English

कोरोना संक्रमण भएमा यसरी गर्नुहोस् हेरचाह



अहिले मुलुकमा कोरोना अनियन्त्रित हुँदै गइरहेको छ । दैनिक हजारभन्दा बढी संक्रमितको संख्या थपिएसँगै सरकारले समेत केही गतिविधिमा प्रतिबन्धात्मक व्यवस्था शुरु गरेको छ । अहिलेको ओमिक्रोन अन्य भेरियन्टभन्दा बढी संक्रामक भएकोले रोग लाग्नबाट बच्नु एकदमै महत्वपूर्ण भएको छ । त्यसैले, कोभिड संक्रमित हुन बच्नका लागि र संक्रमित भएको खण्डमा केही कुराहरूमा ध्यान दिनुपर्छ ।

-उपचारभन्दा रोकथाम राम्रो गर्नुपर्छ
-अरूबाट कम्तिमा एक फिटको दूरी कायम गर्नुपर्छ ।
-भेन्टिलेसन सुधार गर्नका लागि राम्रोसँग फिट हुने मास्कको प्रयोग गर्ने ।
-कम हावा चल्ने वा भिडभाड हुने ठाउँबाट टाढा रहने ।
-बेलाबेलामा साबुन पानीले हात धुने ।
-कुहिनो वा टिस्युले नाक मुख छोपेर मात्र हाच्छयुँ गर्ने ।

खोप लगाउनुहोस्

सबै सुरक्षाका मापदण्डहरू पालना गर्नुपर्छ । किनकि, अहिले संक्रमितको संख्या ह्वातै बढेको छ । तर, अन्य भेरियन्टको तुलनामा बिरामी सिकिस्त हुने संख्या भने कम छ । केसहरूको गम्भीरता घटेको छ । होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या भने बढेको छ । त्यसैले, त्यो संख्यालाई घटाउनुपर्ने देखिन्छ ।

सामान्य रूपमा देखिएका लक्षणहरू

नाकबाट पानी बग्नु
ज्वरो
अपच
थकान
टाउको दुख्ने
हाच्छयुँ आउने
घाँटी दुख्ने

दैनिक गर्नुपर्ने हेरचाह

अरूबाट कम्तिमा एक मिटरको दूरी राख्ने ।
भेन्टिलेसन सुधार गर्नका लागि राम्रोसँग फिट भएको मास्क लगाउने ।
कम हावा चल्ने वा भिडभाड हुने ठाउँबाट टाढा रहने ।
साबुनपानीले बारम्बार हात हुने ।
कुहिनो वा टिस्युले नाक मुख छोपेर हाँच्छयु गर्ने ।

जल नेती

नाकको मार्गलाई तातो, नुन पानीले सफा गर्नुपर्छ । जलनेतीले साइनस, नाक कान, घाँटीको समस्यालाई कम गर्छ । यसले चिसो र एलर्जीको जोखिम कम गर्छ । यसले माथिल्लो श्वास नलिबाट फोहोर, ब्याक्टेरिया र भाइरसहरू हटाउँछ । त्यसैले, यो महामारीको समयमा जलनेती महत्वपुर्ण हुन्छ ।

गार्गल

टन्सिलको जोखिम कम गर्न नुनपानीले मुख कुल्ला गर्नुपर्छ । यसले घाँटी दुखाइका कठिनाइहरू पनि कम गर्छ ।

स्वास्थ्य जीवनशैली

सन्तुलित आहार सेवन गर्नुपर्छ । चिनी, मैदा, सेतो चामलको सट्टा ब्राउन सुगर, गुँद, कोदो, जौ, फापर आदिको बढी प्रयोग गर्नुपर्छ ।
मौसमी फलफूल तथा तरकारीको अत्यधिक प्रयोग गर्नुपर्छ । खानामा जिरा, धनियाँ, अदुवा, लसुन, बेसार, दालचिनी ल्वांग आदि मसलाको प्रयोग गर्नु पर्छ । काजु, बदाम, ओखर, र किसमिस जस्ता ड्राई फ्रुटको प्रयोग गर्नुपर्छ । यसले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

उचित निद्रा

वयस्कहरू सातदेखि ९ घन्टा नियमित सुत्नुपर्छ । यसले शरीरमा ऊर्जा प्रदान गर्छ र प्रतिरक्षा प्रणालीलाई बढाउँछ । तर, अधिक निद्राले कब्जियत, शरीर दुख्ने ,अधिक तैल, डिपरेसन र अन्य रोगहरू निम्ताउँछ । त्यसैले, त्यसैले उमेरअनुसार उचित निदाउनु स्वास्थ्यको लागि लाभदायक हुन्छ ।

राम्रो हाइड्रेसन अनिवार्य छ

शरीरको उचित कार्यका लागि प्रतिदिन २, ३ लिटर पानी पिउन आवश्यक छ ।

उचित व्यायाम र योग

कपालभाँती, भ्रामरी प्राणायाम जस्ता योगको नियमित अभ्यासले शारीरिक, मानसिक आध्यात्मिक स्तरको सन्तुलन गर्छ र प्रतिरक्षा प्रणालीमा सुधार गर्छ । आफ्नो स्वास्थको हेरचाह आफंँैले गर्नुपर्ने हुन्छ । कुनै पनि लक्षणहरु देखिएमा अस्पताल गएर चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।

यो पनि…
यस्ता आहारले गराउँछ तनावबाट मुक्त
यी बानीले हुन दिँदैन ‘हार्टअट्याक’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested