्की घर बन्नुभन्दा पहिला अस्थायी टहरामा बस्दै आएका रामपुकारले हिउद र बर्षायाममा भोगेको दुःख र पीडा सम्झिनसक्नुको छ ।

‘बर्षायाममा छानो छिचोलेर पानी चुहिनाले बर्षाभरी छोराछी बिरामी भए । वृद्ध आमा बिरामी परिन । ’ उन्ले भने ।

बिहान-बेलुका मजदुरी गरेर परिवारको लागी जिविकोपार्जनको माध्यम बनेका रामपुकारले बिरामी भएकै कारण काम गर्न नपाउदा कयौ रात पानी पिएर सुतेको नमिठो अनुभव छ ।

बिहान-बेलुका मजदुरी गरेर परिवारको लागी जिविकोपार्जनको माध्यम बनेका रामपुकारले बिरामी भएकै कारण काम गर्न नपाउदा कयौ रात पानी पिएर सुतेको नमिठो अनुभव छ ।

मानिसलाइ नाना, छाना र खाना अत्यावश्यक छ तर गरिबी र मजदुरी गर्ने वातावरण बन्न नसक्दा रामपुकार बितेको ४ बर्षसम्म निक्कै कष्ठकर जिविकोपार्जन गरे ।

‘मैले सरकारले घर बनाइदिन्छु भनेपछी भएको टहरालाइ समेत भत्काएर पुर्ण अस्थायी टहरामा बसे तर सितलहर, गर्मी र बर्षाले सार्‍है विजोग बनाएको थियो । ’ उनले भने ।

त्यसो त रामपुकारले यस्तै समस्या कयौ बर्षदेखी नभोगेका हैनन तर सरकारले घर बनाइदिने भनेपछि अस्थायी टहरामा ओत लाग्दा बितेको ४ बर्ष निक्कै कष्ट बन्यो ।

रामपुकार जस्तै अहिले यस बस्तिका १९ घरपरिवारमा खुसीयाली छाएको छ । सरकारले छानाको व्यस्था गरेपछी आधा समस्या नै निराकरण भएको मुसहर समुदायको बुझाइ छ ।

रामपुकार जस्तै अहिले यस बस्तिका १९ घरपरिवारमा खुसीयाली छाएको छ । सरकारले छानाको व्यस्था गरेपछी आधा समस्या नै निराकरण भएको मुसहर समुदायको बुझाइ छ ।

अहिले यस वडा न. २ मा मात्र १९ घर बनेका छन । गौशाला नगरपालिकाभरी झण्डै ९१ वटा घर बन्ने तयारी भएको जनप्रतिनिधिको भनाइ छ ।

जन्ता आवास अन्तर्गत नै गौशाला स्थित फुल्का, खयरमारामा पनि धमाधम घर बन्दै छन । पछिल्लो समय जलवायुमा भएको परिवर्तनले गरिव, बिपन्न तथा पिछडिएका बर्गहरुमा सुरक्षित आवासको ब्यवस्थापन हुन नसक्दा निक्कै समस्या बन्दै गएको छ ।

यो पनि…
सीपले सिर्जना गरेको रोजगार
चित्र कोरेर गुजारा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र