अध्यारोमा काम गर्दै, परिवारमा उज्यालो छर्दै



गुल्मीकी शान्ता रानी परियार । दोहोरी साँझकी गायिका । ठमेलस्थित गामबेशी दोहोरी साँझमा बेलुकी ७ बजे छिर्छिन् । ग्राहकको फर्माइसका गीत गाउँछिन् । मनोरञ्जन दिन्छिन् । उनले यसरी रात बिताएको ९ वर्ष बित्यो । यो अवधिमा उनले दोहोरी साँझ फेरिन्, कैयौं गीतका भाका फेरिन्, ग्राहक फेरिए तर, रानीले रात फेर्न सकिनन् ।

शान्ता रानी परियार
गायिका

दोहोरी साँझमा गीत गाएर घर फकिँदा रातको २ बज्छ । सुनसान रातमा उनले अनेकौं झमेला र मनमा डर बोक्दै घरसम्मको यात्रा तय गर्नुपर्छ । बालाजु बस्दै आएकी रानीले दोहारी साँझमा आउने ग्राहकबाट पनि कहिलेकहीँ गतिलो व्यवहार पाउँदिनन् । त्यसैले यो पेसा नै छोडौं कि भन्ने धारणा उनको मनमा आउँछ । तर, के गर्नु ! सफल गायिका बन्ने मनमा ठूलो रहर छ । ‘कहिले त साह्रै दिक्क लाग्छ,’ मलिन स्वरमा भन्छिन्, ‘सफल गायिका बन्ने लक्ष्य लिएकी छु त्यसका लागि संघर्ष त गर्नै पर्यो नि ।’

कसैले कहाँ काम गर्छौ भनेर सोध्यो भने उनी झट्ट भन्न रुचाउँदिनन् । किनकी दोहोरीमा काम गर्छु भन्ने बित्तिकै मान्छेले हेर्ने नजर नै परिवर्तन भएको उनले पाएकी छन् ।

तर, कसैले कहाँ काम गर्छौ भनेर सोध्यो भने उनी झट्ट भन्न रुचाउँदिनन् । किनकी दोहोरीमा काम गर्छु भन्ने बित्तिकै मान्छेले हेर्ने नजर नै परिवर्तन भएको उनले पाएकी छन् । एकपटक उनलाई गाउँले दाईले कहाँ काम गर्छौ भनेर सोधे । उनले उत्साहित हुँदै दोहोरी साँझमा गीत गाउँछु भनिन् । ती दाईले दोहोरीमा गीत गाउने महिला त खराब नियतका हुन्छन् नि भन्दै हाँसे । त्यो हाँसोले रानीको मन साह्रै कुँडियो । ‘ती दाईबाट हौसला पाउँछु भनेर निर्धक्क भनेको थिएँ तर, सोचेभन्दा उल्टो भयो,’ उनी निराश सुनिइन्, ‘त्यो दिनभर रोएँ ।’

दोहोरी साँझमा त पुरुष कलाकार पनि काम गर्छन् । तर, उनीहरु माथि यो प्रश्न आउँदैन । सायद महिला भएर नै समाजले हेर्ने दृष्ट्रिकोण फरक भएको उनको ठम्याई छ । ‘हाम्रो समाज पुरुषले राती काम गरे आह ! भन्छ,’ उनी भन्छिन्, ‘तर, त्यही काम महिलाले गर्दा अनेकौं लान्छना लगाउँछ ।’ तैपनि, रानीको यात्रा निरन्तर चलिरहेको छ ।

कैलालीकी फूलमती चौधरी । उमेर २३ वर्ष । पेसाले नर्स । फूलमती पनि रातसँग राम्रै परिचित छिन् । उनी केही महिना अघिसम्म कालिकोट स्वास्थ्य चौकीमा कार्यरत थिइन् । दुर्गममा चिकित्सक नहुँदा सबै नर्सले हेर्नुपथ्र्यो । त्यसैले उनले दिनरात नभनी काम गरिन् ।

फूलमती चौधरी
नर्स

चिकित्सक नर्सलाई भने नेपाली समाजले हेर्ने नजर सकारात्मक नै छ । तर, उनीहरुको दुःख र मिहिनेतको कदर भने अझै भएको पाइँदैन । फूलमतीले कालिकोटमा रहँदा निकै दुःख गरिन् । टाढा–टाढाबाट बिरामी आउँथे । कहिलेकहिँ मध्यरातमा ४, ५ जना सुत्केरी व्यथाले च्यापेका महिलाहरु आउँथे । त्यतिबेला भने उनको मन आतालिन्थ्यो । ‘एक्लै हुन्थें, एकैपटक बिरामी आउँदा अब कसरी गर्ने होला भनेर आत्तिन्थें,’ कालिकोटको अनुभव सुनाउँदै थिइन्, ‘तर, आफ्नो जिम्मेवारीबाट बिचलित नभइकन काम गरें ।’

स्वास्थ्य सेवाको पहुँच र अन्धविश्वासका कारण बिरामीको अवस्था गम्भीर भइसकेपछिमात्र स्वास्थ्य चौकी ल्याइन्थ्यो । तर, केही गरी बिरामीको तलमाथि भयो भने त्यसको दोष पनि आफूमात्रै आइलाग्ने डर पनि उनमा थियो । यद्यपि, उनले काम गर्दासम्म भने कुनै अप्रिय घटना घटेन । साथै, उनी सबैको प्रिय नर्स बनेकी थिइन् ।

उनले रात्रीकालिन ड्युटी गरेको दिनको १ सय ५० रुपैयाँ पारिश्रमिक पाउँथिन् । मानव सेवामा रुचाउने चौधरीलाई पैसा भन्दा पनि सेवा गर्न पाएकोमा सन्तुष्ट थिइन् ।

उनले रात्रीकालिन ड्युटी गरेको दिनको १ सय ५० रुपैयाँ पारिश्रमिक पाउँथिन् । मानव सेवामा रुचाउने चौधरीलाई पैसा भन्दा पनि सेवा गर्न पाएकोमा सन्तुष्ट थिइन् । ‘पैसा त कम हो तैपनि त्यो हेरेर काम गरिनँ सधैं आफ्नो कर्तव्य सम्झिएँ,’ कालिकोटे अनुभव सुनाउँदै थिइन्, ‘त्यही भएर पनि म बिरामी र स्थानीयको प्रिय थिएँ ।’

चन्द्रकला बिःक
सुरक्षा गार्ड

शान्ता रानी र फूलमती जस्तै रातको समयमा काम गर्ने अर्की महिला हुन् चन्द्रकला बिःक । उनी गरुड सेक्युरिटी प्राइभेट कम्पनी लिमिटेडमार्फत यूएनको कार्यालयमा सुरक्षा गार्डका रुपमा कार्यरत छिन् । उनले यहाँ काम गर्न थालेको ९ वर्ष भयो ।

उनको एक हप्ता दिउँसो र एक हप्ता बेलुकाको ड्युटी पर्छ । जब बेलुकाको ड्युटी सुरु हुन्छ त्यसपछि चन्द्रकलाको छटपटी सुुरु हुन्छ । रातीको ड्युटीमा निस्कँदा एक त परिवारले नै राम्रो मान्दैन अर्को समाजले । ‘सुरुसुरुमा त घरपरिवारले रातमा काम गर्ने हो भने जागिर छोडे हुन्छ भन्नुभयो,’ उनी निराश सुनिइन्, ‘उहाँहरुले मलाई नै गाह्रो हुन्छ भनेर भन्नुभएको हो तर, मेरो मनले मान्दै मानेन ।’

हक्की स्वभावकी चन्द्रकला जस्तो सुकै परिस्थितिलाई पनि झेल्न सक्छिन् । उनले सेक्युरिटीसम्बन्धि तालिमसमेत लिएकी छन् । उसो त आइलाग्ने माथि जाइलाग्छु भन्ने साहसमा उनमा देखिन्छ ।

श्रेया विश्वकर्मा । पेसाले डिजे हुन् । उनले यो पेसा अँगालेको ३ वर्ष बित्यो । यो क्षेत्रमा लाग्न श्रेयाले सुरुवाती दिन ठूलो संघर्ष गर्नुपर्यो । तर, अहिले उनलाई परिवार, आफन्तको साथ छ ।

यद्यपि, समाजले महिलाप्रति हेर्ने दृष्टिकोणमा भने अझै परिवर्तन नआएको श्रेयाको अनुभव छ । ‘हामीलाई देख्ने बित्तिकै सबैले गलत नजरले हेरिहाल्छन्,’ २० वर्षीया श्रेया भन्छिन्, ‘हाम्रो काम नै रातको हुन्छ त गर्ने ? त्यसैले सबै पेसालाई सम्मान गर्ने हो भने महिलाको पनि सम्मान हुन्छ ।’

श्रेया विश्वकर्मा
डिजे

रात्रिकालिन व्यवसायसँग जोडिएका यिनीहरु त प्रतिनिधि पात्र मात्र हुन् । रातमा काम गर्ने महिलाहरुलाई हाम्रो समाजले हेर्ने दृष्टिकोण अझै परिवर्तन भएको छैन । उनीहरुलाई घर परिवारको समेत गतिलो साथ दिँदैन । यसका बाबजुद पनि रात्रिकालिन समयमा काम गर्ने यी साहसिला महिलालाई मान्नैपर्छ ।

नाइट डिउटीमा खटिएका महिलालाई रातिको काम गर्ने वातावरण बनाउने तथा सुरक्षा दिने काम राज्यको हो । काम गर्न गएका ठाउँमा उनीहरूलाई सहज वातावरण निर्माण गर्दिनु पर्छ । महिला भएकै कारणले राति काम गर्ने क्रममा दुर्व्यवहार सहनुपर्ने वातावरण सिर्जना हुन्छ भने त्यो राज्यको कमजोरी रहेको महिला अधिकारकर्मी धनकुमारी सुनार बताउँछिन् । ‘महिलाले आफूले चाहेको काम जुनसुकै समयमा गर्न पाउनु उनीहरूको अधिकार हो,’ धन कुमारी भन्छिन् ‘महिलाले दिउँसो काम मात्र गर्नु पर्छ रातिको काम गर्नु हुँदैन भनेर उनीहरूलाई रोकतोक गर्ने अधिकार न समाजलाई न त उनीहरूको परिवारलाई ।’

रात्रिकालीन काम गर्ने महिलालाई सहज वातावरण निर्माण गरि दिनुपर्छ भनेर हामीले आवाज उठाई रहेका छौं । एउटा महिलाको श्रीमान्ले, दाईले स्वतन्त्र तरिकाले रात्रिकालीन काम गरेका छन् भने महिलाले पनि गर्न पाउनु पर्ने धन कुमारीको धारणा छ ।

नाइट डिउटी गर्ने महिलाहरूलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन नहुनुको मुख्य कारण भनेको पितृसत्तात्मक सोच भएको समाजशास्त्री मन्जु सिग्देलले बताइन् । यो सोचलाई बदल्न सकियो भने नाइट ड्युटी गर्ने महिलाहरूले स्वतः सम्मान पाउने उनको विश्वास छ ।

नेपालमा नाइट ड्युटी गर्ने पुरुषलाई जुन सम्मानको दृष्टिले हेरिन्छ महिलालाई हेरिँदैन । त्यस्तो मुख्य कारण भनेको पितृसत्तात्मक सोच हो । त्यस सोचलाई बदल्नुपर्छ । २० वर्ष यता महिला स्वतन्त्रताको विषयमा धेरै परिवर्तन त आएको छ । तर, अझै धेरै परिवर्तन हुन बाँकी रहेको धन कुमारी बताउँछिन् ।

नाइट डिउटी गर्ने महिलाहरूलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन नहुनुको मुख्य कारण भनेको पितृसत्तात्मक सोच भएको समाजशास्त्री मन्जु सिग्देलले बताइन् । यो सोचलाई बदल्न सकियो भने नाइट ड्युटी गर्ने महिलाहरूले स्वतः सम्मान पाउने उनको विश्वास छ । ‘नाइट ड्युटी गर्ने महिलाहरू सुरक्षित छैनन् त्यसैले पनि परिवार तथा समाजले सुरक्षाको दृष्टिकोणले पनि रोकतोक गरेको हुन सक्छ,’ उनले भनिन् ।

त्यसैले परिवारले महिलालाई राति बाहिरको काम गर्न नजान आग्रह गर्नु उनीहरुको सुरक्षाको कारण र मायाले पनि हुन सक्छ । समाज तथा परिवारले स्वतन्त्रता दिएनन् भनेर गलत बुझ्न नहुने सिग्देलको धारणा छ ।

छुटाउनु भयो की ?
यस्तो थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको लाइफस्टाइल

‘कुमारी’ सँग एक दिन (भिडियो सहित)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

कोभिड–१९ बाट पार पाउन विश्वले संघर्ष गरिरहेका बेला कोभिडको दीर्घकालिन असरबाट ठूलो जनसंख्या प्रभावित भएको छ । मिसिगन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले

काठमाडौं । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि आज माघ ५ गतेदेखि लागू हुनेगरी धार्मिक कार्यक्रम पनि संकुचन

कोरोना भाइरसको बढ्दो प्रकोपको बीचमा यसबारे भएरहेको अनुसन्धान बहस (कोरोना सम्बम्धित अध्ययनमा नयाँ–नयाँ जानकारी बाहिर आएको छ । यो खतरनाक

कोरोनाको तेस्रो लहरले फेरि संक्रमितको संख्या उकालो लाग्ने क्रम बढ्दो छ । पछिल्लो एक हप्ताको तथ्यांक हेर्दा संक्रमितको संख्या दोब्बर

Suggested