English

आइसोलेसनमा बस्दा के गर्ने के नगर्ने ?



कोरोना संक्रमण तीव्ररूपमा फैलिरहेको छ । दैनिक १० देखि १२ हजारको हाराहारीमा संक्रमितहरू बढिरहेको समयमा अस्पतालमा भन्दा होम आइसोलेसनमा बस्ने संक्रमितहरूको संख्या अहिले एकदमै धेरै छ । त्यसैले होम आइसोलेसनमा बस्दा निम्न कुराहरूमा ध्यान दिनुपर्छ ः

आइसोलेसन अवधिभरी घर बाहिर ननिस्कने र आवश्यक सामग्री परिवार छरछिमेकीलाई व्यवस्थापन गर्न अनुरोध गर्ने । घरभित्र संक्रमित व्यक्तिले हिँडडुल कम गर्ने ।

– घरका अन्य व्यक्तिहरू बस्ने कोठामा आवत जावत नगर्ने, यदि सम्भव नभएमा अनिवार्यरूपमा मास्कको प्रयोग गरी कम्तिमा दुई मिटरको भौतिक दूरी कायम गर्ने ।

– स्तनपान गराइरहेका आमा भएको अवस्थामा आमाको दूधबाट कोभिड १९ सर्ने सम्भावना न्यून रहेको तथा स्तनपान बालबालिकाको लागि अमृत समान भएकोले सावधानी पूर्वक नियमितरूपमा स्तनपान गराउने ।

– स्तनपान गराउँदा अनिवार्यरूपमा मेडिकल मास्क उचित तरिकाले प्रयोग गर्ने साथै बच्चालाई छुनुअघि र पछि अनिवार्यरूपमा साबुनपानीले हात धुने वा स्यानीटाइजरको प्रयोग गरी हात सफा गर्ने तथा जनस्वास्थ्यका अन्य मापदण्डहरू पालना गर्ने ।

– बिरामीको हेरचाह सम्भव भएसम्म दीर्घ रोग नभएको कुनै एकै व्यक्तिले गर्ने । बिरामी पूर्णरूपमा निको नहुन्जेल वा आइसोलेसनबाट नछुटेसम्म घरमा बाहिरका मानिसलाई आउन नदिने ।

– सम्भव भएसम्म घरमा एसी वा पङ्खा प्रयोग नगर्ने, गर्नैपर्ने अवस्थामा झ्याल ढोका खुल्ला राख्ने ।

– बिरामीले अनिवार्य रूपमा मेडिकल मास्कको प्रयोग गर्ने साथै दैनिकरूपमा नयाँ मास्क परिवर्तन गर्ने, यदि मास्क सिँगान, थुक, खकारले भिज्यो, फोहोर भयो वा च्यातियो भने तत्काल मास्क परिवर्तन गर्ने र सुरक्षित तरिकाले विसर्जन गर्ने ।

– बिरामीको हेरचाह गर्ने व्यक्तिले पनि बिरामी बसेको कोठामा जानुपर्दा अनिवार्य रूपमा उचित तरिकाले मेडिकल मास्कको प्रयोग गर्ने र प्रयोग गरेको मास्कलाई सुरक्षित तरिकाले विसर्जन गर्ने सार्थ मास्क लगाउनुअघि र पछि अनिवार्य हात धुने ।

– होम आइसोलेसन बसेको घरबाट सामान लिन वा अन्य अनावश्यक काम परेमा एक जना मात्रै बाहिर जाने, बिरामीको प्रत्यक्ष स्याहार गर्ने व्यक्ति नजाने ।

– बिरामीले प्रयोग गरेका भाँडाहरू सुरक्षित तरिकाले सम्भव भएसम्म बिरामी आफैँले सफा गर्ने र राम्रोसँग सुकेपछि मात्रै पुन प्रयोग गर्ने ।

– स्नान घर वा शौचालयको प्रत्येक प्रयोग पछि डिटरजेन्ट डिस्इन्फेक्टेन्टले राम्रोसँग सफा गर्ने ।

– बिरामीले प्रयोग गर्ने ब्रस, मञ्जन, रुमाल, साबुन तथा विभिन्न व्यक्तिगत सर सफाइका सामानहरू छुट्टै राख्ने र अरूलाई प्रयोग गर्न नदिने ।

संक्रमित व्यक्तिले प्रयोग गरेको कपडा सकेसम्म आफैँले धुने । बालबालिका तथा अशक्तको हकमा हेरचाह गर्ने व्यक्तिले मास्क पञ्जा लगाएर मात्र कपडा धुने

– नियमितरूपमा व्यायाम वा योग गर्ने ।

यो पनि
बुस्टर डोजबारे भ्रम र यथार्थ !
नेपालमा एकैदिन १० हजार बढीमा संक्रमण पुष्टि, ५६२ जना निको



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested