English

बालबालिकालाई दृष्टिविहीन हुनबाट कसरी बचाउने



आँखा एकदमै संवेदनशील अंग हो । केही वर्षयता ठूला व्यक्तिमा मात्र हैन बालबालिकाको आँखा पनि कमजोर हुने संख्या बढिरहेको छ । बालबालिकाले आफूमा भएको समस्या भन्न सक्दैनन् । आफ्ना बच्चाको आँखा ठीक छ कि छैन भनेर अभिभावकले ध्यान दिनु आवश्यक छ ।

दृष्टिदोष, डेढोपन, जन्मजात मोतिबिन्दु बालबालिकाको आँखामा हुने मुख्य समस्या हुन् । समयमै उपचार गरे यी रोग निको हुन्छन् । तर, समयमै अस्पताल नपुर्याइनाले बालबालिका अन्धोपनको शिकार हुन बाध्य छन् । त्यसैले, अभिभावकले बालबालिकाको आँखा कमजोर भएको छ कि भन्ने कुरा थाहा पाउन यी कुराहरूमा ध्यान दिनुपर्छ ।

बच्चाको आँखा कमजोर भएको थाहा पाउन यी कुरामा ध्यान दिनुहोस्ः

– खासगरी बच्चा जन्मेपछि दुई–तीन महिनापछि आमा हेरी मुस्कुराउने, उज्यालो पछ्याउने हुनुपर्छ । यदि, तीन महिनासम्मको बच्चालाई आवाज सुनेर मात्र हेर्छ, कि वस्तु हेरेर पछ्याउँछ वा पछ्याउँदैन भन्ने विचार गर्नुपर्छ ।
– आँखा हल्लिरहेको वा दुवै आँखाले सीधा अगाडि नहेरेमा अभिभावकले बच्चाको आँखा कमजोर रहेछ भनेर बुझ्नुपर्छ । यस्तो कुनै समस्या भएको लागेमा चिकित्सककहाँ जचाउँनुपर्छ ।
– बच्चा स्कुल जाने भएपछि उसले स्कुलमा राम्रोसँग पढ्न सक्दैन, गृहकार्य सार्न सक्दैन, घरमा टिभी हेर्दा नजिकै गएर हेर्छ भने पनि डाक्टरलाई देखाउनुपर्छ ।
– यदि, बच्चा समय नपुग्दै जन्मिएको छ र जन्मिँदा बच्चाको तौल १५ सय ग्रामभन्दा कम छ भने आँखामा समस्या देखिने प्रबल सम्भावना हुन्छ । बच्चालाई जन्मँदै हुने मोतिविन्दु तथा जलविन्दु पनि हुन सक्छ ।
– हाम्रो आँखामा कालो र सेतो भाग हुन्छ । स्वस्थ आँखा हुन कालो भाग कालै र सेतो भाग सेतै हुनुपर्छ । यदि, कालो भागमा सेतो सेतो भाग कालो रङ देखिएमा त्यो असाधारण आँखा हो । यीमध्ये कुनै पनि लक्षण देखिएको छ कि भन्ने विषयमा अभिभावकले ध्यान दिनुपर्छ र कुनै पनि लक्षण देखिएको खण्डमा तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ ।
– बच्चालाई स्कुल पठाउनुभन्दा अघि, ६ महिना वा एक वर्षमा नियमितरूपमा बच्चाको आँखा जाँच गराइरहनुपर्छ ।

यो पनि…
जोर्नी दुख्छ ? बन्दागोभीले गर्छ औषधिको काम
यस्ता छन् स्तन क्यान्सर पत्ता लगाउने तरिका



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested