English

ओमिक्रोन संक्रमित बच्चाहरूको हेरचाह कसरी गर्ने ?



लगातार बढ्दै गएको कोरोना संक्रमणका बीच नवजात शिशु र साना बालबालिकाका अभिभावकको चिन्ता बढेको छ । विश्वभरका वयस्कहरूलाई बुस्टर डोज लगाइँदै गर्दा खोपको अभावमा बालबालिकाहरू भने यो भाइरसको सिकार भइरहेका छन् । अमेरिका जस्ता देशमा पनि बालबालिकालाई अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा बालबालिकालाई यो रोगबाट कसरी जोगाउने र लक्षण देखिएमा उनीहरूको हेरचाह कसरी गर्ने भन्ने जान्न जरुरी छ ।

८० प्रतिशत केसमा ओमिक्रोनको प्रारम्भिक लक्षण रुघाखोकी देखिन्छ । यी बाहेक, १० प्रतिशतलाई कम्पन र १० प्रतिशतलाई बान्ता, पखाला र वाकवाकी जस्ता लक्षण पनि देखिएको छ ।

के ओमिक्रोनले बच्चाहरूलाई गम्भीर बिरामी बनाउन सक्छ ?

यस्ता सामान्य लक्षणबाहेक ६ महिनासम्मका बालबालिकामा पनि घाँटी दुख्ने समस्या पनि देखिएको छ । जुन घातक हुनसक्छ । यस्तो समस्या देखिएको खण्डमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । ज्वरो आएको छ भने घरमै सामान्य पानीपट्टि लगाउनुपर्छ । जाडो मौसम भएको हुनाले पानीपट्टी गर्दा मनतातो पानीको प्रयोग गर्नुपर्छ ।

यदि, आमा संक्रमित हो भने बच्चालाई भोक लाग्दा मात्र आमाकहाँ लैजानुपर्छ । बाँकी समय अरूले हेरचाह गर्नुपर्छ । जथाभावी औषधिको प्रयोग गर्नुहुँदैन । चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।

कोरोनाबाट पीडित बालबालिकाको हेरचाह कसरी गर्ने ?

बच्चामा कोरोनाको कुनै लक्षण नदेखिएमा उपचारको आवश्यकता पर्दैन । बच्चालाई सात दिनसम्म आइसोलेसन गरेर कोभिड प्रोटोकल पालना गराउनुपर्छ । तर, बच्चामा कोरोनाको लक्षण देखिएमा यी कुराहरूमा ध्यान दिनुपर्छ ।

– चिकित्सकको सल्लाहमा औषधि प्रयोग गर्नुहोस्
– निर्जलीकरणबाट बच्न पानी, नरिवलको पानी, जुस र सुप दिनुहोस्
– १०२ डिग्रीभन्दा बढी ज्वरो आएमा सामान्य पानी पट्टी गर्नुहोस्
– समय समयमा अक्सिजन स्तर नाप्नुहोस्
– बच्चाहरूलाई राम्ररी हावा चल्ने कोठा र राम्रो हावा चल्ने ठाउँमा राख्नुहोस् ।
– बच्चाहरूलाई घाँटी दुखेको छ भने नुन पानीले कुल्ला गराउनुहोस् ।
– प्रोटिन र अन्य पोषणयुक्त खाना खुवाउनुहोस् ।

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested