English

होम आइसोलेसनमा बस्दा शरीरमा अक्सिजन घट्न थाले के गर्ने ?



दैनिकजसो कोरोना संक्रमितको संख्या उकालो लागिरहेको छ । अस्पतालका बेड संक्रमितले भरिसकेका छन् । अक्सिजनको अभाव छ । त्यसो त अधिकांश संक्रमित यतिबेला घरमै बस्न बाध्य छन् ।

घरमै बस्दा अक्सिजनको कमी भएमा के गर्ने ? कुन औषधि खाने ? अक्सिजनको मात्रा बढाउने घरेलु उपाय के–के हुन् ? भन्ने बारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले दिएको सुझाव यस्तो छ :

अक्सिजन घटेको कसरी थाहा पाउने ?

सबैसँग पल्स अक्सिमिटर हुन्छ भन्ने छैन । त्यसैले अक्सिजनको मात्रा कति छ भनी बुझ्न गाह्रो हुन्छ । तैपनि शरीरमा देखिएका केही लक्षणका आधारमा शरीरमा अक्सिजन कम भएको थाहा पाउन सक्छौं । संक्रमण भएको पाँचौं र छैटौं दिनमा श्वास फेर्न गाह्रो हुनु, अप्ठेरो हुनु, शरीर सिथिल हुनु, श्वासको गति बढ्न थाल्यो भने अक्सिजनको कमी भयो भनेर थाहा पाउनुपर्छ ।

अक्सिजन कम भए घरमै के गर्ने ?

होम आइसोलेसनमा बस्दा अक्सिजन कम भएको महसुस हुनासाथ तत्काल घोप्टो परेर सुत्ने । यसले फोक्सोको क्षमता बढाई शरीरमा अक्सिजनको मात्रा बढाउन सहयोग गर्छ । यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ । त्यति गर्दा पनि गाह्रो भयो भने अस्पताल जानुपर्छ ।

कस्तो औषधी खाने ?

अक्सिजनको कमी हुदाँ सुरुमा त घोप्टो परेर सुत्ने । घरमा अक्सिमिटर छ भने अक्सिजन को मात्रा नाप्ने छैन भने स्वास प्रस्वासको गति एकदमै तिव्र छ र सास फेर्न असहज भएको छ भने ‘स्टेरोइड’ नामक औषधि खान सकिन्छ । त्यसको साथै ‘प्रेडनिसोन’ ६ एमजी खाना पछि खान सकिन्छ ।

अक्सिजनको कमी हुन नदिन के गर्ने

– होम आइसोलेसनमा बस्दा श्वासप्रस्वासमा समस्या आयो सुत्दा असहज भयो भने घोप्टो परेर सुत्ने ।
– उत्तानो परेर नसुत्ने
– कोठाको झ्याल भेन्टिलेसन खोलेर हावा आवत–जावत गर्न सहज बनाउने ।
– माथि उल्लेख गरिएको औषधीहरुको सेवन गर्ने ।

औषधिको सेवनले पनि अक्सिजनको कमी भइरह्यो केही सुधार आएन भने वा असहजता बढ्दै गयो भने तुरुन्त अस्पताल जानुपर्छ । यदि अस्पतालमा बेड खाली छैन भने चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । चिकित्सकको सल्लाह अनुसार औषधिको सेवन गर्नुपर्छ ।

(डा. बास्तोलासँग कुराकानीमा आधारित)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested