English

चित्र कोरेर गुजारा



पूर्वखोला गाउँपालिका-५ वीरकोटका हिरा श्रेष्ठको दिनचर्या अहिले चित्र कोर्दैमा बित्ने गरेको छ । उनलाई यतिबेला विभिन्न थरीका चित्र बनाउन भ्याइनभ्याइ छ । हाल पाल्पा रामपुर नगरपालिकाका विभिन्न संघसंस्था, होटल, रेष्टुरेन्ट र विद्यालयका लागि चित्र कोर्दैमा दिन बितेको श्रेष्ठलाई पत्तै हुँदैन । यस कार्यबाट मासिक रु ४० हजारसम्म उनी कमाइ गर्छन् ।

श्रेष्ठले भने, ‘आफूमा सीप र जाँगर भएपछि जीवन धान्न गाह्रो हुँदो रहेनछ, अहिले भित्ते चित्र कोर्ने काममा व्यस्त छु, काम गर्दै जाँदा सीपमा निखारता आउने र कमाइ पनि राम्रै हुने रहेछ ।’

सानैदेखि नै चित्र कोर्ने कार्यमा रुचि जगाउने ३६ वर्षीय श्रेष्ठ अहिले दाम कमाउने मात्र नभई समाजमा राम्रो पहिचान बनाउन सफल भएका छन् । विसं २०५७ देखि यस कार्यमा लागेका उनले दुई वर्षदेखि रामपुरलाई कार्यथलो बनाउनाका साथै जिल्लाका विभिन्न ठाउँमा पुगेर चित्र बनाउने गरेका छन् ।

भित्तेलेखन, साइनबोर्ड, कम्पनीको बोर्ड, घरका भित्ता सजावटलगायत सबै सीप श्रेष्ठमा छ । कक्षा १२ सम्म अध्ययन गरेका उनले परिवारको आर्थिक अवस्था नाजुक भएका कारण थप अध्ययनलाई भने अगाडि बढाउन सकेनन् ।

चित्र कोर्ने सीप भएका तर अवसर नपाएर धेरैले यस कार्यलाई अर्थोेपार्जनका रूपमा विकास गर्न सकिरहेका छैनन् । श्रेष्ठको जस्तै सीप र मेहनत अवलम्बन गर्ने हो भने निर्वाह गर्न कुनै कठिनाइ हुँदैन ।

आफूसँग भएको सीपलाई विकास गर्दै जाँदा अहिले यस कार्यमा श्रेष्ठ दख्खल बनेका छन् । धेरै ग्राहकबाट माग आएपछि बुटवलमा एक वर्ष बसेर थप सीप सिकेका उनको चित्र कला लोभलाग्दो हुन थालेको छ । ‘ठूलाठूला होटल रेष्टुरेन्ट, सङ्घसंस्थाबाट माग धेरै आउन थालेपछि एक वर्ष बुटवलमा बसेर थप सीप सिकेपछि व्यावसायिकरूपमा काम गर्न थालेको छु, यो व्यवसायबाट अहिले म सन्तुष्ट छु’, श्रेष्ठले भने ।

यही व्यवसायले श्रीमती, दुई छोराछोरीका साथै बुबा-आमाको पालनपोषण, छोराछोरीको पढाई खर्च र घरखर्च पनि राम्रोसँग चलेको उनले बताए । श्रेष्ठमा बढी प्राकृतिक वस्तुको चित्र कोर्ने रुचि भए पनि ग्राहकले जुन प्रकारको चित्र खोज्यो जस्ताको तस्तै तयार पार्न सिपालु छन् ।

सानैमा विद्यालयमा चित्रकलाको कार्यक्रममा सधैं उत्कृष्ट हुने उनमा भविष्यमा चित्रकार बन्ने सपना पनि सानैदेखि पलाएको थियो । परिवारको हौसला, अग्रज चित्रकार, आफन्त, साथीभाइको प्रेरणा र आफ्नै मेहनतले श्रेष्ठका सीपमा निखारता आउन थालेको छ ।

यही व्यवसायले श्रीमती, दुई छोराछोरीका साथै बुबा-आमाको पालनपोषण, छोराछोरीको पढाई खर्च र घरखर्च पनि राम्रोसँग चलेको उनले बताए । श्रेष्ठमा बढी प्राकृतिक वस्तुको चित्र कोर्ने रुचि भए पनि ग्राहकले जुन प्रकारको चित्र खोज्यो जस्ताको तस्तै तयार पार्न सिपालु छन् ।

अहिले समाजमा चित्र कोर्ने कार्यलाई व्यावसायिक बनाउने खासै भेटिदैनन् । यसमा दख्खल भएका व्यक्तिलाई राज्यले संरक्षण गर्नुपर्नेमा रामपुरस्थित गङ्गा माविका सहायक प्रधानाध्यापक कृष्ण घिमिरेले जोड दिए ।

‘उहाँमा जुनसुकै प्रकारका वस्तु तथा व्यक्तिको चित्र बनाउन पठायो, ठ्याक्कै मिल्दो चित्र बनाउने राम्रो प्रतिभा देखें, यसमा तल्लीन भएर लाग्ने हो भने भविष्य उज्ज्वल छ,’ उनले भने । कागजमा बनाएको चित्रको माग कमै आउँछ । अहिलेका सन्दर्भमा भित्तेलेखन नै बढी आउने गरेको चित्रकार श्रेष्ठले बताए ।

पछिल्लो समय ठूलाठूला घर भवन, संघसंस्था, होटल रेष्टुरेन्ट धमाधम बन्न थालेपछि आफ्नो कला र सीप प्रदर्शन गर्ने राम्रो अवसर मिलेको उनको भनाइ थियो। चित्र कोर्ने सीप भएका तर अवसर नपाएर धेरैले यस कार्यलाई अर्थोेपार्जनका रूपमा विकास गर्न सकिरहेका छैनन् । श्रेष्ठको जस्तै सीप र मेहनत अवलम्बन गर्ने हो भने निर्वाह गर्न कुनै कठिनाइ हुँदैन ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested